म्याग्दी समाचार
जलजलाले कृषि र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर ल्यायो बजेट (पूर्णपाठसहित)
विकल्प न्यूज/जलजला असार ११ गते । जलजला गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ । शुक्रबार बसेको १२ औ गाउँसभाले अध्यक्ष राजु आचार्यले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले पेश गर्नुभएको बजेट पारित भएको हो । बार्षिक नीति तथा कार्यक्रम र बजेटमा कृषि र शिक्षा क्षेत्रलाई […]
मंगलामा ४२ करोड ३४ लाख बजेट पारित
विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९०८० का लागि रु ४२ करोड ३४ लाखको बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल रु ४२ करोड ३४ लाख ७० हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । चालुतर्फ रु २७ […]
रघुगंगामा ४६ करोड ८६ लाख २५ हजार बजेट सार्वजनिक
विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षको बजेट छलफल सहित पारित गरिएको […]
धवलागिरीले ल्यायो ४० करोड ४९ लाख ४९ हजारको बजेट
विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्ष २०७९०८० को नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित पारित गरिएको छ । गाउँपालिकाको […]
मालिका गाउँपालिकाले सार्वजनिक ग¥यो ४८ करोड १८ लाख ३६ हजारको बजेट
विकल्प न्यूज /बेनी असार १० गते । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो […]
बेनी नगरपालिकाको बजेट ७३ करोड २२ लाख
विकल्प न्यूज/बेनी असार १० गते । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि शुक्रबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी नगरपालिकाले आगमी आवको लागि ७३ करोड २२ लाख रुपैयाँ बराबरको सार्वजनिक गरेको हो । बेनी नगरपालिकाद्वारा आयोजित ११औं […]
अन्नपूर्ण गाउँपालिकाले ल्यायो ४९ करोड ७३ लाखको बजेट
ठाकुरप्रसाद आचार्य/म्याग्दी असार १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट गाउँसभाले पारित गरेको हो । गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको आगमी आर्थिक […]
पाँचवर्षमा बदलिएको मुदी
ठाकुरप्रसाद आचार्य/मुदी असार ५ गते । गाउँमा अहिले सडक सुविधा पुगेको छ । गाउँलेहरु अध्यारोबाट उज्यालोमा वस्न पाएका छन् । विद्यालयमा सुविधा सम्पन्न भवनका साथै कम्युटर ल्याब,खेलमैदान र शौचालय बनेका छन् । पर्यटकीय स्थलमा पुग्ने पदमार्ग निर्माण भएका छन् । घरघरमा खानेपानीका धाराहरु बनेका छन् । जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको छ । दुर्गम […]
घारखोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा
ठाकुरप्रसाद आचार्य/म्याग्दी असार ६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजनाको ९० प्रतिशत निर्माण सम्पन्न भएको छ । आगमी मंसिर महिनादेखि व्यापारिक उत्पादन सुुरु गर्ने लक्ष्य सहित आयोजनाले निर्माणलाई तिव्रता दिएको छ । दश महिना अघि ३ हजार ५ मिटर सुरुङ मार्गको ब्रेक थ्रु भएको आयोजनाले यतिखेर सुरुङ […]
रुममा स्वास्थ्य चौकी भवन निर्माण सुरु
विकल्प न्यूज/बेनी असार ३ गते । मालिका गाउँपालिकाको २ नम्बर वडा रुममा स्वास्थ्य चौकीको सुविधा सम्पन्न पक्की भवन निर्माण थालिएको छ । संघीय सरकारको विशेष अनुदानबाट प्राप्त भएको बजेटले पालिकाले स्वास्थ्य चौकीको दुईतल्ला भवन निर्माण गर्न लागेको हो । पुरानो र जिर्ण भवनका कारण सेवा प्रवाहमा असहजता भएपछि पालिकाले भवन निर्माणका लागि संघीय सरकार सँग […]
जिसस म्याग्दीको निर्वाचनका लागि मनोनयन दर्ता
ठाकुरप्रसाद आचार्य/म्याग्दी असार १ गते । असार ५ गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनका लागि नेकपा एमाले र कांग्रेस माओवादी गठबन्धनका तर्फबाट बुधवार उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले जिसस प्रमुख पदमा राजकुमार थापा र उपप्रमुखमा दिलकुमारी खत्रीको उम्मेदवारी दर्ता गरएको छ । यसैगरी काँग्रेस र माओवादीको गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले प्रमुखमा मनकुमारी […]
बजेट तथा योजना निर्माणमा जुट्यो बेनी नगर
विकल्प न्यूज/बेनी असार १ गते । बेनी नगरका जनप्रतिनिधिहरु आगमी आर्थिक वर्ष २०७९/८० को बजेट तथा योजना निर्माणमा जुटेका छन् । असार १० गते आयोजना गरिएको नगरसभामा प्रस्तुत हुने नीति कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधिहरुको सक्रियता बढेको छ । संघीय सरकारले बजेट सार्वजनिक गरेपछि बेनी नगरपालिका बजेट निर्माणको तयारीमा जुटेको हो । निर्वाचित जनप्रतिनिधिहरुको यो […]
म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा
म्याग्दी, असार १ गते । म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७.९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिनुभयो । […]
गण्डकीका झण्डै ३ हजार घरमा विद्युतीकरण बाँकी
विकल्प न्यूज/पोखरा जेठ ३१ गते । गण्डकी प्रदेशमा ९९ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली बत्ती पुगेको छ । प्रदेशमा अब दुई हजार ८८४ घरधुरीमा मात्र विद्युत् पुर्याउन बाँकी रहेको बताइएको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पहिलोपटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण विसं २०७८/०७९ का अनुसार अव प्रदेशमा शून्य दशमलव पाँच प्रतिशत घरमा मात्र विद्युत्को […]
रुमको विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना
विकल्प न्यूज\बेनी जेठ ३१ । जिल्लाको मालिका गाउँपालिका २ रुमको राष्ट्रिय माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त भएको रकमले विद्यालयमा प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशाला स्थापना भएपछि विद्यार्थीहरु हर्षित भएका छन् । विद्यालयलाई प्राप्त भएको मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रमको ७ लाख रुपियाँबाट विज्ञान […]