ताजा समाचार:
Search

फिचर

तस्विरमा हेर्नुहोस म्याग्दी महोत्सव

विकल्प न्यूज/बेनी पुस २८ गते । शुक्रवार देखि सुरु भएको छैठौ म्याग्दी महोत्सवका झलकहरु ÷तस्विर ठाकुरप्रसाद आचार्य

पचास वर्ष पहिलाको बेनी बजार !

विकल्प न्यूज/बेनी पुस २८ गते । छैठौं म्याग्दी महोत्सवमा राखिएको फोटो प्रदर्शनीमा राखिएका तस्विरहरु अवलोकन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्विर ठाकुरप्रसाद आचार्य

म्याग्दीवासीले लगाइदिए ३० केजीको माला

विकल्प न्यूज/बेनी पुस २८ गते । शुक्रवार देखि सुरु भएको छैठौं म्याग्दी महोत्सवको उद्घाटन गर्न बेनी आउनुभएका पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई ३० केजीको माला लगाइदिँदै । तस्विर ठाकुरप्रसाद आचार्य/बेनी,म्याग्दी

नेवार समुदायको धिमे वाजा (फोटोफिचर)

पुस २८ गते । शुक्रवार देखि बेनीमा सुरु भएको छैठौं म्याग्दी महोत्सवमा नेवार समुदायको मौलिक धिमे बाजा बजाउँदै नेवार समुदायका युवायुवतीहरु । तस्विर ठाकुरप्रसाद आचार्य÷म्याग्दी,बेनी

प्रचण्डद्धारा म्याग्दी महोत्सवको उद्घाटन (फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,पुस २८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको राजनिति विकास, सम्बृद्धी, शान्ति र सुशासनको मुद्दामा केन्द्रित हुने बताउनु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि बेनीमा सुरु भएको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको उद्घाटन […]

छैठौं म्याग्दी महोत्सवको ¥याली सुरु

छैठौं म्याग्दी महोत्सवको ¥याली सुरु 

तस्विरमा हेर्नुहोस छैठौं म्याग्दी महोत्सवको झाँकी (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २८ गते । आजबाट सुरु भएको छैठौं म्याग्दी महोत्सवका अवसरमा बेनीबजारमा विभिन्न जातजातिका भेषभूषा सहित झाँकी निकालिएको छ । महोत्सवका उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट अवको केही बेरमा हुनेछ । तस्विरहरु ठाकुरप्रसाद आचार्य    

फोटोमा हेर्नुहोस ९ वर्ष अघिको म्याग्दी महोत्सव

विकल्प न्यूज/बेनी पुस २७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा २०६५ सालमा गरिएको तेस्रो म्याग्दी महोत्सव । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा प्रत्येक तिनवर्षमा महोत्सवको आयोजना हुने गरेको छ । भोली देखि बेनीमा छैठौ म्याग्दी महोत्सव सुरु हुँदै छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य

मोहनी लगाउने जलजलाको सौन्दर्य

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २३ पुष । प्राकृतिक सौन्दर्य र जैविक बिबिधतायुक्त म्याग्दीको धौलागिरी गाउँपालिका २ लुलाङमा रहेको जलजलाको लेक ओझेलमा परेको छ । पुर्वाधार र प्रचारप्रसारको अभावका कारण जलजला ओझेलमा परेको हो । समुन्द्री सहतदेखि तीन हजार चार सय १० मिटरको उचाईमा समथर भुभागमा अवस्थित जलजलाको लेकबाट धौलागिरी, चुरेन, गुर्जा, अन्नपूर्ण लगायतका १२ […]

पानीका लागि श्रमदान गर्दै ताकमबासी…

विकल्प न्यूज/बेनी पुस १९ गते । . म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकमका बासिन्दा खानेपानी आयोजनाको पाईपलाईन खन्दै । ताकमका सबै घरमा निजी धारा जडान गर्ने लक्ष्य सहित सञ्चालीत खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनामा ताकममा कोटखोला खानेपानी तथा सरसफाई आयोजना […]

दरवाङ बजार संरक्षण गर्न तटबन्धन निर्माण गरिँदै

विकल्प न्यूज/बेनी पुस १९ गते । म्याग्दीको मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउनका लागि तटबन्ध निर्माण गरिँदै । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङ, मालीका गाउँपालिका र वडा कार्यालयले दरवाङ बजार संरक्षणका लागि छुट्टा छुट्टै योजना सञ्चालन गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले पनि दरवाङ बजार संरक्षणको योजनामा सघाउने घोषणा गरेपनि […]

गुरील्ला पदमार्गबाट देखिन्छ यस्तो दृष्य

गुरील्ला पदमार्गअन्तर्गत म्याग्दीको धौलागिरि गाउँपालिका– २ मा पर्ने जलजलाबाट देखिएको चुरेन हिमाल । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

गुरिल्ला ट्रेलमा पर्ने म्याग्दीको जलजलाबाट देखिएको धवलागिरी हिमाल

तस्बिर/सुरेन्द्र राना setopati.com  

पहाड फुटाएर सडक विस्तार गर्दै…….

विकल्प न्यूज/बेनी पुस १३ गते ।पहाड फुटाएर सडक विस्तार गर्दै……. बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना खण्डमा कम्मरमा रसी बाँधेर पहाड फुटाउने काम गर्दै मजदुरहरु । चीनको सिमाना कोरला नाका जोड्ने यो सडक विस्तारको काम तिब्र रुपमा भैरहेको छ । तस्विर सन्तोष गौतम ÷विकल्प न्यूज

‘महादानी’लाई डोलीमा बोकेर सम्मान

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माविका पूर्व विद्यार्थी हाल न्युजिल्याण्डमा कार्यरत लालबहादुर केसीको हजुरआमा गौमती केसीलाई उक्त विद्यालयमा रु २५ लाखको अक्षयकोष स्थापना गरेबापत सम्मान गरिँदै । तस्बिर : कमल खत्री, म्याग्दी, रासस