फिचर
कोरोनाको जोखिम बढेपछि बेनीबजार सुनसान (फोटोफिचर)
विकल्प न्यूज/बेनी कार्तिक १६ गते । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बेनी बजार आइतबार सुनसान देखिएको छ । गत शुक्रबार राती १२ बजे देखि एकहप्ताका लागि जिल्ला प्रशासनले सूचना जारी गरी भिडभाडलाई कम गर्न अत्यवश्यक सेवाका कार्यालय बाहेक सवै सरकारी सेवा बन्द गर्नुका साथै बजारका पसलहरु पनि बन्द गर्न अनुरोध गरेको थियो । । कोरोना […]
आहा कति राम्रो गाउँ मल्कबाङ ! (फोटोफिचर)
विकल्प न्यूज/बेनी कार्तिक १५ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ५ को सुन्दर वस्ती मल्कबाङ गाउँ । यहाँ छन्त्याल जातीको बसोबास रहेको छ । केही महिना अघिमात्रै गाउँ सम्म सडक पुगेको छ । सडक पुगेपछि मल्कबाङवासीहरु उत्साहित भएका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य
आहा ! नारच्याङको शिरैमा कति राम्रो झरना (फोटो/भिडियो)
ठाकुरप्रसाद आचार्य/बेनी असोज १८ गते । गाउँको शिरैमा मनमोहक झरना । तल सुन्दर वस्ती । यो हो म्याग्दीको अन्पूर्ण गाउँपालिका ४ नारच्याङ गाउँ । गाउँको शिरबाट झर्ने छहराखोला झरनाले नारच्याङ गाउँको सुन्दरता थपिदिएको छ । मुस्ताङ जाने पर्यटकहरु झरनाको सुन्दरतामा रमाउने गर्दछन् । बेनी–जोमसोम सडक छेवैमा पर्ने उक्त झरनाको अवलोकन गर्न पर्यटकहरु लोभिने […]
बेनी–अर्थुङ्गे सडक अवरुद्ध (फोटो)
विकल्प न्यूज/बेनी असोज ९ गते । दुइदिनको अविरल वर्षाका कारण पहिरो खस्दा बेनी – अर्थुङ्गे सडकको आर्मी व्यारेक मुनी सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै बेनी देखि अर्थुङ्गे,पुलाचौर पात्लेखेत,झीँ र पाखापानी जाने यातायातका साधनहरु ठप्प छन् । तस्विर/नारायण पौडेल
काभ्रेभिर र रुप्से झरनामा सडक अवरुद्ध बनेपछि…….. (फोटो)
विकल्प न्यूज/बेनी असोज ६ गते । बेनी जोमसोम सडक खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरना र काभ्रे भिरमा बाढी र पहिरोका कारण सडक भत्किएपछि जोखिम मोलेर विरामी पार गराउँदै । सडक अवरुद्ध बनेपछि जोमसोम जाने यात्रुहरुलाई सास्ती भएको छ । काभ्रे भिर र रुप्से झरनामा सडक पूर्णरुपमा बगेका कारण पैदल हिडन समेत […]
यस्तो छ नेपाल आएको रेल
विकल्प न्यूज,असोज २ गते । ६ वर्षभन्दा बढी समयपछि जनकपुर-जयनगर रेल सेवा सञ्चालन हुने भएको छ। रेल विभागका जनकपुर साइट इन्जिनियर विनोद प्रसाद ओझाका अनुसार आज ११ बजेदेखि १ बजेको बीचमा ट्रायलका लागि भारतको जयनगर स्टेसनबाट रेल जनकपुर आउन लागेको हो। जनकपुरधाममा लगभग सात वर्षपछि रेल आउन थालेपछि जनकपुरधामको रेल्वे स्टेसनमा बच्चादेखि वृद्धसम्म उत्साहित भएर बिहान […]
रुप्सेमा फेरी बाढीपहिरो (फोटो)
विकल्प न्यूज/बेनी भदौं २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा फेरी बाढिपहिरो गएको छ । सोमबार विहानै देखि रुप्से झरनामा बाढी आएको हो । रुप्सेको शिरमा ठूलो पानी परेकाले बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । बाढीले बेनी जोमसोम सडक खण्ड अन्तर्गत रुप्से झरनामा बनाइएको अस्थायी डाइभर्सन बगाउनुका साथै काठको पुल […]
यस्तो देखियो बेनी प्रवेश गर्ने कालिपुल स्थित सीमानाका (फोटो/भिडियो सहित)
विकल्प न्यूज/बेनी भदौं ३ गते । कोरोना भाइरस (कोभिड–१९ ) संभावित जोखिमलाई कम गर्न भन्दै म्याग्दी प्रवेश गर्ने नाकाहरुमा सुरक्षा चेकजाँचलाई कडाई पारिएको छ । म्याग्दी प्रवेश गर्ने सवै नाकाहरु मंगलबार राती देखि सिल गरिएको छ । अत्यवाश्यक कामका लागि आवतजावत गर्न कालिपुल स्थित एउटा मात्र नाकालाई साँझ ७ बजे सम्म खुल्ला राखिने छ । […]
बेनीको मंगलाघाटमा बाढीको वितण्डा (फोटो\भिडियो सहित)
ठाकुरप्रसाद आचार्य /बेनी साउन ३१ गते । शुक्रबार राती परेको अविरल वर्षा सँगै म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटमा बाढी आउँदा १० घरमा क्षति पु¥याएको छ । राती ११ बजे सत्य साइबावाको भवन माथिबाट बाढी सहितको पहिरो आउँदा मंगलघाटका १० घरमा क्षति पुगेको हो । बेनी पाखापानीसडकमा जम्मा भएको पानी माउन्ट एभरेष्ट मावि र बुद्ध विहारको विचबाट […]
एकमहिना पछि गलेश्वरको बेलिब्रिज सञ्चालनमा आयो (फोटो/भिडियो)
विकल्प न्यूज/बेनी साउन २७ गते । गत असार २६ गते रघुगंगा नदीमा आएको बाढीका कारण भत्किएको गलेश्वर स्थित बेलिब्रिज मंगलबार देखि सञ्चालनमा आएको छ । बेनी – जोमसोम कोरोला सडक आयोजनाले बेलिब्रिजको मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको हो । पुल मर्मत गर्न करिब पचास लाख रुपियाँ खर्च भएको आयोजनाले जनाएको छ । मंगलबार देखि हलुका […]
बेनीबजार संरक्षण तटबन्धन कालीगण्डकीले भत्कायो (फोटो)
विकल्प न्यूज/बेनी साउन २४ गते । कालिगण्डकी नदीले सदरमुकाम बेनी बजार संरक्षणका लागि नदी किनारमा लगाइएको तटबन्धन भत्काउन सुरु गरेको छ । जेसिज सचिवालय भन्दा भाथि करिब १० मिटर तटबन्धन नदीले भत्काएको हो । तटबन्धन खसाले सँगै नदीले किनार कटान गर्न थालेको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य
बेनी–अर्थुङ्गे सडकमा ठूलो पहिरो ( भिडियो/फोटो)
विकल्प न्यूज/बेनी साउन १५ गते । गत सोमबार राती परेको अविरल वर्षाका कारण किष्णेको पाखोबाट आएको ठूलो पहिरोका कारण बेनी – अर्थुङ्गे सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बेनीबजारमा नियमित रुपमा दुध सप्लाई गर्ने किसानलाई ठूलो समस्या भएको छ । बेनी नगरपालिकाले सडक खुलाउने प्रयास गरे पनि सडक माथिबाट ठूलो पहिरो […]
राहतको पर्खाइमा पहिरोपीडित…
विकल्प न्यूज/बेनी साउन १४ गते । धौलागिरि गाउँपालिका ६ मराङ राम्चेका पहिरो पीडितहरु राहत आउने आशामा जम्मा भएकाहरु । गाउँजाने सवै बाटाहरु बन्द भएपछि सहयोगी दाताहरुले हेलीकप्टरबाट राहत सामाग्री पु¥याउने गरेका छन् । गत असार २६ गते पहिरो जाँदा मराङमा मात्रै २१ जनाको ज्यान गएको थियो । पहिरो गएको दुइहप्ता हुँदा पनि पीडितहरुको खाने र […]
नदी कटान र पहिरोका कारण बेनी – गलेश्वर सडकमा जोखिम बढ्यो (भिडियो सहित)
विकल्प न्यूज/बेनी साउन ७ गते । बेनी–गलेश्वर सडकको जलेश्वर खण्डमा पहिरो गएका कारण जोखिम बढेको छ । सडक माथिबाट आउने पहिरो र कालिगण्डकी नदीले कटान गर्दा सडक भासिएका कारण सवारी साधन आवतजावत र सर्वसाधरणहरुलाई समेत पैदल हिड्न सकस परेको छ । जलेश्वर नजिक सडक माथिबाट आएको पहिरोका विहिवार विहान सडक अवरुद्ध भएको हो । एक्साभेटरले पहिरो पन्छाउने […]
म्याग्दीको ताकममा बाढीको वितण्डा (फोटो)
गोपाल आचार्य/ताकम असार २६ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकममा बाढीले ठूलो क्षति पु¥याएको छ । विहिवार राती देखि परेको अविरल वर्षाका कारण गाउँमा बाढी आउँदा विद्यालय,स्वास्थ्य चौकी,किसानले लगाएको धान र घरहरुमा क्षति पु¥याएको हो ।