विकल्प न्यूज/बेनी
कार्तिक १६ गते । बेनीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि जनचेतनामुलक अभियान सुरु गरिएको छ । डिसिसिएमसी र स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा कोभिड – १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक सन्देशहरु सहितको व्यानर र माइकिङ सहित बजार परिक्रमा गरिएको हो । बेनी बजारमा कोरोना भित्री सकेकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्न थप सजगता र सतर्कता आवश्यक भएकाले सर्वसाधरणहरुलाई सचेत बनाउन अभियानको थालनी गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।