फिचर
बेनीमा ‘मास्क अभियान’ (फोटोफिचर)
विकल्प न्यूज/बेनी साउन २९ गते । ‘कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता,मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ सञ्चालन भएको नेपाल मास्क अभियानलाई म्याग्दीमा पनि सक्रियताका साथ सञ्चालन गरिएको छ । जिल्ला प्रशासन,प्रहरी,स्वास्थ्य कार्यालय लगायत विभिन्न संघसंस्थाहरुको सहयोगमा बेनीमा मास्क अभियान सञ्चालन गरिएको छ । अभियानका क्रममा शुक्रबार बेनी बजार […]
बेनीमा मास्क अभियान (फोटो)
विकल्प न्यूज/बेनी साउन २४ गते । बेनी नगरपालिका,प्रशासन,प्रहरी, निजी क्षेत्र लगायत विभिन्न सामाजिक संघसंस्थाहरुले बेनीमा मास्क अभियान सुरु गरेका छन् । मास्क अभियान साउन २३ गते देखि एकहप्ता सम्म सञ्चालन हुने छ । अभियानका क्रममा नागरिकहरुलाई मास्क लगाउन,कोरोना भाइरस संक्रमणबाट बच्न लगायत स्वास्थ्य सम्बन्धि सचेतनामुलक जानकारीहरु गराइने छ ।
बेनीमा परीक्षा दिँदै सात दिनकी सुत्केरी
म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् । रासस
यस्तो छ थुनिएको गुर्जा खोला (फोटो)
विकल्प न्यूज/बेनी साउन १० गते । शुक्रबार पहिरोले थुनिएको गुर्जा खोला शनिबार राती देखि विस्तारै खुलेको छ । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल सहितको टोली आइतबार विहान थुनिएको स्थलमा पुगेको छ । ओभरफ्लो भएर खोला बग्न थालेको उहाँले बताउनुभयो । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ […]
बेनी आसपासमा ठुलठुला पहिरा (तस्विर )
विकल्प न्यूज/बेनी असार २५ गते । बेनी बजार आसपासमा ठूलाठूला पहिरो जानथालेका छन् । शुक्रबार बेनी सामुदायिक विद्यालय माथि बेनी अर्थुङ्गे सडकमा बराहपाखोबाट पहिरो खसेको छ । त्यसैगरी माउन्ट एभरेष्ट विद्यालय नजिक पनि ठूलो पहिरो खसेको छ । पहिरोले गर्दा बेनी अर्थुङ्गे सडक पूर्णरुपमा बन्द हुनपुगेको छ । सडक खुलाउन अझै प्रयास भएको छैन । […]
बेनीमा बाढिपहिराे (तस्बिर )
विकल्प न्यूज/बेनी असार २४ गते । बेनी बजारको न्यूरोड स्थित घतानचोकमा विहिवार विहान पहिरो गएको छ । बुधवार राती देखि परेको अविरल वर्षाका कारण हिलसाइडबाट खसेको पहिरोले घतानचोकमा क्षति पु¥याएको छ । न्यूरोडको भित्री गल्लीमा रहेको श्याम भण्डारी र राम बहादुर केसीको घर माथिको पाखा भत्किएको हो । पहिरोले घरलाई क्षति पुराएको छैन । घर […]
बाढीपहिरोका कारण दुःख र पीडाले भरिएको धाइरिङको किराखोर बस्ती(भिडियोसहित)
ठाकुरप्रसाद आचार्य\जलजला किराखोर असार ६ गते । ‘‘राती ठूलो वर्ष भइरहेको थियो । बाहिर निस्केर हेर्दा पिँडी र घर चर्किसकेको रहेछ । रातको दुई बजेको थियो बच्चा च्यापेर भागेर स्कुलमा पुगें । बारी सबै बगेको छ । म मजदुर हो अव कसरी परिवार पालौं ।’’ साना साना बालबच्चा छन् कहाँ राख्ने के खाने ? यी […]
उत्तरी म्याग्दीमा भारी वर्षाका कारण कालिगण्डकीको बहाव बढ्यो (फोटो/भिडियो)
विकल्प न्यूज\बेनी असार ३ गते । विहिवार साँझबाट कालिगण्डकी नदीमा बहाव बढ्न थालेको छ । विहिवार बर्षा रोकिएपछि नदीमा पानीको सतहमा कमि आएको थियो । तर हिमाली भेगतिर वर्षा कायमै भएकाले साँझबाट नदी बढेको हो । अन्नपूर्ण गाउँपालिकाको हिमाली भेगतिर भारी मात्रामा वर्षा भएकाले नदीको बहाव एक्कासी बढेको प्रहरीले जनाएको छ । तिन दिन यताको […]
बेनीको कालिपुल बसपार्कमा बाढीको वितण्डा हेर्नुहोस (भिडियो \फोटो)
विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीको सदरमुकाम बेनीबजारको कालिपुल स्थित बसपार्क बाढीको चपेटामा परेको छ । अस्पताल चोक भन्दा माथिको पाखोबाट झरेको बाढीले बसपार्कमा क्षति पु¥याएको छ । अस्पताल चोकमा ठूलो बाढी आएको छ । बसपार्कमा पार्कीङ गरेर राखेका सवारीसाधनहरु हिलो माटो,ढुङ्गा र ग्रेगरले पुरिन थालेका छन् । वसपार्क पुरै ग्रेगरले पुरेको छ । […]
कालिगण्डकी उर्लेर आयो (फोटो\भिडियो)
विकल्प न्यूज\बेनी असार १ गते । लगातारको भारी वर्षाका कारण कालिगण्डकी नदीमा पानीको सतह बढेको छ । हेर्नुहोस भिडियो र तस्विर
बेनी अस्पतालमा अक्सिजन सहितको २० शैयाको आइसोलेसन सञ्चालनमा आयो
ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आईसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुनथालेपछि अस्पतालको निर्माणधिन भवनमा तयार पारिएको आइसोलेसन कक्षा आइतबार देखि सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले […]
बेनीमा मगर विद्यार्थी संघको विस्तारित भेला सुरु(फोटोफिचर)
विकल्प न्यूज/बेनी फागुन २७ गते । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला विहिवार बेनीमा सुरु भएको छ । भेलाको उदघाटन हुनुभन्दा पहिला मगर समुदायको कलासंस्कृति,झाँकी र सोरठी नृत्य सहित बजारमा ¥याली निकालिएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुनले भेलाको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । भेलामा संघले […]
आहा ! गुर्जा हिमाल
विकल्प न्यूज/बेनी फागुन १८ गते । मालिका र रघुगंगा गाउँपालिकाको सीमानामा पर्ने धार्मिक स्थल मालिका धुरीबाट देखिएको गुर्जा हिमालको दृश्य । यहाँबाट एकदर्जन भन्दा धेरै हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । तस्विर ठाकुरप्रसाद आचार्य
विकट वस्तीमा पुग्यो सडक ः बाजागाजा सहित स्थानीयले मनाए खुसियाली (फोटोफिचर)
विकल्प न्यूज/बेनी फागुन १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको विकट वस्तीमा सडक पुगेपछि स्थानीयहरुले बाजागाजा सहित खुसियाली मनाएका छन् । गलेश्वर–पिप्ले,मौवाफाँट – दग्नाम–दर्मिजा – चिमखोला हुँदै कुइनेमंगलेको वस्तीलाई सडक सञ्जाल सँग जोडन ३६ किलोमिटर सडको ट्रयाक खुले सँगै विकट वस्तीहरु सडक सञ्जाल सँग जोडिएका हुन । सोमबार बाजागाजा र नाचगान सहित गाउँपालिकाको वडा नम्बर ४ […]
भलिबलमा बिजेता महिला टिमलाई बेनीमा भब्य सम्मान ( फोटो/भिडियो)
विकल्प न्यूज/बेनी फागुन १२ गते । पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा महिलातर्फ बिजेता बनेको म्याग्दीका खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित सम्मान गरिएको छ । जिल्ला भलिबल संघको आयोजनामा खेलाडीहरुलाई सम्मान गरिएको हो । विरेन्द्रचोकबाट सुरु भएको बाजागाजा सहितको ¥याली बजार परिक्रमा गरेको थियो ।