फोटो
म्याग्देली शान ः
म्याग्देली शान ः पश्चिमाञ्चल स्तरीय छनौट खेलको महिला भलिबलमा प्रथम स्थान हासिल गर्न सफल म्याग्दीका महिला खेलाडीहरु । तस्विर सन्तोष गौतम
वार्षिक साधारणसभा सुरु
विकल्प न्यूज/बेनी मंसिर २५ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ को २३ औं वार्षिक साधारणसभा बेनीमा सुरु भएको छ । साधारणसभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष पशुपति मरारकाले गर्नुभएको छ ।
प्रबिधि सिक्दै….
म्याग्दीको दोवा स्थित कैलाश माविको कक्षा ६ का विद्यार्थीहरु कम्प्युटर विषयको पठनपाठनका क्रममा प्रयोगात्मक कक्षामा सहभागि हुँदै । १५ वटा कम्प्युटर रहेको ल्याब स्थापना गरेको यो विद्यालयले वि.स २०६६ देखि कक्षा ६ देखि १० का विद्यार्थीलाई कम्प्युटर विषयको पठनपाठन गराउँदै आएको छ । तस्विर सन्तोष गौतम
पाहुनाको स्वागत
पाहुनाको स्वागत । पर्यटकीय गाउँ नारच्याङका पुख्र्यौली नृत्य समुह । उनीहरुले गाउँमा आउने पाहुनाहरुलाई पुख्र्यौली नृत्यले स्वागत गर्ने गर्दछन् । तस्विर सन्तोष गौतम /बेनी, म्याग्दी
सुन्दर हिमाल । पर्यटकीय गाउँ नारच्याङबाट देखिएको अन्नपूर्ण हिमालको दृश्य
सुन्दर हिमाल । पर्यटकीय गाउँ नारच्याङबाट देखिएको अन्नपूर्ण हिमालको दृश्य । तस्विर सन्दीप खत्री
पौने तिन करोड संकलन सहित महायज्ञको समापन (फोटो)
म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित महायज्ञमा पौने तिन करोड संकलन म्याग्दी बहुमुखी क्याम्पसमा आयोजना गरिएको महायज्ञमा करिव पौने तिनकरोड रुपियाँ आर्थिक संकलन सहित विहिबार महायज्ञ समापन गरिएको छ । तस्विर भोजबहादुर रिजाल तस्विर भोजबहादुर रिजाल
कोदो भित्र्याउने तयारी….
कोदो भित्र्याउने तयारी…. ओखरबोट १ फुलबारीमा कोदो चुट्दै कृषकहरु । पहाडी क्षेत्रका कृषकहरु हिजोआजा धान र कोदो भित्र्याउने काममा व्यस्त छन् । तस्विर सन्तोष गौतम
गाउँघरमा पिङको रौनक
विकल्प न्यूज/बेनी म्याग्दीको शिखमा लिङगे पिङको तयारी गरिदैं । दसैंको आगमन सँगै गाउँगाउँमा पिङ खेल्ने र दसैं मनाउनेहरुको चहलपहल बढेको छ ।
म्याग्दीको सुन्दर गुर्जा गाउँ
सुन्दर गाउँ । म्याग्दीको दुर्गम गुर्जा गाउँ । यो गाउँ जिल्लाकै दुर्गम गाउँमा पर्दछ । छन्त्याल जातिको बसोवास रहेको यो गाउँका वासिन्दाहरुको जडिवुटीलाई प्रमुख आयस्रोतका रुपमा लिइन्छ । तस्विर/ सन्तोष गौतम
बेगखोलामा बाढी आएपछि(स्थलगत फोटोफिचर)
विकल्प न्युज/बेगखोला भदौ १७ गते । तस्विरहरु ठाकुरप्रसाद आचार्य
रमणिय खोप्रालेक
म्याग्दीको शिख गाविसमा पर्ने खोप्रालेकबाट हिमालको दृष्यवलोकन गर्दै पर्यटकहरु तस्विर/ चित्र तिलिजा पुन
वर्षातमा यस्तो देखिन्छ सुन्दर रुप्से झरना हेर्नुहोस १० तस्विर
तस्विरहरु ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असार २८ गते ।
झोलुङगे पुल बनेपछि…
विकल्प न्यूज/बेनी असार २४ गते । माजफाँट २ लामाखेत देखि बेनी नगरपालिका एक आनन्द बगर जोड्नका लागि कालीगण्डकी नदी माथि झोलुङगे पुल निर्माण भएको छ । पुल निर्माण भएपछि आनन्दबगरका स्थानीयवासीहरुलाई आवतजावतमा सहज भएको छ । तस्विर सन्तोष बोगटी फेसबुक
हिस्तानकी परिश्रमी महिला …
हिस्तानकी परिश्रमी महिला … विकल्प न्यूज म्याग्दी,असार२१ गते । म्याग्दीको हिस्तान गाविस ४ टिकोटकी टिका तिलिजा प्लाष्टिक टनेल भित्र लगाइएको गोलभेडा खेतीमा काम गर्दै । तिलिजाले जिल्ला कृषि विकास कार्यालय म्याग्दीले उपलब्ध गराएको युवा लक्ष्ति कार्यक्रमबाट ४० हजार रुपियाँ अनुदान लिएर व्यवसायिक गोलभेडा खेती गर्न थाल्नुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य/म्याग्दी