ताजा समाचार:
Search

यसरी ओर्लीए बेनीमा संस्कृतिको संरक्षणमा (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य /बेनी
माघ २ गते । मगर समुदायको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले बेनीमा पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको छ ।  गाउँगाउँबाट यतिखेर मगर समुदायका अगुवा देखि युवायुवतिहरु बेनीमा ओर्लीएका छन् ।DSC_0633नेपाल मगर संघ म्याग्दीले आयोजना गरेको नाच प्रतियोगितामा जिल्लाभरबाट २१ समुहले भाग लिएका छन् । सोमबार दिउसो सम्म १० समुहले आफ्नो प्रस्तुती देखाएका छन् ।DSC_0621 प्रतियोगिताले कला संस्कृतिको संरक्षणका साथै युवायुवतीहरुमा संस्कृतिको पुस्ता हस्तान्तरणमा सहयोग पुग्ने मगर समुदायका अगुवाहरुले अपेक्षा राखेका छन् ।  DSC_0424  DSC_0477 DSC_0488 DSC_0503 DSC_0529 DSC_0553    लोपोन्मुख अवस्थामा पुगेको पुख्र्यौली नृत्यलाई पुस्ता हस्तान्तरण र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ति पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन् ।

दोस्रो पटक आयोजना गरिएको जिल्ला स्तरीय पुख्र्यौली नृत्य प्रतियोगितामा सहभागिता जनाउन म्याग्दीका सबैजसो मगर बस्तीका कलाकार बेनी बजार ओर्लिएका छन् । कलाकारको समुहमा भर्खरका युवायुवतीहरु पनि छन् ।DSC_0625मगर समुदायको जन्म, मृत्य, बिवाह, छेवार जस्ता संस्कारगत कार्य र बिशेष अवसरमा सोरठी भाकामा गीत गाउने र पुख्र्यौली नृत्य देखाउने चलन छ ।DSC_0563पुख्र्यौली नृत्य सम्बन्धि ज्ञान, सिपको बारेमा नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल मगर संघका सचिव लोकेश पुनमगरले बताउनुभयो ।
पछिल्लो समय मगर संस्कृति हराउदै जानथालेकाले युवा पुस्तालाई संस्कृति हस्तान्तरण गर्न कार्यक्रमको आयोजना गरिएको नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीको बताउनुभयो ।DSC_0647प्रतियोगितामा प्रथम, दितृय, तितृय र सान्तवना हुने समूहलाई क्रमश २५ हजार, बिस हजार, पन्ध्र हजार र दश हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सुरु हुनुपुर्व नेपाल मगर संघको सभाहलबाट झाँकी सहित निस्कीएको मगर समुदायको ¥यालीले बजार परिक्रमा गरेको थियो ।DSC_0579DSC_0438