ताजा समाचार:
Search

फोटो

तातोपानीमा छतमै हेलिप्याड सुविधासहितको ‘‘श्रेष्ठ होटल हटस्प्रिङ’’ सञ्चालनको तयारी (भिडियोसहित)

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दीको सिंगा तातोपानी बजारमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारीमा छ । दुईवर्ष अघिबाट पूर्वाधार निर्माण सुरु गरिएको होटल यतिखेर सञ्चालनको अन्तिम तयारीमा जुटेको हो । बेनी नगरपालिका ४ सिंगा तातोपानी कुण्ड नजिक करिब १५ करोड रुपैयाँको लगानीमा श्रेष्ठ होटल हटस्प्रिङ सञ्चालनको अन्तिम तयारी गरिएको छ । तातोपानी कुण्डमा आउने […]

११ औं तोरन्ल गोल्डकपको उपाधी दरवाङले जित्यो (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी असोज १७ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन भएको ११ औं तोरन्ल गोल्डकपको उपाधी थकाली सेवा समिति दरवाङले हात पारेको छ । थकाली सेवा समिति दरवाङ (रातढुङ्गां ले १ सय ४१ अंक ल्याएर प्रथम स्थान हासिल गरेको हो । प्रथम हुने दरवाङले नगद एकलाख सहित मेडल प्राप्त गरेको छ । यसैगरी १ सय […]

बेनीमा ११ औं तोरन्ल गोल्डकप प्रतियोगिता सुरू (फोटोसहित)

ठाकुरप्रसाद आचार्य / म्याग्दी असोज १५ गते । थकालीको समुदायको सांस्कृति पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबार देखि बेनीमा पहिलोपटक सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तिनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १८ समुहका एकसय १८ खेलाडीहरुले भाग लिएका छन् । खेलको उदघाटन […]

तातोपानी कुण्ड खुलेसँगै उपचारका लागि आउन थाले विरामी (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / म्याग्दी असोज १३ गते ।  म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको प्रशिद्ध तातोपानी कुण्ड सञ्चालनमा आएसँगै उपचारका लागि विरामीहरु आउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिए सँगै गत बैशाखको तेस्रो साता देखि तातोपानी कुण्ड बन्द गरिएको थियो । पछिल्लो समय कोरोना भाइरसको संक्रमण घट्दै गएको भन्दै प्राकृतिक चिकित्सालयका […]

जलजलामा नेपाली काँग्रेसकाे नेतृत्वका चयनका लागि मतदान सुरु

विकल्प न्युज/ बेनी असाेज १० गते । नेपाली काँग्रेसकाे जलजलामा नयाँ नेतृत्व चयनका लागि अाईतबार मतदान सुरू गरिएको छ । शनिबारदेखि सुरू भएकाे अधिवेशनमा नेतृत्व चयनमा सहमति नभएपछि मतदानबाट टुंगो लगाउन मतदान गरिएको निर्वाचन अधिकृत भवानी संकर पौडेलले बताउनुभयाे । सभापतिमा हरिविकास जिसि,ईन्दु पौडेल र साेवित बरूवाल उम्मेदवार दिनुभएको छ ।

यस्तो देखियो काँग्रेसको बेनी नगरपालिका नेतृत्व चयनका लागि भएको मतदान (फोटोफिचर)

विकल्प न्यूज\बेनी असोज १० गते ।  नेपाली काँग्रेसको बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि आइतबार विहान साढे ११ बजेबाट मतदान सुरु गरिएको छ । सभापतिका प्रत्यसी उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्कीले पहिलो मतदान गरेका छन् । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि सभापति सहित पदाधिकारीमा मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो । जिल्ला […]

नेपाली काँग्रेस बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी असोज १० गते । नेपाली काँग्रेसको बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि आइतबार विहान साढे ११ बजेबाट मतदान सुरु गरिएको छ । सभापतिका प्रत्यसी उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्कीले पहिलो मतदान गरेका छन् । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि सभापति सहित पदाधिकारीमा मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो । […]

नेपाली काँग्रेस बेनी नगरपालिकाकाे अधिवेशन सुरू

विकल्प न्युज/ बेनी असाेज ९ गते । नेपाली काँग्रेसकाे १४ अौ महाधिवेशन अन्तर्गत बेनी नगरपालिकाकाे अधिवेशन जिसस सभाहलमा सुरू भएको छ । अधिवेशनबाट नगरमा नयाँ नेतृत्व चयन हुनेछ । युवा नेता विक्रम बाेगटी र रविन्दु् (रवि)  कार्किकाे नेतृत्वमा प्यानल बनाएका छन् । सहमतिबाट नेतृत्व चयन नभए मतदानबाट टुंगो लगाउने तयारि छ । दुवै समूह विच […]

कालिपुलमा मल्लाजको भीरबाट पहिरो खस्यो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं १४ गते ।    बेनी नगरपालिका ८ को पुरानो कालिपुल बजार पारिपट्टी रहेको मल्लाजको भीरबाट पहिरो खस्न थालेको छ । पहिरोका कारण कालिगण्डकी नदी थुनिने खतरा सँगै कालिपुल बजार जोखिममा परेको हो । आइतबार (गएराती) पर्वतको जलजला गाउँपालिका ३ को मल्लाज भीरबाट पहिरो कालिगण्डकी नदीमा खस्दा पानीको छालले कालिपुलका १० घरमा सामान्य […]

बंगुर फार्ममा रम्दैछन् बेनीका रणबहादुर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / म्याग्दी भदौं ३ गते ।  बेनीका रणबहादुर विश्वकर्माको दैनिकी बंगुर फार्मबाट सुरु हुन्छ । विहानै फार्ममा पुगेर बंगुरलाई दानापानी खुबाउने र खोर सफा आफै गर्नुहुन्छ । यस्तै दिनचार्यमा नै उहाँको ८ वर्ष वितिसकेको छ । ‘विदेश पनि भोगियो दुःख पनि पाइयो तर आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै छ । परिवार मिलेर […]

बेनीमा ‘मास्क अभियान’ (फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन २९ गते ।    ‘कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता,मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ सञ्चालन भएको नेपाल मास्क अभियानलाई म्याग्दीमा पनि सक्रियताका साथ सञ्चालन गरिएको छ । जिल्ला प्रशासन,प्रहरी,स्वास्थ्य कार्यालय लगायत विभिन्न संघसंस्थाहरुको सहयोगमा बेनीमा मास्क अभियान सञ्चालन गरिएको छ । अभियानका क्रममा शुक्रबार बेनी बजार […]

बेनीमा मास्क अभियान (फोटो)

विकल्प न्यूज/बेनी साउन २४ गते । बेनी नगरपालिका,प्रशासन,प्रहरी, निजी क्षेत्र लगायत विभिन्न सामाजिक संघसंस्थाहरुले बेनीमा मास्क अभियान सुरु गरेका छन् । मास्क अभियान साउन २३ गते देखि एकहप्ता सम्म सञ्चालन हुने छ । अभियानका क्रममा नागरिकहरुलाई मास्क लगाउन,कोरोना भाइरस संक्रमणबाट बच्न लगायत स्वास्थ्य सम्बन्धि सचेतनामुलक जानकारीहरु गराइने छ ।

बेनीमा परीक्षा दिँदै सात दिनकी सुत्केरी

म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् । रासस

यस्तो छ थुनिएको गुर्जा खोला (फोटो)

विकल्प न्यूज/बेनी साउन १० गते । शुक्रबार पहिरोले थुनिएको गुर्जा खोला शनिबार राती देखि विस्तारै खुलेको छ । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल सहितको टोली आइतबार विहान थुनिएको स्थलमा पुगेको छ । ओभरफ्लो भएर खोला बग्न थालेको उहाँले बताउनुभयो । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ […]

बेनी आसपासमा ठुलठुला पहिरा (तस्विर )

विकल्प न्यूज/बेनी असार २५ गते । बेनी बजार आसपासमा ठूलाठूला पहिरो जानथालेका छन् । शुक्रबार बेनी सामुदायिक विद्यालय माथि बेनी अर्थुङ्गे सडकमा बराहपाखोबाट पहिरो खसेको छ । त्यसैगरी माउन्ट एभरेष्ट विद्यालय नजिक पनि ठूलो पहिरो खसेको छ । पहिरोले गर्दा बेनी अर्थुङ्गे सडक पूर्णरुपमा बन्द हुनपुगेको छ । सडक खुलाउन अझै प्रयास भएको छैन । […]