मनोरञ्जन
लोक दोहोरी दिवसमा बाद्यवादन सामग्री हस्तान्तरण

विकल्प न्यूज\बेनी फागुन २९ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१ औँ स्थापना दिवस तथा लोक दोहोरी दिवस २०७८ को अवसरमा लोक दोहोरी प्रतिष्ठान म्याग्दीले बाद्यवादनका सामग्री सहयोग गरेको छ । दिवसको अवसरमा आइतवार एक कार्यक्रमको आयोजना गरि बेनी नगरपालिका ८ स्थित श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई मादल र खैजडी […]
गायक किरण पुनको ‘अगेनामा चुलो’ गीत सार्वजनिक

विकल्प न्यूज/बेनी फागुन २१ गते । म्याग्दीका लोकप्रीय गायक किरण पुनको लोक दोहोरी गीत अगेनामा चुलो सार्वजनिक भएको छ । गायक पुन र चर्चित लोक दोहोरी गायीका शान्ति श्री परियारको आवाजमा रहेको उक्त गीतको म्युजिक भिडियो किरण पनु युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा किरण पुनको शव्द र राकेश शोनीको संगीत तथा एरेन्ज रहेको […]
अश्मी थापाको अभिनय रहेको तीज गीत ‘बरिलै’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ३० गते । कलाकारितामा पाइला सार्दै गरेकी म्याग्दीकी अश्मी थापाले अभिनय गरेको तीज गीत ‘बरिलै’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका तुल्सी घर्ती मगर र कमल बिसी माल्दाईको सुमधुर आवाजमा ‘बरिलै’ मौलिक तीज गीत बजारमा आएको छ । भरत बोहरा (समर्पण) को कर्णप्रिय संगीत तथा गायक भीम कार्कीको उत्कृष्ट […]
राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको जिल्ला भेला सम्पन्न

विकल्प न्यूज/बेनी साउन २७ गते । नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको जिल्ला भेला बुधबार बेनीमा सम्पन्न भएको छ । महासंघ केन्द्रीय समिति द्वारा प्रत्यक जिल्लामा संगठन निर्माण गर्ने अभियान अन्तरगत म्याग्दीमा भेला गरिएको हो । भेलाबाट अमित बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा […]
तीज गीतका शब्दमा ‘महिलालाई हेलाहोचो’

विकल्प न्यूज/काठमाण्डौं साउन २३ गते । बिहे गरेर गएका छोरीचेली पर्वमा माइती पुग्छन् । आफू जन्मे–हुर्केको घरभन्दा फरक परिवेशमा पुग्दाका अनुभव तीजमा साट्छन् । तीजको मौलिकतालाई आधुनिकताले ओझेल पार्दै लगेको अनुभव हुन्छ लोकगायिका हरिदेवी कोइरालालाई । ‘तीज माइती र चेलीबीच प्रेम तथा मातृत्व बढाउने ममताको पर्व हो,’ उनी भन्छिन्, ‘महिलाहरूले स्वतन्त्र रूपमा आफ्नो पीडा पोख्ने र उत्साहका साथ […]
नयाँ वर्षका अवसरमा बेनीमा लोक साँस्कृतिक उत्सव

विकल्प न्यूज/बेन चैत ६ गते । नयाँ वर्ष २०७८ का अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । ‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन ’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो । बैशाख १ देखि ३ गते सम्म बेनीको खुल्ला मञ्चमा […]
मोडलिङ क्षेत्रमा उदाउँदै छिन देविस्थानकी पविता

विकल्प न्यूज/बेनी माघ १६ गते । सानै देखि नृत्यमा रुची राख्ने मालिका गाउँपालिका देविस्थानकी पविता पुन भर्खर कलाकारिता क्षेत्रमा पाइला सार्दै छिन् । नृत्यमा शिखर चढ्दै गरेकी पवितालाई आजकल भ्याइनभ्याई छ । सानो छँदा स्कुल र गाउँघरमा नृत्य प्रतियोगितामा भाग लिएर उत्कृष्ट हुने गरेकी थिएँ, पविताले भनिन् ‘कलाकारिता क्षेत्रमा भविष्य देखेकी छु । अवसर […]
गायक पुनको‘चोखो माया’म्युजिक भिडियो सार्वजनिक

विकल्प न्यूज/बेनी माघ १० गते । चर्चित गायक किरन पुनको ‘चोखो माया’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । माया प्रेममा आधारित गीतको म्युजिक भिडिओ गायक पुनको अफिसियल युट्युव च्यानल किरन पुन मार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द/सिर्जना र संगित पुनको र एरेण्ज राकेश सोनीको रहेको छ । गायक पुन र गायीका यामुना बुढाको […]
संचारकर्मी बिश्वकर्माको ‘हेर्छु डाँडैबाट’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर ९ गते । लोक गायक एबं संचारकर्मी अमित बिश्वकर्माको लोक दोहोरि गीत हेर्छु डाँडै बाट को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसिले लेख्नु भएको हो । गायक बिश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडियोमा कलाकार सानु, रिया रोका […]
कलाकार अस्मी थापाले मनाइन अनाथ बालबालिका सँग जन्मदिन

विकल्प न्यूज/बेनी असोज १५ गते । म्याग्दीकी कलाकार अस्मी थापाले बेनी स्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरु सँग जन्मदिन मनाएकी छिन । धौलागिरि गाउँपालिका ७ धारापानी की कालार थापा विहिवार बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा पुगेर अनाथ बालबालिका सँग जन्मदिन मनाएकी हुन । थापाले बालबालिकाहरुलाई विस्कुट,फ्रुटी लगायतका खानेकुराहरु प्रदान गरेकी थिइन । अनाथ बालबालिकाहरु सँग बसेर जन्मदिन मनाउँदा […]
‘यसपाली दशैंमा’ गीत सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी असोज ९ गते । बेनीका कलाकार सुनिल बानियाँको अभिनय रहेको ‘यसपाली दशैंमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । समाजमा रहेको जातिय विवेदका विरुद्ध जनचेतनामुलक सन्देश दिने खालको विषयवस्तुलाई गीतमा समेटिएको छ । अन्तरजातिय बिबाहबाट सफल भएका एक दम्पत्तिको सफल कथामा आधारित रहेर म्यूजिक भिडियो तयार पारिएको कलाकार बानियाँले बताउनुभयो । बेनी सामुदायिक विद्यालयका शिक्षक समेत […]
आकाशबाट बाकसमा नआए…(भिडियो सहित)

काठमाण्डौं भदौ ३० गते । ‘आकाशबाट बाकसमा नआए ढोका खोल भन्नेछु म आए’ (पुरुष) ‘घरै धराप छ पहिरो खसेर बाली खायो सलह पसेर’ (महिला) यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन् । गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ । श्रीमान्ले दशैँमा घर आउने दिनको ठेगान छैन भन्छन् […]
आमा बन्दै श्वेता खड्का

२० भदौ कठमाडौं : चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन। उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो। अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन्। ‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ […]
लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ८ गते । म्याग्दीका लोक दोहोरी गायक रामु रिजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा पुस्तक व्यवसाय संचालन समेत गर्दै आउनुभएका लोक गायक रिजालको सो गित म्युजिक भिडियो डिजिटल स्टार युट्युव मार्फत बुधबार सार्वजनिक गरिएको हो । गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित […]
लोकदोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’को छायाँङ्कन

अमित बिश्वकर्मा/विकल्प न्यूज फागुन २९ गते । म्याग्दीका नब गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ को बुधबार तनहुँको दमौलीमा छायाँङ्कन गरिएको छ । दरबाङ बजारमा व्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एवम् मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन तारानाथ आचार्य […]