ताजा समाचार:
Search

बिजनेस

गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक

चिप्लेढुङ्गा, साउन १४गते । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर प्राप्त भएको जनाएको छ । यसअघि पोखरामा कति पर्यटक […]

रुमका पौरखी महिला (भिडियो रिपोर्ट)

विकल्प न्यूज/बेनी साउन १४ गते । रुमका महिलाहरु अल्लो धागोबाट निर्मित कपडा देखाउँदै ।  मालिका गाउँपालिका २ रुमकी मनकुमारी पुनले अल्लोबाट कपडा बुन्न थालेको चारवर्ष भयो । मनकुमारी मात्र होइन रुम गाउँका अधिकांश महिलाहरु अल्लो धागोबाट कपडा बनाउँछन् । सरकारी निकाय र विभिन्न संघसंस्थाको सहयोगमा पछिल्लो समय रुमका महिलाहरु परम्परागत सीपलाई आधुनिक प्रविधिको प्रयोग गरेर […]

मुदीको बगरा तातोपानीमा पूर्वाधार निर्माण

विकल्प न्यूज/बेनी साउन १० गते ।  धौलागिरि गाउँपालिका ४ मुदीको बगर तातोपानीमा पूर्वाधार निर्माण गरिएको छ । राउन्ड धौलागिरि पदयात्रामा पर्ने तातोपानी कुण्डमा स्नान गर्न पुग्ने पर्यटकको सुविधाका लागि ठाँटी निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा वडाको सिफारिसमा गाउँपालिकाद्धारा विनियोजित करिब साढे सातलाख रुपियाँमा तिनवटा कोठा भएको ठाँटी निर्माण गरिएको छ । स्थानीयवासीहरुको […]

पर्यटकीय स्थल झाक्रीपानीमा भ्यूटावर निर्माण

जगत बानियाँ /मंगला साउन १० गते ।     मंगला गाउँपालिकाको पर्यटकीय स्थल झाक्रीपानीमा भ्यूटावर निर्माण गरिएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको वडा नम्बर ३ स्थित बरंजाको झाक्रीपानीमा गाउँपालिकाले भ्यूटावर सहित अन्य पूर्वाधार निर्माण गरेको हो । गाउँपालिकाको रु ११ लाख, प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापाको सिफासिरमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत […]

निर्माण व्यवसायी संघद्धारा गुल्मपतिलाई विदाई

विकल्प न्यूज/बेनी असार ३० गते । १३ महिनाको म्याग्दी बसाईपछि सरुवा भएर जानु लाग्नुभएका श्रीबक्स गुल्मका गुल्मपति राजन दाहाललाई निर्माण व्यवसायी संघ म्याग्दीले सम्मान सहित विदाई गरेको छ । आईतवार बेनीमा एक कार्यक्रमको आयोजना गरेर संघले गुल्मपति दाहाललाई विदाई गरेको हो । जिल्लामा रहदा विपद् व्यवस्थापन र राहत उद्दारमा नेपाली सेनाले खेलेको भूमिकालाई सम्मान गर्दै गुल्मपति […]

घलेम्दी जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारी

विकल्प न्यूज/बेनी असार २० गते ।   उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयारीमा रहेको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताए । उनका अनुसार आयोजनाको विद्युत् गृह, पेनस्टक पाइप, ‘सर्ज ट्याङ्क’, बाँध, बालुवा थिग्राउने […]

तरकारी खेतीमा रमाउँदै युवा (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १२ गते ।  तरकारी खेतीमा काम गर्दै पोकका बुद्धी विक । तस्विर ठाकुरप्रसाद आचार्य मंगला गाउँपालिका ५ अर्मन पोकका एक युवाले गाउँमा व्यवसायिक तरकारी खेती गरेर समाजमा उदाहरणीय बन्नुभएको छ । २० वर्षीय युवा बुद्धी विकले गाउँमा बेमौसमी तरकारीको व्यवसायिक उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको हो । गाउँका अधिकांश युवाहरु विदेश जान राहदानी […]

मालिकामा भक्तजनको भीड

साधन राम्जाली /विकल्प न्युज  दरबाङ, जेठ ५ गते । मालिका म्याग्दीको ऐतिहासिक धार्मिक स्थल एवम् प्रमुख पर्यटकीय स्थल हो । समुन्द्र सतहदेखी करिब तीन हजार ४ सय उचाईमा अवस्थित छ । जिल्लाको मालिका गाउँपालिकाको वडा नं ६ , ७ र रघुगंगा गाउँपालिकाको वडा नं ६ को सिमानामा रहेको मालिकामा बिशेष गरी चन्डी पुर्णीमा ,जेष्ठ पुर्णिमा […]

निर्माण व्यवसायी संघमा सल्लाहकार चयन

विकल्प न्यूज/बेनी बैशाख १६ गते । निर्माण व्यवसायी संघ म्याग्दीको सोमबार बेनीमा बसेको चौथो बैठकले सल्लाहकार चयन गरेको छ । संघका अध्यक्ष नारायण जिसीको अध्यक्षतामा भएको बैठकले ७ जना सल्लाहकार मनोनित गर्ने लगायतका निर्णयहरु गरेको हो । लोकबहादुर मल्ल, रामकृष्ण मल्ल, नेत्रबहादुर महत, एकेन्द्र रावल, सन्तोष रावल, कृष्णसिंह बानिया र रवी भण्डारीलाई सल्लाहकारमा मनोनित गरेको […]

पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्विर सहित)

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, बैशाख १६ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित रहेको प्रमुख तथा प्रसिद्ध पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको संयुक्त आयोजनामा पर्यटनसम्बन्धी कार्यक्रम गरिएको हो । ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ अन्तर्गत शनिबार र आइतबार दुई दिनसम्म […]

ग्रिन डेभलपमेन्ट बैंक दरबाङमा

साधन राम्जाली/ विकल्प न्युज बेनी बैशाख ३ गते । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङ बजारमा ग्रिन डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेको छ । मालिका गाउँपालिका ६ दरबाङमा गत पुस ११ गते देखी कारोबार सुरु गरेको बैंकको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । बागलुङमा केन्द्रिय कार्यालय रहेको बैंकले दरबाङमा नवौं शाखा विस्तार गरेको हो […]

बेनीमा मुक्तिनाथ विकास वैंकको कारोवार सुरु

विकल्प न्यूज/बेनी बेनी २२ चैत । मुक्तिनाथ विकास बैङ्कले बिहीबार म्याग्दीको सदरमुकाम बेनीमा वित्तिय कारोवार सुरु गरेको छ । वैकले बेनीमा एकसय १४ औं शाखाको उद्घाटन गरेर कारोवार सुरु गरेको हो । बेनीको क्याम्पसचोकमा स्थापना भएको शाखाको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयोे । नगरप्रमुख श्रेष्ठले आम नागरिक समक्ष वित्तिय पहुँच बढाउन र उद्यम, […]

उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुहोस् ः मन्त्री थापा

विकल्प न्यूज/बेनी चैत २० गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारीले लगानी बढाउनुपर्ने बताउनुभएको छ । सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाएर आर्थिक विकासमा टेवा पु¥याउनुपर्ने विचार व्यक्त गर्नभयो । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले […]

सहकारी दिवसका अवसरमा बक्तृत्वकला प्रतियोगिता

विकल्प न्यूज/बेनी चैत २० गते ।  ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बेनी बचत तथा ऋण सहकारी संस्थाले नगरपालिका स्तरीय अन्तरमावि बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा माउन्ट आवाशीय मावि बेनीकी छात्रा रक्षा सुवेदी प्रथम,गलेश्वर आर्दश आ.माविकी छात्रा आरती सुवेदी द्धितिय र जामुनाखर्क माविकी छात्रा रश्मी शर्माले तृतिय स्थान हाँसिल गरेका छन् । कार्यक्रममा संस्थाका […]

बारा र पर्साका हावाहुरी पीडितलाई दिदीबहिनीको सहयोग

विकल्प न्यूज/बेनी चैत २० गते । गत आइतवार भिषण हावाहुरीका कारण प्रभावित भएका बारा र पर्साका पीडितहरुलाई बेनीमा रहेको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । ६२ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघले बेनीमा आयोजना गरेको कार्यक्रममा मुठ्ठीदान कार्यक्रम अन्तरगत संस्थाका सदस्यले जम्मा गरेको ३३ हजार ३ सय ३३ […]