बिजनेस
रघुगंगाको केन्द्र मौवाफाँटमा मुक्तिनाथ सहकारीको सेवा केन्द्र सञ्चालन
विकल्प न्यूज/बेनी साउन ३१ गते । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले सेवा केन्द्र स्थापना गरेको छ । सदरमुकाम बेनीमा सञ्चालित सहकारीले ग्रामिण स्तरमा सेवा विस्तारका लागि आइतबार देखि मौवाफाँटमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । सहकारीको सेवालाई गाउँपालिका केन्द्र सम्म पु¥याउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको सहकारी अध्यक्ष लिलाराम गौतमले बताउनुभयो । […]
गण्डकी प्रदेशमा जलविद्युत्, कृषि र पर्यटनको उच्च सम्भावना
काठमाडौँ, साउन २९ गते । गण्डकी प्रदेशमा जलविद्युत् आयोजना, कृषि र पर्यटन सम्भावना उच्च रहेको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको एक अध्ययनअनुसार ससाना आयोजनादेखि १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा रहेको गण्डकी प्रदेशमा जलविद्युत् उत्पादनको उच्च सम्भावना देखिएको हो । नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालय अनुसन्धान एकाइद्वारा प्रकाशित आर्थिक वर्ष २०७७/७८ मा […]
अग्नी पीडित व्यवसायीलाई उद्योग वाणिज्य संघको करिब साढे दुईलाख सहयोग
विकल्प न्यूज/बेनी साउन २७ गते । सदरमुकाम बेनीमा आगलागीबाट लाखौ क्षति ब्यहोरेका दुई व्यवसायीलाई म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ। मंगलबार राती अकस्मात भएको आगलागीबाट बेनीको न्युरोडमा जग्गनाथ शर्माले संचालन गरेको नयन किराना स्र्टोश र प्रमोद शर्माले संचालन गरेको रघुगंगा दुध कर्नर एण्ड डेरीमा आगलागीबाट पुर्ण रुपमा क्षति भएको थियो । प्रहरीका अनुसार […]
सानिमा लाइफ इन्स्योरेन्सको आइपीओमा दुई दिनमा १५ लाखको आवेदन
सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आइपीओमा दुइ दिनमा झण्डै १५ लाख आवेदकले आवेदन दिएका छन्। बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार बेलुका पाँच बजेसम्ममा कम्पनीको आइपीओमा १४ लाख ९५ हजार ३८९ जना आवेदकबाट २ करोड ३८ लाख ११ हजार ७१० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो। कम्पनीले कुल जारी पूँजी २ अर्ब […]
परम्परा धान्दै मह सिकारी, मह बेचेर निजी शिक्षकको तलब
बेनी, साउन २१ गते । रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कका २६ वर्षीय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुन् । वर्षको दुई याममा हुने भिर माहुरीको मह सिकारका लागि पुन निर्विकल्प भिरौटे (भिरमा चढेर मह काढ्ने) हुन् । अग्ला पहाड र अक्करे भिरमा मह काढ्ने पेशा जोखिमपूर्ण साहसिक मानिन्छ । भिर पहरामा ज्यान नै […]
गण्डकी नदी दोहनमा प्रयोग भएका ३२ गाडीलाई कारबाही
पर्वत : अवैध रूपमा कालीगण्डकी दोहनमा प्रयोग भएका ३२ वटा गाडीई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पछिल्ला चार दिनमा नदी दोहनमा प्रयोग भएका गाडीलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार साउन १६ देखि १९ सम्म अवैध रूपमा नदीजन्य पदार्थको उत्खननमा प्रयोग भएका सवारी साधनलाई नियन्त्रणको […]
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला
विकल्प न्यूज/बेनी साउन २० गते । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज बुधबार (साउन २० गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को […]
सानिमा इन्स्योरेन्सले सर्वसाधरणहरुलाई ५४ लाख आईपीओ भोलिबाट खुला गर्ने
काठमाडौं । साउन १९ गते । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बिक्री भोलिदेखि खुला गरिने भएको छ । कम्पनीले ६० लाख कित्ता सेयर आईपीओ जारी गर्न लागेको हो । त्यसमध्ये ५ प्रतिशत (तीन लाख कित्ता) कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको कम्पनीले जानकारी दिएको छ । बाँकी ५४ लाख कित्ता सर्वसाधरणलाई […]
साहसिक पर्यटक पर्खंदै विश्वकै दोस्रो अग्लो भनिएको बन्जी पुल
१९ साउन, गलकोट । कोभिड-१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा-बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना […]
तरकारी र बिउबाट समृद्ध बन्दै धाइरिङ गाउँ
ठाकुरप्रसाद आचार्य / जलजला असार ३० गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ सल्यानमा ताजा तरकारी र विउ विक्री गरेर किसानहरुले गाउँमा ठुलो धनराशी भित्राउछन् । धाइरिङका किसानहरुले लगाएको तरकारीले सल्यानको फाँट हरियाली बनेको छ । यहाँका अधिकांश घरपरिवार व्यवसायिक ताजा तरकारी उत्पादनमा सक्रिय छन् । ताजा तरकारी र बिउ विक्री यहाँका किसानहरुको मुख्य पेशा […]
रघुगंगामा ५३ करोड बढीको बजेट पारित
विकल्प न्यूज\बेनी असार ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित दशौँ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुपमा पारित भएको हो । रघुगंगाले […]
दरबाङ्गमा प्रथम मालिका महोत्सव हुने
विकल्प न्यूज/बेनी चैत १० गते । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा पहिलो पटक एतिहासिक प्रथम मालिका महोत्सव आयोजनमा हुने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मालिका बजार इकाई समितिको आयोजनामा यही चैत २७ गते देखी २०७८ बैशाख ३ गते सम्म महोत्सवको आयोजना गरिएको हो । मलिका गाउँपालिका भित्रका स्थानीय कला सास्कृतीको जर्गेना तथा […]
पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा गोपी अधिकारी बिजयी
विकल्प न्यूज/पर्वत चैत १० गते । पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा गोपी अधिकारी फराकिलो मत अन्तरले बिजयी हुनुभएको छ । सोमबार सम्पन्न मतगणना अनुसार अधिकारीले एकहजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँको प्रतिस्पर्धी शिव पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी शिव पौडेल त्यसैगरी महिला सदस्यमा देवी […]
सिंगटी हाइड्रोको आईपीओ बिक्री खुला
विकल्प न्यूज/बेनी चैत ६ गते । सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले आज (चैत ६ गते) शुक्रबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको […]
धार्मिक स्थल मालिकालाई प्रवद्र्धन गर्न हाइकिङ
विकल्प न्यूज/बेनी फागुन ८ गते । लायन्स क्लब अफ बेनी पिस सिटीले मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हाइकिङ कार्यक्रमको आयोजना गरेको छ । पहाडको टुप्पोमा रहेको प्रख्यात धार्मिक स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले शनिबार हाइकिङ कार्यक्रमको आयोजना गरेको हो । लायन्स क्लबका पदाधिकारी,पत्रकार र मालिका गाउँपालिका ७ विमका स्थानीय सहित शुक्रबार मालिका […]