समाचार

घरवासलाई व्यवस्थित गर्छौ– मन्त्री जुग्जाली

पोखरा, २६ माघ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ । पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको तेस्रो चापाकोट महोत्सवलाई बिहिबार सम्बोधन गर्दै मन्त्री जुग्जालीले प्रदेश सरकारले यसअघि अनुदान सहयोग गरेका घरवासहरुको अध्ययन थालिएको बताउनुभयो । “यसअघि […]

बागलुङ–बेनी सडक जीर्ण

विकल्प न्यूज । बेनी माघ २६ गते । बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ । उक्त सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको अवस्था छैन । कालोपत्र उप्किएको छ । कतै सडक धुलाम्मे छ । बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ । तर बाढी र पहिराले कालोपत्र बगाएको छ […]

बेनी नगर प्रहरीलाई दर्ज्यानी चिह्न प्रदान गरी काममा परिचालन

विकल्प न्यूज । बेनी माघ २६ गते । म्याग्दीको बेनी नगरपालिकाले नगर प्रहरी भर्ना गरी बिहीवार दर्ज्यानी चिह्न प्रदान गरेको छ । बेनी नगरपालिकाको नगर प्रहरी सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ अनुसार नगर प्रहरी भर्ना गरिएको हो । बेनी नगरपालिकाका मेयर सुरत केसीले नगर प्रहरीका हवल्दार शंकर पौडेल, सिपाहीद्वय रेजिना विक र अभिषेक मिजारलाई […]

जलजलाका युवाहरूलाई नमुना गाउँसभा अभ्यास

देवी जिसी/जलजला, माघ–२५, जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ, प्रदेश र प्रतिनिधीसभा सञ्चालनको प्रक्रीयाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा […]

बर्थिङ्ग सेन्टरका प्रसुतिकर्मीलाई व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

प्रताप बानियाँ/म्याग्दी माघ २५ गते । बर्थिङ्ग सेन्टरका दक्ष प्रसुतिकर्मीहरुलाई स्तनपान तथा जन्मदा कम तौल भएका शिशुको व्यवस्थापन तथा फ्लोअफसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र युएसआईडीको आर्थिक सहयोगमा आज (मङ्गलवार) सदरमुकाम बेनीमा अभिमुखीकरण गरिएको हो । स्तनपान संरक्षण, प्रवद्र्धन र सहयोगसम्बन्धी बर्थिङ्ग सेन्टरका दक्ष प्रसुतिकर्मी र क्लिनीकल मेन्टरहरुको […]

विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम

माघ २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोला र ८ नम्बर वडा कुईनेमङ्गलेमा आत्मरक्षा तथा ओसिएमसी सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा समन्वय, ओसिएमसी बेनी अस्पताल र मिलन म्याग्दीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । किशोरी शिक्षा कार्यंक्रम अन्तर्गत माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि शनिबार र आइतबार रितुङ […]

धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधि हेम माविलाई

विकल्प न्यूज । बेनी शिवाङ, २२ माघ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ । माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको हेम माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र सहित […]

रेडक्रस उपशाखा चिमखोलामा अन्तरक्रिया

प्रताप बानियाँ/म्याग्दी माघ २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा रहेको नेपाल रेडक्रस सोसाइटी चिमखोला उपशाखामा अनुभव आदानप्रदान, अन्तत्र्रिmया तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस उपशाखा चिमखोलाको आयोजनामा जिल्ला शाखा र उपशाखाका पदाधिकारीबीच अनुभव आदानप्रदान तथा अन्तत्र्रिmया गरिएको हो । जिल्लाको विभिन्न स्थानमा रहेका उपशाखाहरूको वास्तविक अवस्थाको पहिचान गरी उत्कृष्ट उपशाखालाई सम्मान गर्ने […]

प्रेस चौतारीको २५औं स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

म्याग्दी । ‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आज (आइतबार) २५औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी म्याग्दी शाखाले बेनी अस्पतालमा उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरी स्थापना दिवस मनाएको हो । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको सर्कुलरअनुसार रचनात्मक कार्यक्रमअन्तर्गत […]

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

विकल्प न्यूज । बेनी माघ २२ गते । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला अयोध्या र एक जनकपुर लगिएको थियो । गण्डकी प्रदेश सरकारले मधेश र मधेस प्रदेशले संघीय सरकारमार्फत भारत सरकारलाई उपलब्ध […]

बाइकर्स म्याग्दीले पर्यटकीय गन्तव्य खोप्रामा बोर्ड राख्यो, हेलीप्याड बनायो

विकल्प न्यूज । बेनी माघ २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अबस्थित पर्यटकीय गतब्य स्थल खोपरा लेकमा बाइकर्स म्याग्दी नामक समुहले बोर्ड अनावरण गरेको छ । म्याग्दीका विभिन्न स्थानमा पुगेर त्यहाँको अवस्थाका बारेमा चिनाउन सक्रिय समुहमा आवद्ध यूवाहरुले आर्थिक जुटाएर बोर्ड राखेका हुन् । खोपरा लेक पुगेर त्यस क्षेत्रमा हेली मार्फत आउने पर्यटकलाई सहजका […]

म्याग्दीमा सञ्चालित १९ ठुला आयोजना अलपत्र

म्याग्दी । म्याग्दी जिल्लामा सञ्चालित १९  ठुला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, खानेपानी, प्रसारण लाइन, अस्पताल भवनलगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ । सङ्घीय र प्रदेश सरकारमार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा नहुँदा र निरन्तरता नपाउँदा अलपत्र बनेका हुन् । अलपत्र पर्नेमा गण्डकी प्रदेश सरकारका ११ र […]

हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले

२२ माघ, बेनी । यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन ।हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो । वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले […]

प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ बागलुङको गाजाको दह

 माघ  १८  गते (रासस) । अग्लो पहाड, पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । यो गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड नै लाग्ने गर्छन् । बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । जिल्लाको जैमिनी नगरपालिका–३ […]

वडा अध्यक्ष बानियाँले प्रदान गर्नुभयो सेवासुविधाको रकम घुम्तीकोषलाई

विकल्प न्यूज/बेनी माघ १८ गते । बेनी नगरपालिका ६ का वडा अध्यक्ष कृष्णशिंह बानियाँले सरकारी सेवा सुविधावापत प्राप्त गरेको रकम विपन्न महिलाहरुले सञ्चालन गरेको घुम्तीकोषलाई सहयोग गर्नुभएको छ । वडा अध्यक्ष भएवापत नगरपालिकाबाट प्राप्त गरेको ३० हजार र चन्दा सहयोगबाट संकलन भएको ३० हजार गरी ६० हजार रुपैयाँ खरेनी स्थित दलित वस्तीमा रहेको आमा समुहले […]