समाचार
साउन महिनामा गलेश्वरमा नौ लाख बढी भेटी संकलन

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३० गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा करिब असी हजार भक्तजनले पुजाआजा र दर्शन गरेका छन् भने नौलाख भन्दा बढी भेटी संकलन भएको छ । साउन महिनाको पाँचवटा सोमबारमा गलेश्वर शिवालयमा भक्तजनहरुले चढाएको दान,भेटी र सहयोग रकम गरी करिब साढे नौलाख रुपियाँ भेटी संकलन […]
आमा समूहद्वारा व्यावसायिक ‘फेन्सी चप्पल’ उत्पादन

विकल्प न्यूज\बेनी साउन ३० गते । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाले चप्पल उत्पादन गर्न थालेका हुन् । पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम लिएका महिलालाई पुनः आमा समूहकै पहलमा थप १५ दिने […]
पहिरो खस्दा दाना काभ्रेका ४ घरपरिवार विस्थापित

विकल्प न्यूज\बेनी साउन २९ गते । फाइल तस्विर उत्तरी म्याग्दीमा पहिरो खसेर केहीबेर रोकिएको कालिगण्डकी नदी आफ्नै बहावमा फर्किएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना र वडा नं ४ नारच्याङको सिमानामा पहिरो खस्दा करिब ५–७ मिनेट कालिगण्डकी नदीको बहाबमा असर गरेको दानाका स्थानीय हस्तबहादुर पुनले जानकारी दिए। ‘पहिरो खस्दा धुँवा उडेको थियो, अहिले […]
आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि बेनी नगरपालिकामा चार दिनका लागि विद्यालय बन्द

विकल्प न्यूज\बेनी साउन २९ गते । म्याग्दीको बेनी नगरपालिकामा आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि चार दिन बन्द विद्यालय बन्द गरिएको छ । बेनी बजार तथा ग्रामिण क्षेत्रका विद्यालयमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएपछि बेनी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाकाले विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य कार्यालयका प्रतिनिधिको समेत समन्वयमा बसेको […]
साउन महिनामा गलेश्वर धाममा ८० हजार भक्तजन

ठाकुरप्रसाद आचार्य\बेनी साउन २९ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाममा साउन महिनामा मात्रै ८० हजार भक्तजनले दर्शन गरेका छन् । साउन महिनामा पाँचवटा सोमबार परेकाले गलेश्वर शिवालय मन्दिरको दर्शन र पुजाआजा गर्ने भक्तजनहरु सो संख्यामा आएका हुन । साउनको पहिलो सोमबार र अन्तिम सोमबार दर्शन गर्ने भक्तजनको मन्दिरमा भिड लागेको […]
कागवेनीमा राहत पठाउने गण्डकी सरकारको निर्णय

विकल्प न्यूज/बेनी साउन २९ गते । गण्डकी सरकारले आइतबार राति बाढी क्षति गरेको मुस्ताङको कागबेनी क्षेत्रमा तत्काल राहत पठाउने भएको छ । सोमबार बिहान बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीबाट विस्थापित र प्रभावित नागरिकलाई राहत दिन र उद्धारमा जुट्न निर्देशन दिइएको मुख्यमन्त्री […]
मुस्ताङको कागबेनीमा बाढी ः १५ घर,निर्माणधिन पुल र प्रहरी चौकी बाढीले बगायो

विकल्प न्यूज/बेनी साउन २९ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पु¥याएको हो । मानवीय क्षति भने भएको छैन । कागबेनीको बस्तीमा बाढी पसेको सूचनापछि कागबेनी आएका प्रमुख जिल्ला अधिकारी […]
मुस्ताङको कागबेनीमा बाढी ः १० घरसहित पक्की पुल बगायो

विकल्प न्यूज\बेनी साउन २८ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा आईतबार साँझ आएको आकस्मिक बाढीले १० घरसहित एक निर्माणधिन पक्की पुल बगाएको छ । मुक्तिनाथको शीर हुँदै बहने वारागुङ मुक्तिक्षेत्र—२ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर आएको बाढीले १० घर र पक्की पुलसहित धनमाल बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए […]
मुस्ताङको कागबेनीमा बाढीको त्रास

विकल्प न्यूज\बेनी साउन २८ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा बाढीको जोखिम बढेको छ । मुक्तिनाथबाट बहने ठाडो खोलाको शाखा नदी र मुस्ताङको साङ्ता हुँदै बहने ठाँडो खोला थुनिदा कागबेनी गाउँ बाढीको उच्च जोखिममा परेको हो । अविरल वर्षासंगै मुस्ताङको साङ्ता खोला थुनिएको आशंका गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अनुप […]
श्रीधरले सिम्रनको स्वरमा ल्याए ‘मुटुमै घाउ छ…’

विकल्प न्यूज/बेनी साउन २७ गते । सामाजिक सञ्जालमा भाइरल प्रतिभा बागलुङकी सिम्रन परियारको दोस्रो गीत सार्वजनिक गरिएको छ । शनिवार बेलुका उनको स्वरमा ‘मुटुमै घाउ छ…’बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा डा. विष्णुमूर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको संगीत, विशाल निरौलाको संगीत संयोजन छ । श्रीधरकै निर्देशन रहेको भिडियोमा सिम्रन स्वयंम प्रस्तुत छिन् […]
पाँच दिनका लागि बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्णरुपमा बन्द

विकल्प न्यूज\बेनी साउन २७ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट […]
राहुघाट–बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरि संचालन गरिने

विकल्प न्यूज\बेनी साउन २६ गते । बेनी, २५ साउन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट देखि बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरिने भएको छ । रघुगंगा गाउँपालिका–२ बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको पहिरोका कारण आइतबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा यातायात सञ्चालन सहज बनाउन पहिरो नियन्त्रणका साथै वैकल्पिक सडक मर्मतको काम अघि […]
म्याग्दीको थामडाँडा सामुदायिक वनलाई उत्कृष्ट राष्ट्रिय पुरस्कार

विकल्प न्यूज/बेनी साउन २५ गते । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा रहेको थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट सामुदायिक वनहरुमा दोस्रो हुन सफल भएको छ । सामुदायिक वन दिवस २०८० को अवसरमा वन तथा भू–संरक्षण विभागले थामडाँडा सामुदायिक वनलाई देशभरमा उत्कृष्टहरुमध्ये दोस्रो भएकोमा नगद ७५ हजार र प्रमाणपत्रद्धारा पुरस्कृत गरेको हो । काठमाण्डौमा आयोजित कार्यक्रममा वन तथा […]
म्याग्दीका छ हजार घरधुरीमा खानेपानीको पहुँच

बेनी, साउन २५ गते । म्याग्दीका छ हजार दुई सय २५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो । जिल्लामा कार्यालय स्थापना भएको छ वर्षको अवधिमा सञ्चालित खानेपानी आयोजनाबाट ३१ हजार व्यक्ति लाभान्वित बनेका खानेपानी, जलस्रोत तथा सिँचाइ विकास […]
बैसरीको पहिरोबाट खसेको ढुङ्गा लागेर चालक घाईते

विकल्प न्यूज/बेनी साउन २४ गते । बेनी–जोमसोम सडकखण्ड अन्तरगत बैसरीमा गएको पहिरोबाट खसेको ढुङ्गा लागरे एक जना सवारी चालक घाईते भएका छन् । रघुगंगा गाउँपालिका– २ बैसरीमा गुडिरहेको बोलेरो जीपमा खसेको ढुङ्गा लाग्दा जीप चालक ४० बर्षिय लुक्चन गर्वुजा घाईते भएका छन् । बेनीबाट अन्नपूर्ण गाउँपालिका– ७ तिप्ल्याङ जादै गरेको ग १ ज ६८२० नम्वर […]