समाचार

नेकपाका स्वर्गीय नेताद्वयको सम्झनामा श्रद्धाञ्जली–सभा

प्रताप बानियाँ/ विकल्प न्यु्ज म्याग्दी, फागुन २० गते । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । नेकपा नेता भरतमोहन अधिकारी तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । स्वर्गीय नेताद्वयको तस्विरमा माल्यार्पण गर्दै नेकपाका गण्डकी प्रदेश कमिटी […]

मुनामा मेलमिलाप तालिम

विकल्प न्युज बेनीफागुन २० गते । धवलागिरी गाउँपालिका अन्तरगतको न्यायिक समितिको आयोजनामा मुनामा आइतबार मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सम्पन्न भएको छ । न्यायिक समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन बस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने र उनिहरुको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित तालिमको अधिवत्ता ममतादेवी शर्माले सहजिकरण गर्नुभएको थियो । तालिममा २९ जना जनप्रतिनिधि र […]

शान्तिकोषको अक्षयकोषका लागि घर्तीद्धारा पाँच लाख सहयोग

विकल्प न्यूज/बेनी फागुन १९ गते । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि एक व्यक्तिले पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ । मंगला गाउँपालिकाको बरंजा घर भई हङकङमा बस्दै आउनुभएका मोना हङकङका संरक्षक समेत रहनुभएका घर्तीको आइतबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनमगरसँगको […]

बालमन्दिर आधारभूत विद्यालयमा नवनिर्मित १० कोठे भवनको उद्घाटन (फोटोफिचर)

प्रताप बानियाँ /विकल्प न्युज म्याग्दी, फागुन १९ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा सञ्चालित बालमन्दिर आधारभूत विद्यालयमा हालै बनाइएको १० कोठे विद्यालय भवनको आइतबार उद्घाटन भएको छ । ग्लोबल एजुकेशन फर अल फाउण्डेशन दक्षिण कोरिया, स्थानीयवासी, बेनी नगरपालिका र वडा कार्यालयको सहयोगमा नवनिर्मित भवनको उद्घाटन गरिएको हो । भवनको उद्घाटन गर्दै ग्लोबल एजुकेशन फर अल […]

शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न

साधन राम्जाली/ विकल्प न्युज बेनी फागुन १९ गते । नेपाल शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा एक कार्यक्रमका विच कार्यक्रम सम्पन्न भएको हो । सभाको उद्घाटन गदै प्रमुख अतिथि नेपाल शिक्षक संघका उपाध्यक्ष एम पी भुसालले शिक्षकहरु आफ्नो पेशामा जिम्मेवार रहनुपर्ने बताउनुभएको छ । उहाँले शिक्षकहरुको आस्था […]

म्याग्दीले पायो हिमाली जिल्लाको मान्यता

विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दीको भौगोलिक पहिचान स्थापित हुने भएको छ । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दी हिमाली जिल्लाको रुपमा कायम हुने निश्चित भएको हो । म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ शनिबार राष्ट्रियसभाले स्वीकृत गरेपछि हिमाली जिल्लाको […]

ओखरबोटको सिस्नेरी र खवाङमा खानेपानी आयोजना निर्माण

विकल्प न्यूज/बेनी फागुन १८ गते ।  म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत बन्दरमुल खानेपानी तथा सरसफाई आयोजना निर्माण गरेर स्थानीयबासीलाई निजी धारा मार्फत खानेपानी सुबिधा उपलब्ध गराइएको हो । ६५ लाख रुपैयाँको लागतमा निर्माण […]

राखुपिप्ले स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार केन्द्र स्थापना

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, फागुन १८ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, स्थित राखुपिप्ले स्वास्थ्यचौकीमा शुक्रबार बहिरङ्ग उपचार केन्द्र स्थापना भएको छ । रघुगंगा गाउँपालिका र वडा कार्यालयको पहलमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा बहिरङ्ग उपचार केन्द्रको स्थापना गरिएको हो । बहिरङ्ग उपचार केन्द्र स्थापना कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिका भित्रका […]

दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनामा लगानीको आह्वान

विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना यस क्षेत्रको लागि विकासको आधार र लगानीको अवसर रहेकोमा जोड दिईएको छ । आयोजनाको प्रवद्र्धक धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले शनिवार बेनीमा आयोजना गरेको ‘सामुहिक लगानी सेमिनार’ मा सहभागी सरोकारवालाहरुले सो कुरा बताएका हुन् । सेमिनारको […]

म्याग्दीमा पर्यापर्यटन कार्यक्रम प्रबद्र्धन गर्न ७ समुह छनौट

विकल्प न्यूज/बेनी फागुन १७ गते । म्याग्दीमा पर्यापर्यटन कार्यक्रम प्रबद्र्धन गर्न सात वटा सामुदायिक वन उपभोक्ता समुह छनौट गरिएको छ । शुक्रवार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा बसेको जिल्ला वन क्षेत्र समन्वय समितिको वैठकले प्राप्त प्रस्तावका वारेमा छलफल गरी पर्यापर्यटक कार्यक्रम सञ्चालन गर्न योजना छनौंट गरेको हो । सामुदायिक वनमा आधारित रहेर पर्यापर्यटक प्रबद्र्धन कार्यक्रमका […]

२५ मेगावाटको दरवाङ म्याग्दी खोलामा लगानीको अवसर

विकल्प न्यूज/बेनी फागुन १७ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ– म्याग्दीखोला जलविद्युत आयोजनामा म्याग्देलीलाई लगानीमा प्राथमिकता दिने गरी बेनीमा लगानी र अवसर सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । धौलागिरी कालिका हाइ्रड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको केही महिना अगाडी महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले मालिका […]

महभिरमा खानेपानी आयोजना निर्माण

विकल्प न्युज महभिर फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटको महभिरमा जुगेपानी खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ ।पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ५६ लाख ३५ हजार १७ रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट महभिर गाउँका ५८ घरधुरी लाभान्वित भएका छन् । मालिका गाउँपालिकाले पाँच लाख ६३ हजार ५०१, नेपाल […]

असिना पानीले खबराका किसानको लाखौंको तरकारी नष्ट

साधन राम्जाली/ विकल्प न्युज म्याग्दी फागुन १६ गते ।  बुधबार राती परेको असिना पानीले म्याग्दीको बेनी नगरपालिका २ खबरामा कृषकहरुले आफ्नो खेतबारीमा लगाएको लाखौंको तरकारी नष्ट गरेको छ । राती १२ बजेदेखि साढे १२ बजेको समयमा परेको भीषण असिना र पानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो । असिना र पानीले तरकारी […]

आगलागीबाट नागीमा १४ वटा बाख्रा मरे

पुर्ख फगामी /विकल्प न्यूज राम्चे १६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा गोठमा भएको आगलागीबाट एक किसानले साढे १ लाख बढीको आर्थिक क्षति व्यहोरेका छन् । स्थानीय कृषक आईती गर्वुजाको गोठमा रहेका पशु चौपायालाई न्यानो गराउन बालिएको आगो गोठमा सल्किएर आगलागी हुँदा बाख्रा सहित गोठभित्र रहेका सामान जलेर रु १ लाख ५७ हजार बढीको क्षति भएको […]

दोहोरो कर हटाउन दरवाङका व्यवसायीहरुको माग

विकल्प न्यूज/बेनी फागुन १६ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारका ब्यवसायीहरुले दोहोर कर हटाउन माग गरेका छन् । आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र गाउँपालिकालाई कर तिर्नुपर्दा मर्कामा परेको व्यवसायिहरुको गुनासो छ । दरवाङका व्यवसायीहरुले गाउँपालिकाकाले लिने गरेको व्यवसाय कर हटाउन माग गर्दै अध्यक्ष श्रीप्रसाद रोकालाई मंगलबार हस्ताक्षर संकलन गरेर […]