समाचार

कतारबाट फर्किएर माछापालन

विकल्प न्युज/ बेनी फागुन २८ गते ।अन्नपूर्ण गाउँपालिका – ४ नारच्याङका एक युवा विदेशबाट फर्किएर गाउँमै माछापालन व्यवसाय गर्नुभएको छ । १० वर्ष कतारमा विताएका नारच्याङ बेंसीका भिमबहादुर पाइजाले गाउँमा व्यवस्थित रुपमा माछापालन व्यवसाय गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको हो । बेसीगाउँ स्थित मिस्त्रीखोला जलविद्युत आयोजनाको आवास नजिक २ रोपनी जग्गामा १० लाख रुपियाँ […]

स्वास्थ्य चौकीको भवन निर्माणमा चरम लापरबाही

विकल्प न्युज बेनी फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माणमा चरम लापरबाही भएको भेटिएको छ । सम्झौता मिति अगावै भवन निर्माण समपन्न गरेको भन्दै सम्मानित भएको बागलुङ्गको गाल्बा जय लक्ष्मी जे.बि कन्ट्रक्सन कम्पनीले भवन निर्माणको क्रममा चरम लापरबाही गरेको स्थानियले आरोप लगाएका छन् । तत्कालिन सहरी विकास तथा […]

म्याग्दीमा प्रवासीको लगानी भित्र्याउने तयारी

सन्तोष गौतम/ विकल्प न्युज बेनी  फागुन २८ गते । रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले जिल्लामा लगानी भित्र्याउने तयारी गरेको छ । मोनाको गत शुक्रबार कतारको दोहामा बसेको बैठकले प्रवासी म्याग्देलीहरुको आफ्नो जन्मथलोमा सामुहिक लगानी भित्र्याउने निर्णय गरेको हो । कृषि, पशुपालन, जडिवुटी, उर्जा, […]

पर्यटकीय बराही ताल जाने सडक निर्माण

साधन राम्जाली /विकल्प न्युज फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटमा रहेको पर्यटकीय स्थल बराही ताल जानको लागि सडक निर्माण गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित लाख रुपैयाँ र स्थानिय बासिको २५ हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोत्ता समितिका अध्यक्ष पुकार घर्तिले जानकारी दिनुभयो । उहाँका अनुसार देउगोरे ,झाम्ताबोट र […]

दिच्याममा पचास बढी विद्यार्थीमा भाइरल ज्वरो र रुघाखोकी, लायन्स क्लबद्धारा उपचार

दिवाकर सुवेदी दरबाङ फागुन २७ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दिच्याममा एक दिने स्वास्थ्य परिक्षण ÷उपचार कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको होे । दिच्याममा रहेको भगवति आधारभुत विद्यालयमा अध्ययनरत ५० बढी विद्यार्थिहरुमा भाइरल ज्वरो तथा रुघाखोकीबाट ग्रसित भएको सुचना प्राप्त भए संगै महामारी फैलिन […]

लिटिल गार्डेनका विद्यार्थीको स्वास्थ्य परिक्षण

विकल्प न्युज बेनी फागुन २७ गते । बेनीमा रहेको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुको सोमबार स्वास्थ्य परिक्षण गरिएको छ ।विद्यालयको मन्टेश्वरी बल्कको आयोजनामा कक्षा नर्सरी देखि २ कक्षा सम्म अध्ययन र्ने बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको हो । बेनी अस्पताल र आँखा उपचार केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले बालबालिकाको तौल, उचाई, आँखा, दाँत, नाक, कान लगायत स्वास्थ्य […]

खेलाडी सम्मानित

साधन राम्जाली /विकल्प न्युज बेनी फागुन २७ गते । म्याग्दीको बेनि नगरपालिका –७ महारानीथामा रहेको माउण्ट एभरेष्ट आवासिय माविले खेलाडीहरुलाई सम्मान गरेको छ । महारानीथान स्थित नव निर्मित भवनमा कक्षा आरम्भ गरेको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थिहरुलाई सम्मान गरिएको हो । खुल्ला आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामा गण्डकी प्रदेशमा पुरस्कृत एवम् राष्ट्रीय खेलकुदमा छनौट भएका खेलाडिहरुलाई […]

हिमपात पीडित कृषकहरुलाई राहतको माग

विकल्प न्यूज/बेनी बेनी २७ फागुन ।मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले हिमपात पिडित कृषकहरुलाई राहत र क्षतिपूर्ती उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद तुलाचनले एक महिनादेखिको हिमपातका कारण मुस्ताङको जनजिवन कष्टकर बनेको, यातायात, सञ्चार, विद्युत सेवा अवरुद्ध भएको, विकास योजना प्रभावित भएको र करोडौको पशुधनको क्षति भएको जानकारी गराउनुभयो […]

म्याग्दीमा पाँच वटा सहकारी मर्ज

साधन राम्जाली /विकल्प न्युज दरबाङ आइतबार फागुन २६ गते । म्याग्दीका पाँच वटा सहकारी संस्थाहरु एक आपसमा मर्ज भएका छन् । आइतबार मालिका गाउँपालिकाको दरवाङमा विशेष एकिकरण साधारण सभा गरि एक आपसमा मर्ज भएका हुन् । मर्ज हुनेमा दरबाङ स्थित पश्चिम दरवाङ, फुलबारी, सदरमुकाम बेनीको कामना , मंगला गाउँपालिकाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ४ को […]

सरकार र सिके राउतबीचको वार्ता सकरात्मक : सभापति देउवा

बेनी, फागुन २६ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ ।” सभापति देउवाले सरकार […]

शान्ती सुरक्षा ,शुसासन तथा विकासमा सरकार असफल भयो ः सभापति देउवा

साधन राम्जाली /विकल्प न्युज म्याग्दी  फागुन २५गते । पुर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको एक बर्ष कार्यकालको प्रगति शुन्य रहेको बताउनुभएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा निर्मित विपि स्मृति कार्यालय भवनको उद्घाटन तथा आमसभालाई सम्वोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो । उहाँले संसदीय व्यवस्था,प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप गरेको र शान्ती सुरक्षा कायम […]

कांग्रेस सभापति देउवाद्धारा ‘विपि स्मृति भवन’ उद्घाटन् (फोटो सहित)

साधन राम्जाली/ विकल्प न्युज बेनी शनिबार फागुन २५ गते । म्याग्दीमा निर्माण भएको नेपाली काँग्रेस पार्टी कार्यालय ‘वि.पी. स्मृति भवन’ उद्घाटन गरिएको छ । नेपाली कांग्रेस म्याग्दीद्धारा संगमचोकमा निर्माण गरिएको भवनको प्रमुख अतिथि नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहमा सभापती देउवा र […]

म्याग्दीमा काँग्रेसको शक्ति पर्दशन , सभापती देउवा सहित शिर्ष नेता म्याग्दीमा फोटो सहित

विकल्प न्युज बेनी,  फागुन २५ गते । नेपाली काँग्रेस म्याग्दीले सदरमुकाम बेनीमा शक्ति पदर्शन गरेको छ । नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहित शिर्ष नेताहरुले सम्बोधन गर्दे आम सभाको पूर्व सन्ध्यामा शनिवार बेनीमा शक्ति पदर्शन सहित ¥याली गरेको हो । ¥यालीमा गाउँगाउँबाट आएको काँग्रेसका नेता ताथ कार्यकर्ताहरुको सहभागतिा रहेको छ । नेपाली […]

शिखबासीले भने ‘झिलिकमिलिक बिजुली’को समस्या कहिलेसम्म हो ?

विकल्प न्युज म्याग्दी, फागुन २५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारका स्थानीयले विद्युतको अव्यवस्थित कटौतीले पर्यटन व्यवसाय र जनजिवन प्रभावित बनेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा शुक्रवार शिखमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानीयले छिनछिनमा विद्युत आउने र जाने समस्याले सास्ती दिएको गुनासो गरेका हुन् । पर्यटकीय स्थल […]

रघुगंगाको आवधिक योजना निर्माण सुरु

सन्तोष गौतम/ विकल्प मौवाफाँट २४ फागुन ।म्याग्दीको रघुगंगा गाउँपालिकाले त्रिवर्षीय आवधिक योजना निर्माण गर्न लागेको छ । गाउँपालिकाको वर्तमान वस्तुअवस्था, सम्भावना, आवश्यकता, चुनौति र स्रोत साधनको विश्लेषण गरेर आवधिक योजना बनाउन लागेको हो । आवधिक योजना तयार गर्ने जिम्मा लिएको इगल सोलुसन प्रा.लीले गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रबार जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा […]