समाचार

अन्नपुर्णकाे शिखका युवा युवतीलाई कुक तालिम

विकल्प न्युज /सेते तिलिजा पुन शिख चैत ८ गते । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको पर्यटकीय गाउँ शिखका युवा युवतीहरुका लागि आयोजित कुक तालिम सुरु भएको छ । नेपाल सरकारको आर्थिक सहयोगमा प्राबिधिक तथा व्यवसायिक सिप तालिम केन्द्र ९सिटिइभिटी०को अन्तरगत धौलागिरि प्राबिधिक शिक्षालय मुस्ताङको आयोजनामा सुरु भएको तालिममा १० जना युवा र १० […]

विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा, अनलाइन व्यवस्था धेरैलाई थाहा छैन

विकल्प न्युज काठमाडौँ, चैत्र ८ गते । रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टरबाहिर थियो । देशको सबैभन्दा ठूलो विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मास्टर्स पढिरहेका विद्यार्थी […]

डडुवामा पशु स्वास्थ्य शिविर

विकल्प न्युज बेनी चैत्र ८ गते । बेनी नगरपालिका ५ डडुवामा बिहीबार पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा ११२ जना कृषकहरुको तीन हजार भन्दा बढी पशुपंक्षीको औषधी उपचार गरिएको शाखाका प्राबिधिक प्रदिप गौतमले बताउनुभयो । उहाँका अनुसार डडुवा, तल्लो डडुवा, चिप्लेटी, पूर्णगाउँ, […]

शान्ति समितिका संयोजकहरु सम्मानित

विकल्प न्युज बेनी चैत्र ७ गते । नेपाली कांग्रेस म्याग्दीले तत्कालिन शान्ति समितिका संयोजकहरुलाई सम्मान गरि पुर्व प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाको स्मृति दिवस मनाएको छ । जिपी फाउण्डेशन म्याग्दीको आयोजनामा पुर्व प्रधानमन्त्री स्वर्गिय कोइरालाको नवौ स्मृतिको अवसरमा वि.स २०६६ देखि २०७४ सम्म स्थानीय शान्ति समितिको संयोजक भएका १३ जनालाई शान्ति प्रक्रियामा योगदान गरेकोमा कदरपत्रद्धारा […]

‘बुलबुल’ले विश्व कविता दिवस मनायो

विकल्प न्युज बेनी चैत्र ७ गते । आज विश्व कविता दिवसको अवसर पारेर ‘बुलबुल पाठक समूह’ म्याग्दी बहुमुखी क्याम्पस फूलबारी बेनीले म्याग्दी बहुमुखी क्याम्पसको प्राङ्गणमा खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा समिर रोका प्रथम, रञ्जना श्रेष्ठ द्धितिय, प्रविण पौडेल तीतृय र नम्रता सुवेदी सान्त्वना हुन सफल भएका छन् । कविता प्रतियोगितामा विजेताहरुलाई ट्रफि […]

चितुवा र कुकुरको डेढघण्टा भिडन्त : चितुवाको मृत्यु

गोरखा : पालुङ्टार नगरपालिका ९ भोर्लेको जंगलमा चितुवा र कुकुरको भिडन्त हुँदा चितुवाको मृत्यू भएको छ। बिहीबार बिहान चारबजेदेखि साँढे पाँचबजेसम्म भएको भिडन्तमा चितुवा मरेको वडा अध्यक्ष भेजराज पाण्डेले जानकारी दिए। स्थानीय फुचुङ लामाको बाख्रा फाराममा बाख्रामाथि आक्रमण गर्न आएको चितुवामाथि कुकुरले प्रत्याक्रमण गर्दा चितुवाको मृत्यू भएको उनले बताए। ‘बाख्रा फाराममा साना ठूला गरेर छ वटा […]

शान्ति कोषलाई पचास हजार सहयोग

विकल्प न्युज बेनी चैत्र ७ गते । गरिब र विपन्न परिवारको उपचारमा सघाउँने उदेश्य सहित स्थापना हुन लागेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अक्षयकोषलाई आर्थि सहयोग प्राप्त भएको छ । एक करोड ५० लाख रुपैयाँको अक्षयकोष स्थापनार्थ शान्ति कोषको अभियानलाई पर्वत जलजला गाउँपालिका –१बासखर्क निवासी हाल हङकङमा कार्यरत इन्द्र पुर्जा पुनले पचास हजार रुपैयाँ सहयोग […]

जापानमा संयुक्त लगानी सम्मेलन,ठाडोखोला जलविद्युतमा १० करोडको प्रतिबद्धता

विकल्प न्यूज/जापान चैत ६ गते ।  जापानमा रहेका नेपालीहरुले म्याग्दीमा निर्माण हुन लागेको ठाडोखोला जलविद्युत आयोजनामा संयुक्त लगानीका बारेमा छलफल तथा अन्तरक्रिया गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ र एनआरएन जापानको अगुवाईमा छलफल तथा अन्तरक्रिया गरिएको हो । एनआरएनएका अध्यक्ष भबन भट्टको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रम मा ठाडो खोला जलविद्युत परियोजनाको बिषयमा आफ्ना कुरा […]

जनमतको कदर गरौं,पक्षपाती व्यवहार नगरौं ः नगरप्रमुख श्रेष्ठ

धु्रबसागर शर्मा /विकल्प न्यूज चैत ६ गते । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जनप्रतिनिधिहरुले निर्वाचनमा जनताले दिएको मत (जनमत) को कदर गरी निश्पक्ष रुपमा आआफ्नो वडामा विकास निर्माणका कामहरु गर्नुपर्ने बताउनुभएको छ । बुधबार बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा प्रतिभा युवा क्लवले आयोजना गरेको फागुपूर्णिमा मेला तथा अमर स्मृति भलिबल प्रतियोगिता,क्लवको नवनिर्मित भवन र […]

राजु पुनद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

साधन राम्जाली /विकल्प न्युज बेनी चैत्र ६ गते । लामो समयदेखी जिल्लामा परोपकारी संस्थाको रुपमा गरिब र विपन्न परिवारको उपचारमा सघाउँदै आइरहेको ओमकुमारी शान्ति कोषलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । विक्रम संवत २०७१ सालमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्ती कोषको अक्षकोष स्थापनार्थ म्याग्दी अन्नपुर्ण –८ नागि निवासी हाल हङकङमा बस्दै […]

यस्तो छ बेनीमा फागुको रौनक (फोटोफिचर)

विकल्प न्यूज/बेनी चैत ६ गते । फागु पूर्णिमा दिन बुधवार बेनीमा निकै रौनक छाएको छ । युवा युवती तथा बालक देखि बृद्धा सम्मलाई फागुको रौनकले छोपेको छ । सवैजना रमाइलो गर्दै एकआपसमा होलीको शुभकामना दिएका छन् । होलीका अवसरमा केही अप्रिय घटनाहरु नहोस भनेर प्रहरीले पनि आफ्नो गस्ती बढाएको छ ।   तस्विरहरु साधन राम्जाली   […]

गरिब र विपन्न उपचार कोषमा ५ लाख सहयोग

विकल्प न्यूज/बेनी चैत ६ गते । गरिब र विपन्नहरुको उपचारमा सहयोग पु¥याउनका जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषद्धारा स्थापित गरिब र विपन्न उपचार कोषमा एक एकदम्पत्तीले पाँचलाख सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका ८ नागी स्थायी घर भई हाल हङकङमा रहनुभएका राजु पुनले आफ्नो धर्मपत्नीको नामबाट कोषलाई पाँचलाख सहयोग गर्ने घोषणा गर्नुभएको हो । बुधबार कोषको सचिवालय […]

बाबियाचौरमा प्रहरीको अन्तरक्रिया

सिजन रोका बाबियाचौर मंगलबार चैत ५ गते । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मंगलबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र समुदायबीच अन्तरक्रिया भएको छ । समाजमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तह, समुदाय, सामाजिक संघ संस्था र विद्यालयबीच साझेदारी गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा […]

बेनीमा तारो हान्ने खेल सुरु

विकल्प न्युज बेनी चैत ५ गते । अल्पसंख्यक थकाली समुदायले महत्वका साथ मनाउन तोरन ल्ह (फागु पूर्णीमा) पर्व मंगलबारदेखि सुरु भएको छ ।थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म धुमधामका साथ मनाउने तोरन ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि बेनीमा तारोखेल सुरु भएको छ । थकाली सेवा समिति बेनी क्षेत्रले […]

बहिरा विद्यार्थीलाई पुरस्कार वितरण

समिर रोका मगर /विकल्प न्युज बेनी चैत्र ५ गते । २०६२ साल बैशाख १ गते स्थापना भएको बेनि नगरपालिका ४ सिंगामा अबस्थित धौलागिरी माविका बहिरा स्रोत कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ। मंगलबार सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बिधालयका पुर्ब प्रअ भुबन रेग्मिले पुरस्कृत बिद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै बिद्यार्थीहरुको प्रोत्साहनको लागि पुरस्कार बितरण […]