समाचार
जलजलाको माझफाँटमा अस्थायी प्रहरी चौकी राख्न माग

विकल्प न्यूज/बेनी बैशाख २३ गते । पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा अस्थायी प्रहरी चौकी राख्न स्थानीयहरुले माग गरेका छन् । पछिल्लो समय आपराधिक घटनाहरुमा वृद्धि हुँदै गएको र माझफाँटवासीहरुले असुरक्षित महशुस गरेकाले सुरक्षाको वातावरण मिलाउन प्रहरी चौकी राख्नुपर्ने माग गरेका हुन । जलजला २ का वडाध्यक्ष प्रकाशबहादुर क्षेत्रीले सुरक्षा ब्यवस्थाका लागि प्रमुख जिल्ला अधिकारीलाई भेटेर अस्थायी […]
लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन

विकल्प न्यूज/बेनी बैशाख २३ गते । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समाराेहका विच उक्त स्टेजकाे गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएकाे हाे । सांसद गौचनले समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका भएको बताउनुभयो । सांसद […]
अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी, वैशाख २२ गते । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा म्याग्दीका स्थानीय तहका प्रमुख र सुरक्षा अधिकारीहरूको समन्वय बैठक बसेको छ । आठ हजार मिटर अग्लो पहिलो मानवपाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ । जिल्ला समन्वय समिति म्याग्दीका […]
सडकलाई ग्राभेल गरेर स्तरोन्नती गर्ने सहमती पछि दुईदिनदेखि अबरुद्ध सडक सूचारु

बेनी, २२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन नगर्दा गाउँभर धुलोको कारण अस्तव्यस्त भएपछि सडकमा […]
अन्नपूर्णको पर्यटन प्रवर्धनमा म्याग्दीका जनप्रतिनिधिहरु (फोटोसहित)

विकल्प न्यूज/बेनी बैशाख २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा पर्ने प्रथम अन्नपूर्ण हिमालको प्रवर्धनका लागि म्याग्दीका जनप्रतिनिधि तथा सुरक्षा निकायको टोली आधार शिविर पुगेर फर्केको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापासहितको टोली अन्नपूर्ण बेसक्याम्प पुगेर फर्केको हो । जिसस थापासहित म्याग्दीका ६ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रतिनिधिसभाका पूर्व […]
कृषकलाई सिचाई र बजारको चिन्ता

विकल्प न्युज / बेनी बेनी, २१ वैशाख । म्याग्दीका कृषकहरुले सिचाई सुविधाको अभाव र उत्पादीत कृषि उपजले बजार तथा मूल्य नपाउने समस्या रहेको गुनासो गरेका छन् । व्यवस्थित सिचाई सुविधाको अभावका कारण आकाशे पानीको भरमा खेती लगाउने गरेका कृषकले ब्यापारिले जति भन्यो त्यती मूल्यमा उपज बिक्री गर्नुपर्दा मर्कामा परेको गुनासो गरेका हुन् । मुख्यमन्त्री तथा […]
मल्लाज दह दम्पती हत्या घटना : प्रहरीद्वारा आराेपी सार्वजनिक

विकल्प न्युज/ बेनी बैशाख २० गते । प्रहरीद्वारा पर्वतको जलजला गाउँपालिका २ मल्लाजकाे दह दम्पती हत्या घटनाका आराेपी लाई बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्वतले विहिबार पत्रकार सम्मेलन गरि घटनामा संलग्नलाई सार्वजनिक गरेकाे हाे । प्रहरीले एक महिनाकाे लामाे अनुसन्धान पछि हत्यामा संलग्न दुई युवालाई मंगलबार पक्राउ गरेकाे थियाे […]
म्याग्दीमा ट्राफिक सप्ताह मनाउने तयारी

विकल्प न्यूज/बेनी बैशाख १९ गते । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाइने भएको छ । दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर ट्राफिक सप्ताह मनाउन लागिएको हो । जिल्लामा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरि सप्ताह मनाउने तयारी […]
मंगलाघाटका फगामी परिवारद्वारा बाल जागृतिका विद्यार्थीलाई खाद्यान्न सहयोग

विकल्प न्यूज/बेनी बैशाख १९ गते । बेनी नगरपालिका वडा नम्वर ७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा रहनुभएका वर्षात र दुर्गा फगामीको सहयोगमा रु २५ हजार […]
जलजलामा कक्षा ८ को नतिजा कमजोर

ठाकुरप्रसाद आचार्य /बेनी बैशाख १९ गते । विद्यालयको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य र गाउँपालिकाका शिक्षा संयोजक एकिन्द्र खत्री । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयहरुको नतिजा निराशाजनक देखिएको छ । गाउँपालिका आफैले कक्षा ८ को परीक्षा संचालन गरी उत्तरपुस्तिाका जाँच समेत गरेर नतिजा प्रकाशित गरेको […]
पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

विकल्प न्यूज/बेनी बैशाख १९ गते । नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो । बुधबार विहान आयोजित साधारणसभा तथा अधिवेशनको अवसरमा गण्डकी प्रदेशसभाका प्रमु्ख डिल्लिराज भट्ट, […]
मापसे चेकिङमा म्याग्दीमा दुईसय सवारी चालक कारबाहीमा

ठाकुरप्रसाद आचार्य म्याग्दी,बैशाख १९ गते । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले पछिल्लो तिनमहिना यता मापसे चेकिङलाई प्रभावकारी रुपमा संचालन गरेको छ । अभियानका क्रममा तीन महिनाको अवधिमा दुईसय भन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् । मादक प्रदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति बढेपछि ट्राफिक कार्यालयले तीन महिना अघि देखि मापसे चेकिङलाई अभियानका रुपमा संचालन गर्दै […]
जलजलाको लामाखेत स्थित वनमा भिषण डढेलो

विकल्प न्यूज/बेनी बैशाख १८ गते । बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका केन्द्र रहेको लामाखेत नजिकैको धुलेको जंगलमा मंगलबार साँझ भिषण डढेलो लागेको छ । डढेलो लामाखेतको वस्ती नजिक आएको छ । भिषण डढेलो लागेकाले नियन्त्रणमा ल्याउन नसकिएको स्थानीयहरु बताउँछन् ।
मल्लाज दम्पती हत्या घटना ः अनुसन्धान अन्तिमचरणमा,चौविस घण्टा भित्र आरोपी सार्वजनिक गरिने

विकल्प न्यूज/बेनी बैशाख १८ गते । पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा दम्पती हत्यामा संलग्न भएको दुईजना अभियुक्त पक्राउ परेका छन् । पर्वत प्रहरीले दिएको जानकारी अनुसार घटनाको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको र हत्यामा संलग्न भनिएका अभियुक्तहरु पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा म्याग्दीका कृष्ण विक […]
म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड

वैशाख १७ गते । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् । पाहुनाका कारण पर्यटकीय क्षेत्रका होटल खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी यातायातका साधन बाक्लै गुडेका […]