समाचार
सोमबार देखि बेनीमा ‘‘प्रथम म्याग्दी यूवा कप’’ सुरु हुने

विकल्प न्यूज/बेनी जेठ १३ गते । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा सोबारदेखि हुने सर्वाधिक धन राशीको गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको तयारी पुरा भएको छ । आइतबार नेकपा एमाले म्याग्दीको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सोमबार विहान ११ बजेदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको […]
विपन्न परिवारलाई खाद्यन्न सहयोग र स्वास्थ्य परिक्षण गरेर स्थापना दिवस मनाइयो

विकल्प न्यूज/बेनी जेठ १३ गते । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक, पत्रकार एवम् संचारकर्मी, विद्यार्थी, मजदुर गरी ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । संघका अध्यक्ष […]
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज

विकल्प न्यूज/बेनी जेठ १३ गते । मालिका गाउँपालिका–४ फूलबारीमा पक्की नहर निर्माण भएपछि कृषकलाई सिँचाइ गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०र८१ मा रु २५ लाख बजेट विनियोजन गरेको योजना खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत कार्यान्वयन गरेको हो । उपभोक्ता समितिका अध्यक्ष भीमविक्रम मल्लले छ सय ५३ […]
ज्यामरुककोटमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम शुरु

भकुण्डे, १२ जेठ ः म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा आमा समूहसँग उपमेयर कार्यक्रम शुरु भएको छ । कार्यक्रमको शनिबार भकुण्डे स्थित वडा कार्यालयमा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । कार्यक्रम मार्फत बेनी नगरपालिकाको वडा नम्बर २ मा रहेका १४ वटा आमा समूहका प्रतिनिधीहरुलाई साबुन बनाउने र केराको थामबाट धागो बनाउने तालिम दिइने वडा […]
म्याग्दीमा ४३ सय ६२ जना बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

विकल्प न्यूज/बेनी जेठ १२ गते । म्याग्दीमा पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिका आगामी जेठ १३ देखि १९ गतेसम्म खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका ४३ सय ६२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको हो । शुक्रबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्लास्तरीय खोप […]
नयाँ नेतृत्व चयन गर्दै सकियो अनेम संघ म्याग्दीको नवौं जिल्ला सम्मेलन

विकल्प न्यूज/बेनी जेठ १२ गते । नेकपा (एमाले) निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको नवौं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार र शनिबार बेनीमा सम्पन्न भएको सम्मेलनले यशोदा रोकाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा पशुपति शाही र हेककुमारी पुन चयन हुनुभएको छ । यसैगरी […]
बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली शुरु

विकल्प न्यूज /बेनी म्याग्दी, १२ जेठ । म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली शुरु गरेको छ । सबै नगरबासीको सूचना, विवरण संकलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर प्रमुख सुरत केसीले सेवा प्रवाहलाई सहज, शुसासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर […]
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

म्याग्दी, जेठ गते । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न वि।स। २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले […]
९७ वर्षमा स्तन क्यान्सरको शल्यक्रिया

विकल्प न्यूज/बेनी जेठ ८ गते । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुनमगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो । अस्पतालका कार्यकारी अध्यक्षसमेत रहेका सर्जन डा. भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सक समूहले उनको शल्यक्रिया गरेको थियो । ९७ वर्षको उमेरमा भएको यो शल्यक्रिया […]
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प

म्याग्दी, जेठ ७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ । निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको एक करोड ३८ लाख भुक्तानी गर्नुपर्ने योजनाका लागि चालु आवमा एक लाखमात्र बजेट प्राप्त भएपछि निर्माण प्रभावित भएको हो । सङ्घीय खानेपानी तथा […]
डा.पुनद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

विकल्प न्यूज/बेनी जेठ ७ गते । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका–५,कुवापानी घर भई हाल चितवन भरतपुरमा बस्दै आउनुभएका डा. पुनले म्याग्दीसँग सिमाना जोडिएको कुवापानीस्थित गिद्धेश्वर आधारभूत विद्यालयलाई एक लाख ५५ हजार रुपियाँ मूल्य बराबरको दुई थान कम्प्युटर सहयोग गर्नुभएको हो । […]
कालिगण्डकी शिलामा भगवानको नाम

जेठ ६ गते । कालि गण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला बचाउन नदिका शिलाको नामाङ्कन सुरु गरिएको छ । आईतबार मोहिनी एकादशीको अवसर पारेर शालग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो । “स्थानीय तहहरुले पवित्र नदी कालि गण्डकीमा रहेको शालिग्रामको चोरी निकासी र दोहन रोक्नुपर्ने हो,” अभियानकर्मी यज्ञ बहादुर थापाले भन्नुभयो, “स्थानीय तहका […]
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

(म्याग्दी), जेठ ६ गते । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीयले श्रमदान, मेला र चन्दाबाट रकम सङ्कलन गरी पर्यटकीय पूर्वाधारसहित निर्माण गरेको उक्त ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा पर्न थालेको हो । मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने […]
जलजलामा शिक्षा सुधार प्रस्तावका आधारमा प्रधानाध्यापक

पर्वत, जेठ ६ गते । पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने भएको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयमा गुणस्तर बढाउन यस्तो कार्यको थालनी गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा उनीहरूको प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्त गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको सुधार र […]
निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

जेठ ६ गते । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण गर्दै बागलुङका नेत्ररोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गर्नुभएको थियो । सिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले […]