समाचार

‘बालबालिकालाई भिटामिन ए खुवाउने बेला ख्याल गरौँ’

विकल्प न्यूज/बेनी असार २२ गते ।  बेनीको विरेन्द्रचोकमा बच्चालाई भिटामिन खुवाउदै महिला स्वास्थ्यकर्मी   । बालबालिकालाई भिटामिन ए खुवाउन लैजाँदा विभिन्न सुरक्षाका उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् । विषेशगरी स्वास्थ्यकर्मी र अभिभावकले सुरक्षाको उपायमा ध्यान दिन स्वास्थ्य सेवा विभाग अन्तर्गत पोषण शाखाका प्रमुख केदार पराजुलीले सुझाव दिनुभएको छ ।  भिटामिन ए  खुवाउन लैजाँदा  भौतिक दूरी […]

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

२१ असार, काठमाडौं । आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ । ९ हजार २ सय ३ जना आइसोसेलनमा उपचाररत छन् । ४१.५ प्रतिशत संक्रमित संक्रमणमुक्त  भएका मन्त्रालयका प्रवक्ता […]

सोमबारदेखि नेपाल चीन रसुवागढी नाका सञ्चालनमा आउने

२१ असार, काठमाडौं । कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले बताए । सुरूवातमा हिमपात र पहिरोका कारण पुस १४बाट नाका बन्द थियो । त्यसपछि कोरोनाको महामारीले प्रभावित भयो […]

कोरोना भाइरसबाट विदेशमा १४३ जना नेपालीको मृत्यु

असार २१, २०७७ काठमाडौं : कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना र कुवेत १ जना नेपालीको निधन भएको हो। समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्रै १४ देशमा संख्या १ सय ४३ […]

तोरीपानीका रिजालको रहरलाग्दो किबी खेती हेर्नुहोस भिडियो

विकल्प न्यूज/बेनी असार २१ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित तोरीपानीका बामदेब रिजालले पाखोबारीमा व्यवसायिक रुपमा किबी खेती गर्नुभएको छ । ७ वर्ष अघि करिब २२ देखि २५ रोपनी जग्गामा किबीका विरुवा ४०० विरुवा रोप्नुभएको थियो ।  तिनवर्ष देखि फल दिन थालेको उहाँले बताउनुभयो । एक बोटमा पचास देखि ९० केजी सम्म किबी फल्ने रिजालले […]

बागलुङ क्‍वारेन्टाइनमा मृत्यु भएका युवकमा देखियाे काेराेना

असार २१, २०७७ बागलुङ : क्‍वारेन्टाइनमा मृत्यु भएका निसीखोला गाउँपालिकाकाका युवकको कोरोना भाइरस परीक्षणका लागि लिइएको स्वाब रिपोर्ट पोजेटिभ आएको छ। निसीखोला–२ का २९ वर्षीय उनको क्वारेन्टाइनमै मृत्यु भएको थियो। केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा आई बसेका उनको आज बिहान मृत्यु भएको थियो। लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट […]

सुदूरपश्चिमका ४ जिल्लामा संक्रमित संख्या ५ सय नाघ्यो

२१ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण तीब्र वृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ४ जिल्लामा कोरोना संंक्रमितको संख्या ५०० नाघेको छ । शनिबारसम्म कैलालीमा ८२९, अछाममा ५८६, बाजुरामा ५३९ र डोटीमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या अहिलेसम्म तीन […]

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

२१ असार, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मुलुकमा ३० हजार ३६६ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसबाट ५२३ जनाको मृत्यु भएको हो । त्यस्तै मेक्सिकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि […]

भारतमा एकैदिन भेटिए कोरोनाका करिब २५ हजार नयाँ संक्रमित

२१ असार, काठमाडौं । भारतमा पछिल्ले २४ घण्टामा कोरोना भाइरस कोभिड-१९ का २४ हजार ८५० नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार १६५ पुगेको हो । त्यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार २६८ पुगेको छ । पछिल्लो २४ […]

कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय

२१ असार, काठमाडौं । यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्याक्रम विकास तथा मूल्यांकन परिषदका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए । यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन । विद्यार्थीहरुको […]

बागलुङमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

२१ असार, गलकोट । क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आइतबार बिहान मृत्यु भएको […]

खोलाले बगाएर एक बालिकाको मृत्यु

मोरङ जिल्लाको कटहरी गाउँपालिका–७ बस्ने ६ वर्षीया बालिकाको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा प्रधुम्ना सरदारकी ६ वर्षीया छोरी दिक्षा कुमारी सरदार रहेकी छिन् ।शनिबार दिँउसो अन्दाजी ३ बजे जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाई उनी बेपत्ता भएकी थिइन् । घटनाको जानकारी पाएपछि प्रचौ थलाहाबाट प्रहरी सहायक निरीक्षकको टोली र स्थानीयवासीको सक्रियतामा […]

काँग्रेस बैठक बस्दै, ओलीसँगको भेटवार्ताबारे देउवासँग जवाफ मागिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।मंगलबार सुरु भएर केही दिन स्थगित भएको बैठक आइतबार दिउँसो २ बजे फेरि पार्टी कार्यालय सानेपामा पुनः बस्न लागेको हो ।सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित भएर बुधबारको बैठक सकिएपछि मंगलबारको बैठकमा प्रस्तुत महाधिवेशन कार्यतालिका परिमार्जनमाथिको छलफल रोकिएको थियो । काँग्रेस प्रवक्ता […]

अमेरिकामा २४ घण्टा भित्र ४५ हजार भन्दा धेरै कोरोना संक्रमित थपिए

असार २१, २०७७ काठमाडौं : अमेरिकामा विगत २४ घण्टामा  ४५ हजार भन्दा बढी संक्रमित थपिएका छन। अमेरिकामा एकै दिन ४५ हजार १ सय ८२ नयाँ संक्रमित थपिएका हुन्।  त्यहाँ पछिल्लो २४ घन्टामा साढे २ सय मानिसको मृत्यु भएको छ। हिजो एकैदिन ब्राजिलमा एक हजार भन्दा धेरैको मृत्यु भएको छ। त्यहाँ ३५ हजार नयाँ संक्रमित थपिएका […]

भारतमा बन्यो सुनको मास्क

असार २१, २०७७ भारतको महाराष्ट्र राज्यमा एक जनाले सुनको मास्क बनाएका छन्। भारतको पुनेका शंकर कुराडेले ३ लाख रुपैयाँको लगानीमा सुनको मास्क बनाएका हुन्। सुनको मास्क लगाएर हिँड्ने उनलाई सहरमा उनलाई ‘गोल्डम्यान’ भन्न थालिएको छ।  मास्कमा साढे पाँच तोला सुन लागेको छ। मास्कमा श्वास फेर्नका लागि स–साना प्वाल  बनाइएको छ। सुनका सौखिन एवं दैनिक तीन […]