समाचार
अन्नपूर्ण आधारशिविरमा मौरिस हर्जोगको शालिक
विकल्प न्यूज/बेनी जेठ २७ गते । अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमाल आरोहण […]
अन्नपूर्णको नारच्याङमा ट्रेकिङ गाइड तालिम सुरु
म्याग्दी, २५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पालिका भित्रका युवाहरुलाई लक्षित गरी वडा नम्बर ४ नारच्याङमा पर्यटन ट्रेकिङ गाईड तालिम सुरु गरेको छ । संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरर्गतको नेपाल माउटेन एकेडेमीका प्रशिक्षकहरुले १५ दिन सम्म तालिममा सहजिकरण गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो । १३९ घण्टाको तालिममा सहभागी भएपछि […]
प्रतिकुल मौसमका कारण धवलागिरिमा भएन आरोहण
ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मा पर्ने विश्वको सातौं अग्लो धवलागिरि हिमाल आरोहणका लागि पुगेका आरोहीहरु आधार शिविरबाटै फर्किएका छन् । हिमाल आरोहणका लागि अनुकुल मौसम नभएपछि आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गर्न पुगेका आरोहीहरु आधार शिविरबाट फर्किएका हुन । पर्यटन विभागका अनुसार वसन्तयाममा धवलागिरि आरोहणका लागि स्वदेशी […]
बेनीको कालिपुल स्थित सडक अस्फाल्ट प्रविधिको कालोपत्रे हुने
विकल्प न्यूज/बेनी जेठ २५ गते । बेनी नगरपालिका ८ स्थित कालिपुल क्षेत्रको मुख्य सडक असफाल्ट प्रविधिको कालोपत्रे हुने भएको छ । राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर अन्तर्गत पर्ने यो सडकलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालिगण्डकी पुल देखि पाँचसय मिटर अगाडी सम्म असफाल्ट प्रविधिको कालोपत्रे गर्ने भएको हो । सडक कालोपत्रे गर्नका लागि करिब एककरोड रुपियाँ लागत अनुमान […]
बेनीको मुक्तिनाथ सहकारीले सुरु गरेको योग अभ्यासको निरन्तरता
विकल्प न्यूज/बेनी जेठ २४ गते । म्याग्दीको बेनी नगरपालिका ८ स्थित न्यूरोडमा संचालित मुक्तिनाथ बहुउश्यीय सहकारी संस्थाले सुरु गरेको योग अभ्यासलाई निरन्तरता दिइएको छ । सहकारीले आफ्ना सेयर सदस्यहरुलाई गत वैशाख २८ गते देखि जेठ १ गते सम्म योग प्रशिक्षण सुरु गरेको थियो । सेयर सदस्यहरुको मानसिक,शारिरिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि सुरु गरेको योग […]
बेनी नगरको आगामी योजना तथा कार्यक्रमका लागि सुझाव संकलन
ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २४ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक २०८१/०८२ को नीति,कार्यक्रम तथा बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ । विहिबार बेनी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,पूर्व जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,जिल्ला स्थित सरकारी कार्यालका प्रमुख एवम् प्रतिनिधि र नगरवासीहरुले नगरको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयका वारेमा राय […]
गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति
म्याग्दी, जेठ २४ गते । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय […]
महिलालाई स्वरोजगार बनाउन अन्नपूर्णमा ढाका बुनाई तालिम
विकल्प न्यूज/बेनी जेठ २४ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले ढाका बुनाई तालिम सञ्चालन गरेको छ । महिलाहरुलाई गाउँमै पेशा व्यवसाय गरेर आत्मनिर्भर बनाउने उद्देश्यले एक महिनै ढाका बुनाई तालिम सञ्चालन गरेको हो । आवासीय सुविधा सहित आयोजना गरिएको तालिममा ८ जना महिलाहरु सहभागि भएका छन् । स्थानीय महिलालाई जीवनोपयोगी […]
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत अन्नपूर्णमा ११ योजना सम्पन्न
विकल्प न्यूज/बेनी जेठ २४ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ११ वटा योजनामा ८८ जनाले रोजगार पाएका छन् । कार्यक्रम मार्फत संचालित योजनाबाट सडक मर्मत, पदमार्ग र गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार गरेपछि स्थानीयवासीहरुको यात्रा सहज भएको छ । चालु आर्थिक वर्षमा उक्त योजनाहरु संचालन गर्नका लागि गाउँपालिकालाई […]
अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुुल
म्याग्दी, जेठ २३ गते । म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन् । एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा ९कादुरी० नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण […]
खवरामा केराको थामबाट फाइवर, धागो र कम्पोष्ट मल
विकल्प न्यूज\बेनी जेठ २३ गते । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा विक्रि भएपछि खेर जाने थामलाई प्रसोधन गरेर फाईबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रम अन्तर्गत खवरामा फाईबर तथा भर्मि कम्पोष्ट प्रविधि सम्बन्धी तालिम प्रदान […]
जलजलामा बरामद भएका मदिरा नष्ट
विकल्प न्यूज/बेनी जेठ २२ गते । पर्वतको जलजला गाउँपालिकाले बगरफा“ट, वारीवेनी क्ष्ँेत्रमा गरेको बजार अनुगमन क्रममा भेटिएका अवैध मदिरा, म्याद गुज्रेका खाद्यपदार्थलाई सोमबार पालिकामुकाम क्ष्ँेत्र रहेको लामाखेतमा खाडल खनी नष्ट गरेको छ । गाउँपालिका उपाध्यक्ष दीपक आचार्यको नेतृत्वमा, पालिकाका राजश्व शाखा प्रमुख कृष्ण प्रसाद रिजाल, वारीबेनी प्रहरी चौकीकाअसाई घनश्याम ढकाल समेतको टोलीले बरामद भएका अवैध […]
बेनी–मुना–जलजला–ढोरपाटन सडकमा एक अर्बको नयाँ आयोजना
बेनी, २१ जेठ ः पुर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको म्याग्दी–बागलुङको ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक संघीय समपुरक आयोजनामा समावेश भएको छ । आगामी आर्थिक वर्ष २०८१\०८२ को वार्षिक कार्यक्रममा गण्डकी प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने समपुरक बजेटका आयोजनाहरुको सूचिमा बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समावेश भएको हो […]
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
म्याग्दी, जेठ २१ गते । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो पहिलो […]
कुडुले–पञ्चकोट सडक कालोपत्र भएपछि स्थानीय खुसी
ठाकुरप्रसाद आचार्य जेठ २० गते । बागलुङ नगरपालिका ४ कुडुलेको तिरुपतीचोक देखि मालिका–पञ्चकोट हुँदै काठेखोला जोड्ने रिङरोड कालोपत्र भएको छ । सडक कालोपत्र भएसँगै हिलो,धुलो र जोखिमपुर्ण यात्रा गर्नुपर्ने वर्षौदेखिको बाध्यता हटेपछि स्थानीयहरु हर्षित भएका छन् । बागलुङ नगरपालिका देखि काठेखोलाका वस्ती हुँदै कालिगण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्ग सँग जोड्ने गरी क्षेत्रीय रिङरोडको परिकल्पना गरेर […]