समाचार

गलेश्वर शिवालयमा साढे चार करोड भेटी संकलन

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन २४ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा भत्तजनहरुले चढाएको भेटीको रकम करिब साढे चारकरोड नाघेको छ । गत असार मसान्त सम्म चार करोड ४१ लाख २५ हजार दुईसय २२ रुपियाँ बचत भएको छ । पछिल्ला एक दशक यता गलेश्वरधाममा भक्तजनहरुको आगमन बढेकाले भेटीको रकम वृद्धि हुँदै गएको […]

काँक्राको बिउ बिक्री गरेर दशलाख कमाउने धाइरिङका नवराज

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन २२ गते । जलजला गाउँपालिका ७ धाइरिङ सल्यानका कृषकले काँक्राको बिउ उत्पादन गरेर गाउँमा दुईकरोड रुपियाँ भन्दा बढी भिœयाएका छन् । यहाँका करिब ७० घरधुरीले बिउ उत्पादनका लागि भक्तपुर लोक्कल जातको काँक्रो खेती गरेका थिए । यसवर्ष गाउँमा सबै भन्दा धेरै उत्पादन गर्ने कृषकमा नवराज आचार्य हुनुहुन्छ । उहाँले काँक्राको बिउ उत्पादन गरेर […]

जलजलाको निशुल्क एम्बुलेन्स सेवाबाट लक्षितबर्ग खुसी

ठाकुरप्रसाद आचार्यसाउन २२ गते । जलजला गाउँपालिका ७ धाइरिङका ७४ वर्षीय चन्द्रे परियारलाई उपचारका लागि पोखराको अस्पतालमा पुग्ने र फर्किने पैसा जुटाउने चिन्ता थियो । टाउकाको अप्रेशन गर्नुभएका परियारलाई जलजला गाउँपालिकाले संचालन गरेको निशुल्क एम्बुलेन्सले घरबाट पोखरा स्थित अस्पताल लैजाने र ल्याउने सेवा प्रदान ग¥यो । पालिकाले सञ्चालन गरेको निशुल्क एम्बुलेन्स सेवा पाएपछि परियारको मुहारमा […]

बागलुङमा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो

विकल्प न्यूज/बागलुङसाउन २२ गते । बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको छ भने वडा नम्बर ९ को नयाँ बस्तीमा […]

हिदीमा ‘एक घर, एक धारा’

म्याग्दी,  साउन २२  गते ।  म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ ।  नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०, मङ्गला गाउँपालिका र समुदायको रु ४६ लाख ८४ हजार दुई सय ५१ को लागतमा आयोजना निर्माण भएको हो । आयोजनामार्फत ६४ घरमा एक–एक र स्थानीय सिद्ध शान्ति माविमा दुईवटा धारा जडान […]

ट्याङ्की हेरेर चित्त बुझाउँछन् ज्यामरुककोटवासी

ठाकुरप्रसाद आचार्य \बेनीसाउन २१ गते । खानेपानीको समस्या भोग्दै आएका बेनी नगरपालिका २ ज्यामरुककोटका स्थानीयहरु गाउँमा पानी संकलन गर्ने ठूलो ट्याङ्की निर्माण भएपछि पिउने पानीको समस्याबाट मुक्त हुने आशामा खुसी थिए । तर प्रयाप्त मात्रामा बजेट नआउँदा अहिले योजना अलपत्र जस्तै परेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा […]

विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता

साउन २१ गते ।  विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता हुने भएको छ । यही भदौ १ गते लोमान्थाङको मुस्ताङ गल्फ क्लबमा उक्त प्रतियोगिता हुन लागेको हो ।  तेस्रो संस्करणको प्रतियोगितामा झन्डै ६० जना खेलाडीले प्रतिस्पर्धा गर्ने मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधरा बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यका साथ १५ […]

काभा भलिबलमा भारतमाथि नेपालको जीत

विकल्प न्यूज/बेनीसाउन १९ गते । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जीत निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले भारतलाई ३-२ सेटमा पराजित गरेको हो । पहिलो सेट २५-१८ अंकमा जीत हासिल गरेको नेपालले दोस्रो सेट १२-२५ अंकले गुमाउन पुगेको थियो । तेस्रो सेटमा २५-१७ अंकले जीत निकाल्दै […]

बेगखोलाकी ललिता मिस नेपालको प्रतिस्पर्धामा(भिडियो सहित)

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १, बेगखोलामा सामान्य परिवारमा जन्मिनुभएकी ललिता शेर्बुजा अहिले ‘मिस नेपाल–२०२४’ को प्रतिस्पर्धामा हुनुहुन्छ । मिस नेपालको ३० औं संस्करणको २६ फाइनलिस्ट प्रतियोगी मध्यमा ललिता पनि एक हुनुहुन्छ । ललिता एकाउन्टिङमा स्नातक गर्नुभएको छ । उहाँ अध्ययनका क्रममा हाल अष्ट्रेलियामा बस्नुहुन्छ । मिस नेपालको प्रतियोगितामा भाग लिन ललिता […]

ललिता शेरबुजालाई ‘मिस नेपाल’मा जिताउन बेनीमा अभियान

विकल्प न्यूज\बेनीसाउन १७ गते । म्याग्दीली चेली ललिता शेरबुजा मगरलाई ‘मिस नेपाल’ २०२४को विजेता बनाउने अभियानलाई म्याग्दीमा तिब्रता दिइएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले विहिबार बेनी बजारमा घरदैलो गरेर मिस नेपालमा ललितालाई भोट दिएर विजेता बनाउन अभियान सञ्चालन गरेको छ । भने सामाजिक सञ्जालमा पनि शेरबुजालाई जिताउन सबैलाई आह्वान गरेको छ […]

व्यावसायिक किवी खेती गर्दै टिकोटका किसान

विकल्प न्यूज\बेनीसाउन १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका किसानहरु मकै र कोदो बाली लगाउन छाडेर नगदे बालीका रुपमा रहेको किवी खेती गर्न थालेका छन् । पछिल्ला पाँचवर्ष यता गाउँमा किवी खेतीको राम्रो विस्तार भएको छ ।खाद्यन्न बालीबाट भन्दा किवी खेतीबाट राम्रो आम्दानी हुने देखेपछि यहाँका किसानहरुले गाउँमा किवी खेती विस्तार गर्न थालेका हुन […]

खानेपानीको सुविधाले बगरफाँटवासी खुसी

ठाकुरप्रसाद आचार्यसाउन १७ गते । बेनी नगरपालिका २ बगरफाँटमा घरघरमा मिटर सहितको खानेपानीका धारा निर्माण गरिएको छ । बगरफाँट खानेपानी योजनाबाट यहाँका दुई सय पाँच घरधुरीमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ । घरमा निर्माण भएका धाराबाट पानी आउन थालेपछि स्थानीयहरु खुसी भएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय म्याग्दीले दुईवर्ष […]

‘बुलाकी’को नयाँ गीत सार्वजनिक (भिडिओ सहित)

विकल्प न्यूज/काठमाण्डौंसाउन १६ गते । साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’को नयाँ गीत ‘सधैँ पछि परन्या हुन् स्त्री’ सार्वजनिक गरिएको छ । नारी वेदना बोल्ने गीतलाई निर्माण युनिटले प्रमोसन गीतको रूपमा सार्वजनिक गरेको हो । गीतमा स्वर पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारीको छ भने शब्द संगीत बाबुल गिरीको छ । एरेञ्जको र […]

तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै कृषक आचार्य (भिडियो सहित)

ठाकुरप्रसाद आचार्यसाउन १६ गते । जलजला ७ लामाबगरका बासुदेव आचार्यले बेमौसममा काँक्रो उत्पादन गरेर दुई महिनाको अवधिमा एकलाख भन्दा बढी कमाउनुभएको छ । पाँच रोपनी क्षेत्रफलमा धान खेती नगरेर कामिनी र बेली जातको काँक्रो खेती गर्नुभएका आचार्यले दुईदिनको फरकमा एकसय केजी सम्म काँक्रो उत्पादन हुने गरेको बताउनुभयो । उत्पादन भएको काँक्रो घरबाट नै बिक्री हुने […]

गलेश्वरधाममा तीन लाखभन्दा बढी भेटी सङ्कलन

साउन १५ गते ।  म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा यस वर्षको साउन महिना दोस्रो सोमबार तीन लाख ३६ हजार १८५ रुपियाँ भेटी सङ्कलन भएको छ । जिल्लाको बेनी नगरपालिका–९,स्थित अवस्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार भक्तजनबाट चढाइएको भेटी मङ्गलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा गणना गरिएको थियो ।  गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार,साउनको […]