जलजला ७ धाईरिङ धारापानीमा विद्युत सर्ट हुँदा एकजनाकाे मृत्यु

विकल्प न्युज/ जलजला
साउन २३ गते । पर्वतकाे जलजला गाउँपालिका ७ धाईरिङ धारापानी गाउँमा विद्युत सर्ट हुँदा एकजनाकाे मृत्यु भएको छ ।
प्रशारण लाईनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाईभाेल्टेज लाईन प्रशारण भएको स्थानिय याम बहादुर केसीले बताउनुभयाे ।
मिलनचाेकि प्रहरी चौकीका ईन्चार्ज मुक्ति खड्काले दिएकाे जानकारी अनुसार करेन्ट लागेर धारापानीकीकाे ५० वर्षिय सिता क्षेत्रीकाे मृत्यु भएको बताउनुभयाे ।

घरमा रहेकाे मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर क्षेत्रीकाे मृत्यु भएको उहाँले जानकारी दिनुभयाे । उहाँको अनुसार करेन्ट लागेर १०जना घाईतेका भएका छन् ।
हाईभाेल्टेज लाईनका कारण गाउँका करिब दुईसय घरधुरीका मिटरबक्स जलेका छन् ।
वितरण लाईन चुढिएर स्थानीय प्रताप आचार्यकाे बाख्रा फार्ममा रहेका १६ वटा बाख्रा मरेका छन ।
विद्युत कार्यालयकाे लारवाहिका कारण दुखद घटना घटेकाे जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताउनुभयाे । घटनाको जिम्मेवारी विद्युत कार्यालयले लिनुपर्ने बताउनुभयाे ।
घटनास्थल मा अहिले पालिका अध्यक्ष आचार्य,वडाका जनप्रतिनिधि र प्रहरी टाेली पुगेका छन । टान्सफर्मरबाट वितरण लाईनमा हाईभाेल्टेज विद्युत प्रसारण भएकाले घटना घटेकाे हुनसक्ने अनुमान गरिएको छ ।

करेन्टलागि उपचारको क्रममा बेनि अस्पताल ल्याइयको ११ जना स्थानिय बासी नम्न हुनुन्छ:-
१.वीर ब छेत्री
२.देबि छेत्री
३. पुर्निमा आचार्य
४.सरिता छेत्री
५.टीका दर्जी
६.बिमाया दर्जी
७.कृष्ण ब पुन
८.जगन गिरि
९.बुद्दी राम दमाइ
१०.बिनिता आचार्य
११.हरिकला आचार्य
घाईते सबैको उपचार भैरहेको र अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ ।