जोर्ज जोन शिक्षा प्रतिष्ठानबाट सुवेदी सम्मानित

विकल्प न्यूज\बेनी
साउन २२ गते ।


म्याग्दी बहुमुखी क्याम्पसको शैक्षिक विकासमा योगदान गरेको भन्दै क्याम्पसका निवर्तमान संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदी सम्मानित हुनुभएको छ । जोर्ज जोन शिक्षा प्रतिष्ठानको २४ औँ बार्षिक उत्सवको अवसरमा शनिवार सुवेदीलाई सम्मान गरेको हो । सुवेदीको कार्यकालमा क्याम्पसले शैक्षिक गुण्स्तर वृद्धि,भौतिक पूर्वाधार निर्माण र सुधारमा योगदान पु¥याएको भन्दै प्रतिष्ठानबाट सम्मानित हुनुभएको हो ।

कार्यक्रममा अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रीन्सिपल सर जोर्ज जोन, डा. एलिआमा जोन तथा प्रतिष्ठानका अध्यक्ष प्रा.डा.गेहेन्द्रेश्वर कोइरालाले संयुक्त रूपमा प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । पृथ्वी नारायण क्यापसका संस्थापक जोर्ज जोनको नाममा प्रतिष्ठान स्थापना भएको हो ।
म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुबेदीको कार्यकालमा म्याग्दी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग, नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए)को मान्यता प्राप्त गरेको थियो ।

साविकको धौलागिरी अञ्चलमा पहिलोपटक म्याग्दी बहुमुखी क्याम्पसले पहिलोपटक क्युएएको प्रमाणपत्र प्राप्त गरेको थियो । कार्यक्रममा सम्मानित व्यक्तिहरुको तर्फबाट मन्तव्य राख्दै सुवेदीले म्याग्दी बहुमुखी क्याम्पसको गुणस्तर सुधारको मापनगरि प्रदान गरिएको सम्मानले क्याम्पसको समग्र टिमको हौसला थपिएको बताउनुभयो ।