ताजा समाचार:
Search

लभ्लीहिलमा पदमार्ग र चौपारी निर्माण(फोटोफिचर)

विकल्प न्यूज/बेनी
असार २७ गते ।

पछिल्लो समय पर्यटकीय स्थलका रुपमा विकास हुनथालेको बेनी नगरपालिका २ लभ्लीहिलमा पर्यटकीय पूर्वाधार निर्माण हुनथालेका छन् । वन डिभिजन कार्यालय म्याग्दीद्धारा चालु आर्थिक वर्षमा ४५ मिटर पदमार्ग र चौपारी निर्माण गरिएको छ ।

गण्डकी प्रदेश सरकारको कार्यक्रम सामुदायिक वनमा पर्यपर्यटन कार्यक्रम मार्फत प्राप्त भएको ३ लाख ३६ हजार रुपैयाँको बजेटबाट पदमार्ग र चौपारी निर्माण गरिएको वन डिभिजन कार्यालयका प्रमुख मनोज रानाभाटले बताउनुभयो ।केही वर्ष पहिला पनि वन डिभिजन कार्यालयले लभ्लीहिलमा पार्क निर्माण गरेको थियो ।