छन्त्याल संघको अधिवेशनका अवसरमा बेनीमा झाँकी सहित ¥याली (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
चैत २५ गते । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनका अवसरमा बेनीमा जातीय पहिचान झल्किने भेषभूषासहितको झाँकी निकालेका छन् । उद्घाटन कार्यक्रममा भाग लिन आएका छन्त्याल समुदायले बेनीमा जाती पहिचान झल्किने झाँकी प्रदर्शन गरेका हुन ।

अभिवेशनमा देशभरबाट करिब पाँचसय प्रतिनिधिहरु सहभागि भएका छन् । अधिवेशनको उद्घाटन गर्न नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँड बेनी आइपुग्नुभएको छ । दुईदिनसम्म चल्ने अधिवेशनले आगमी नयाँ नेतृत्व चयन गर्ने संघका अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो ।