म्याग्दीका महाधिवेशन प्रतिनिधिहरुले कसलाई भोट दिन्छन् ?
-
म्याग्दीका महाधिवेशन प्रतिनिधिहरुले कसलाई भोट दिन्छन् ?
चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज, म्याग्दीका एकजना उदीयमान पत्रकारबन्धुले आफ्नो फेसबुकवालमा “म्याग्दीबाट निर्वाचित महाधिवेशनका प्रतिनिधिहरुले नेपाली काँग्रेसको आसन्न केन्द्रीय निर्वाचनमा ‘सिटौला–थापा’ को समूहलाई मत दिए हुन्थ्यो” भनेर सार्वजनिक अनुरोध गरेछन् । कुरो ठिकै पनि हो । गगन थापाले काँग्रेसको मात्रै होइन, भविष्यमा मुुलुककोे नेतृत्व लिने क्षमता राख्छन् भन्ने आशा जगाउन सफल भएका छन् भन्नु…
पुरा पढ्नुहोस » -
दिदीबहिनी सहकारीले ग¥यो प्रजिअ पाठकको बिदाई
प्रताप बानियाँ /विकल्प म्याग्दी, फागुन २२ गते । म्याग्दीबाट सरुवा भएर जान लागेका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको शनिबार सदरमुकाम बेनीमा विदाई भएको छ । महिलाहरुको आफ्नै सक्रियता र व्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले विदाई गरेको हो । सहकारीका सञ्चालक, कार्यसमिति र शेयर सदस्यहरुले प्रजिअ पाठकलाई अबिर र माला…
पुरा पढ्नुहोस » -
विभिन्न संघ संस्थाद्धारा म्याग्दीका प्रजिअ पाठकको बिदाई
प्रताप बानियाँ /विकल्प म्याग्दी, फागुन २२ गते । म्याग्दीबाट सरुवा भएर जान लागेका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको शनिबार सदरमुकाम बेनीमा विभिन्न कार्यक्रमको आयोजना गरी विदाई एवम् सम्मान गरिएको छ । निजी क्षेत्रको छाता सङ्गठनको रुपमा रहेको म्याग्दी उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी प्रजिअ पाठकलाई बिदाई तथा सम्मान गरेको छ…
पुरा पढ्नुहोस » -
लोक तथा दोहोरी गीतमा चम्किदै म्याग्दीकी आष्मा छन्त्याल
हिरा वुढाथोकी/विकल्प न्यूज म्याग्दी,फागुन २२ गते । म्याग्दीको पाखापानी ४, ठाडाखानी घर भई हाल कास्कीको पोखरा स्थित लामाचौरमा बस्दै आएकी आष्मा छन्त्यालले लोक तथा दोहोरी गीतमा छोटो समयमा नै सफलता पाउन थालेकी छन । छन्त्यालले बाल्यकाल देखी नै गीतसंगीतमा रुची भएको बताउँछिन । आफ्नो साङ्गेतीक यात्रा बारे सम्झदै छन्त्याल भन्छिन सानै देखी…
पुरा पढ्नुहोस » -
बेनीमा रेडियो उद्घोषण तथा पत्रकारीता तालीम सुरु
विकल्प न्यूज/बेनी फागुन २२ गते । म्याग्दीको बेनीमा शनिबारदेखि रेडियो उद्घोषण तथा पत्रकारीता तालिम सुरु भएको छ । म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.द्धारा सञ्चालित म्याग्दी काली एफ एम ८८.२ मेगाहर्जले आयोजना गरेको तालीमको जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले उद्घाटन गर्नुभयो । सात दिनसम्म सञ्चालन हुने तालीममा २६ जनाको सहभागिता रहेको छ ।…
पुरा पढ्नुहोस » -
ताकममा असिनाले खेतीबालीमा क्षत्ती
गोपाल आचार्य/विकल्प म्याग्दी,फागुन २२ गते । पश्चिम म्याग्दीको अन्नको भण्डार मानिने ताकममा शुक्रबार साँझ परेको असिनाले खेतीबालीमा क्षत्ती पु¥याएको छ । दुई घण्टासम्म लगातार परेको असिनाले हिउँदे खाद्यबालीको फल झार्नुका साथै बर्खेबालीका बिरुवामा क्षत्ती पु¥याएको हो । गहुँ, जौ, केराउ, आलु र तरकारी असिनाले सखाप बनाएको ताकम माविका शिक्षक हरिहर पौडेलले जानकारी…
पुरा पढ्नुहोस » -
शान्ति समाजले कालीगण्डकी सफाई अभियान सुरु गर्ने
विकल्प न्यूज/बेनी फागुन २१ गते । म्याग्दीमा क्रियाशिल संस्था मानवअधिकार तथा शान्ति समाजले कालीगण्डकी सफाई अभियान सञ्चालन गर्ने भएको छ । संस्थाको शुक्रबार बेनीमा बसेको बैठकले फागुन २९ गतेदेखि हरेक हप्ताको अन्तिम शनिबार कालीगण्डकी किनार सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कालीगण्डकी किनारमा फालीने फोहोर व्यवस्थापन गर्ने, फोहोर नगर्ने सन्देश…
पुरा पढ्नुहोस » -
युवा खेलाडी बानीयाँ खेल प्रशिक्षकमा नियुक्त
विकल्प न्यूज/बेनी फागुन २१ गते । बेनी नगरपालीका ९ निवासी म्याग्दीका भलिबल खेलाडी तेजेन्द्र बानियाँ खेल प्रशिक्षकमा नियुक्त हुनुभएको छ । जिल्ला खेलकुद विकास समितिमा कर्मचारीको रुपमा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय खेलकुद विकास परिषद्ले बानियाँलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । काउलेगौडा युवा कल्वका संस्थापक अध्यक्ष रहनुभएका बानियाँ आधा दशकदेखि भलिबल खेलमा…
पुरा पढ्नुहोस » -
कालोबजारीलाई कारवाही गर्दा – म्याग्दीका प्रजिअ पाठकको सरुवा
विकल्प न्यूज म्याग्दी फागुन २१ गते । गृह मन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी साठरमणी पाठकलाई आकस्मीक रुपमा सरुवा गरेको छ । मन्त्रालयले उपसचिव केशव आचार्यलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ । पाठकलाई तराई क्षेत्रमा सहायक प्रजिअको रुपमा खटाइने जानकारी आएपनि जिल्ला ठोस भैसकेको छैन् । ‘मेरो तराईको जिल्लामा सरुवा भयो ।…
पुरा पढ्नुहोस » -
कृषि विकास कार्यालय म्याग्दीमा भद्रगोल ः शुक्रबार दिनभर कार्यालय बन्यो कर्मचारी विहिन (फोटोसहित)
धिरन खत्री /विकल्प न्यूज म्याग्दी,फागुन २१ गते । जिल्ला कृषि विकास कार्यालय म्याग्दी शुक्रबार कर्मचारी विहिन भएको छ । विकल्प न्यूज डटकम मध्यन्न ११ बजे कार्यालयमा पुग्दा कर्मचारीहरुको कार्यकक्ष पुरै खाली थियो । प्रायाःजसो कार्यालयमा कर्मचारी नवस्ने गुनासो सेवाग्राहीको आएपछि विकल्प न्यूज डटकम कार्यालयमा पुगेको थियो । यता कार्यालय प्रमुख वरिष्ठ कृषि…
पुरा पढ्नुहोस » -
यसरी भयो कल्लेनीमा क्याम्पिङ र खानेपानी आयोजनाको उद्घाटन
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन २१ गते । म्याग्दीको मराङ –३ कल्लेनीमा निर्माण भएको पर्यटकीय क्याम्पिङ साईट र खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । राउण्ड धौलागिरी पदमार्गमा जाने पर्यटकको सुविधाको लागि स्थानीयबासीले करिब रु २ लाख लगानीमा क्याम्पिङ साईट बनाएका हुन् । राउण्ड धौलागिरी पदमार्ग हुँदै भम्रणमा आउने पर्यटकहरु बस्नको लागि समस्या भएपछि समुदायको…
पुरा पढ्नुहोस » -
यी हुन बेनीबजारवासीहरु जसले दैनिक जसो कालीगण्डकी नदी किनारमा फोहोर फाल्छन्
विकल्प न्यूज/बेनी फागुन २० गते । बेनी बजारका गल्ली सडक त सफा छन् । दैनिकजसो बेनीबजारका स्थानीयवासीहरुले आफ्नो घर अगाडीको सडक गल्लीलाई सफा पार्दछन् । तर संकलित फोहोर उनीहरुले कालिगण्डकी नदी किनारमा फाल्ने गर्दछन् । संकलित भएको फोहोर पवित्र कालीगण्डकी नदि किनारमा फाल्ने गर्दा नदि किनार प्रदुषित भएको छ । बेनी नगरपालिका,जिविस…
पुरा पढ्नुहोस » -
तस्विर सहितको मतदाता नामावली अद्यावधिक गर्न अभियान सञ्चालन गरिने
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन १९ गते । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले तस्विर सहितको मतदाना नामावली संकलन अभियान सञ्चालन गर्ने तयारी गरेको छ । नयाँ थपिएका मतदाताको नामावली संकलन गर्ने, मृत्यु भएका र बसाईसराई गरेकाको अद्यावधिक गर्ने, त्रुटी संसोधन र छुटेकालाई समेट्ने गाउँ केन्द्रित अभियान सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ । बेनीमा बुधबार…
पुरा पढ्नुहोस » -
सागमा पदक दिलाउने खेलाडीलाई सम्मान
विकल्प न्यूज/बेनी फागुन १९ गते । भारतमा हालै सम्पन्न १२ औ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक दिलाउने म्याग्दीका खेलाडीहरुलाई बुधबार बेनीमा विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस निकट लोकतान्त्रीक खेलकुद संघ, म्याग्दी उद्योग वाणिज्य संघ, काउलेगौडा युवा कल्व र न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च माविले छुट्टा छुट्टै…
पुरा पढ्नुहोस » -
बेनीमा पेट्रोल पम्पबाट इन्धन कब्जा गरी महङगोमा विक्री गर्ने तिनजना पक्राउ
विकल्प न्यूज /बेनी म्याग्दी,फागुन १९ गते । बेनीमा रहेका पेट्रोल पम्पबाट इन्धन कब्जा गरी महङगोमा विक्रि गर्ने तिनजनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुले अवैध रुपमा इन्धनको भण्डारण गरेको प्रहरीले जनाएको छ । नाकाबन्दी खुलेपछि इन्धन आपूर्ती खुकुलो भएपनि पेट्रोल पम्पमा पर्याप्त मात्रामा डिजेल, पेट्रोल नपाईने तर बाहिरबाट महँगो मूल्यमा…
पुरा पढ्नुहोस »