ताकममा असिनाले खेतीबालीमा क्षत्ती
गोपाल आचार्य/विकल्प
म्याग्दी,फागुन २२ गते ।
पश्चिम म्याग्दीको अन्नको भण्डार मानिने ताकममा शुक्रबार साँझ परेको असिनाले खेतीबालीमा क्षत्ती पु¥याएको छ ।
दुई घण्टासम्म लगातार परेको असिनाले हिउँदे खाद्यबालीको फल झार्नुका साथै बर्खेबालीका बिरुवामा क्षत्ती पु¥याएको हो । गहुँ, जौ, केराउ, आलु र तरकारी असिनाले सखाप बनाएको ताकम माविका शिक्षक हरिहर पौडेलले जानकारी दिनुभयो ।
असिनाका कारण ताकमका करिब तिन सय घरधुरी कृषकहरुको लाखौको खेतीबाली क्षत्ती भएको छ । काफलडाँडामा चट्याङ् लागेर दुई जना सामान्य घाईते भएका छन् ।
दुई सय ५० ग्राम सम्मको एउटै असिना परेको थियो । भित्र्याउने तयारी भएको गहुँ र भर्खरै उम्रिएका आलु तथा मकैका बोट असिनाले क्षत्ती गरेपछि कृषक निराश बनेका शिक्षक पौडेलले बताउनुभयो । तस्विर प्रेम पुन
प्रतिक्रिया राख्नुहोस्