बेनीमा रेडियो उद्घोषण तथा पत्रकारीता तालीम सुरु
विकल्प न्यूज/बेनी
फागुन २२ गते ।
म्याग्दीको बेनीमा शनिबारदेखि रेडियो उद्घोषण तथा पत्रकारीता तालिम सुरु भएको छ ।
म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.द्धारा सञ्चालित म्याग्दी काली एफ एम ८८.२ मेगाहर्जले आयोजना गरेको तालीमको जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले उद्घाटन गर्नुभयो ।
सात दिनसम्म सञ्चालन हुने तालीममा २६ जनाको सहभागिता रहेको छ । तालीमको उद्घाटन गर्दै हुलाक अधिकृत श्रेष्ठले सहि सूचनाले समाजलाई सहि बाटोमा अग्रसर बनाउने बताउदै गलत सूचना प्रवाह हुनबाट सचेत रहन आग्रह गर्नुभयो ।
उहाँले सञ्चार माध्यमहरु समावेशी बन्नुपर्ने बताउँदै जिल्लाका सरकारी निकायहरुले सूचना, सन्देश प्रकाशन प्रशारण गर्दा स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो ।
नागरीक समाज म्याग्दीका संयोजक एवं संस्थाका सल्लाहकार सुर्दशनकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले शुसासन, सम्बृद्धी र परोपकारी क्षेत्रलाई म्याग्दीको पत्रकारीताको एजेण्डा भएको बताउनुभयो ।
म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्य र प्रशिक्षक एवं अग्रज सञ्चारकर्मी कृष्ण जिसीले सञ्चार सामाग्रीको गुणस्तरीयतामा जोड दिनुभयो । सहभागि सञ्जोग कार्की र जानकी बिकले व्यक्तित्व र नेतृत्व क्षमत्ता विकास गर्न तालीम उपयोगी बन्ने अपेक्षा व्यक्त गर्नुभयो ।
म्याग्दीकाली सञ्चार सहकारी संस्थाका उपाध्यक्ष बिजयकुमार श्रेष्ठको अध्यक्षता र सहसचिव हेमराज पौडेलले सञ्चालन गर्नुभएको उद्घाटन कार्यक्रममा रेडियो उपसमितिका संयोजक सुविन श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्