तिन करोडको लागतमा शसस्त्र प्रहरी गुल्मको भवन निर्माण

निरज थकाली/विकल्प न्यूज
मुस्ताङ २५ पुष ।
शसस्त्र प्रहरी सिमा सुरक्षा गुल्म मुस्ताङको सदरमुकाम जोमसोममा करिब तिन करोड रुपैयाँको लागतमा भवन निर्माण भएको छ ।

दुई करोड ९९ लाख रुपैयाँको लागतमा ९ कोठे पक्की भवन निर्माण भएको हो । यसअघि जोमसोमको सामुदायीक भवनमा गुल्म रहेको थियो । छ रोपनी क्षेत्रफलमा फैलीएको आफ्नै जग्गामा भवन निर्माण भएपछि गतिबिधि सञ्चालन गर्न सहज हुने गुल्मले जनाएको छ ।img_8352नवनिर्मीत भवनको सोमबार शसस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राईले उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्दै महानिरिक्षक राईले देश र जनताको सेवामा कर्तब्य निष्ठ भएर लाग्न मातहतका प्रहरी अधिकारी तथा कर्मचारीलाई निर्देशन दिनुभयो । देश, जनता र समाजमा शान्ति सुरक्षा कायम गर्नु शसस्त्र प्रहरीको प्रमुख लक्ष्य रहेको महानिरिक्षक राईले बताउनुभयो ।

यसैबीच तिब्बतको सिमा क्षेत्रमा पर्ने मुस्ताङको कोरला नाकाको सुरक्षाका लागि समेत शसस्त्र प्रहरीको क्याम राख्ने तयारी भएको छ । जोमसोम स्थित गुल्म अन्तरगत रहनेगरी नुचुङमा जग्गा प्राप्तको प्रक्रिया अघि बढाइएको शसस्त्र प्रहरी नायव उपरिक्षक देवराज जोशीले बताउनुभयो ।