दुई बुँदे सहमतीपछि महासंघको कार्यालयमा लागेको ताला खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २५ पुष ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालयमा भएको तालाबन्दी सोमबार खुलेको छ ।

महासंघको शाखाका पदाधीकारी र जिल्लामा क्रियाशिल पत्रकार संगठनका प्रतिनिधिको उपस्थितीमा भएको छलफलमा दुई बुँदे सहमती भएपछि नेपाल प्रेस युनियनले लगाएको ताला खुलेको हो ।

सरकारी कर्मचारी, स्थाई शिक्षक र राजनितिमा क्रियाशिल व्यक्तिहरुलाई शाखाले महासंघको साधारण सदस्यका लागि सिफारीस गरेको र क्रियाशिल पत्रकारलाई पन्छाउन खोजेको भन्दै युनियनले पुष ११ गते तालाबन्दी गरेको थियो ।img_0543सरकारी कर्मचारी र स्थाई शिक्षकलाई साधारण सदस्यताका लागि गरिएको सिफारीस स्थगित गर्ने र छुटेका क्रियाशिल पत्रकारलाई समेटेर थप सिफारीस गर्ने सहमती भएको नेपाल पत्रकार महासंघका अध्यक्ष सुरत केसीले बताउनुभयो ।

सहमती भएअनुसार महासंघको कार्यालयमा लगाएको ताला खालेको प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्यालले जानकारी दिनुभयो ।