बेनीमा फागुनपछि चौबीसै घण्टा खानेपानी आपूर्ती

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २४ पुष ।
म्याग्दी सदरमुकाम बेनी बजारमा आगामी फागुन महिनापछि चौबिसै घण्टा नियमित खानेपानी आपूर्ती गर्ने तयारी भएको छ ।

बेनी खानेपानी तथा सरसफाई आयोजनाको क्षमत्ता विस्तार गरेर बजारका ९२० घरधुरी उपभोक्तालाई चौबिसै घण्टा शुद्ध खानेपानी आपूर्तीको व्यवस्था मिलाउन लागिएको हो । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आईतबार बेनीमा भएको सत्रौ वार्षिक साधारणसभामा फागुनभित्र आयोजनाको क्षमत्ता विस्तार कार्य सकिने जानकारी गराइएको हो ।img_1134समितिका सचिव माधवप्रसाद रेग्मीले क्षमत्ता विस्तारका लागि हालसम्म ३५ प्रतिशत वित्तिय र ६५ प्रतिशत भौतिक प्रगती भएको जानकारी दिनुभयो । छ करोड ४२ लाख रुपैयाको लागतमा गत चैत महिनादेखि आयोजनाको क्षमत्ता विस्तार सुरु गरिएको थियो ।

पुम्दी खोलामा इन्टेक निर्माण, पाईपलाईन जडान र दुई लाख घनलिटर क्षमत्ताको रिजर्भ टंकी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सरकारको सत्तरी प्रतिशत र उपभोक्ताको तिस प्रतिशत लगानीमा आयोजनाको क्षमत्ता विस्तार भएपछि बेनीमा पुम्दी खोलाको मुहानबाट थप बिस लिटर प्रतिसेकेण्ड खानेपानी आपुर्ती हुने जनाइएको छ ।

आयोजनाको क्षमत्ता विस्तार भएपछि बेनी नगरवासीलाई आगामी २० वर्षको लागी २४ सै घण्टा पानी आपूतीृ गर्न सकिने उपभोक्ता समितिका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो । एक दशकअघि निर्माण भएको आयोजनाको क्षमत्ताले माग धान्न नसकेपछि हाल बेनीमा आलोपालो प्रणाली अनुसार समयतालीका बनाएर खानेपानी वितरण गरिदै आएको छ ।
साधारणसभामा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जनसहभागीतामा सञ्चालित बेनी खानेपानी आयोजनाको गतिबिधि सहनीय रहेको र यसलाई अझै व्यवस्थित बनाउदै लैजान सुझाव दिनुभयो । साधारणसभाले संस्थाका सचिव माधवप्रसाद रेग्मीले प्रस्तुत गर्नुभएको प्रगति र कोषाध्यक्ष याम शाक्यले प्रस्तुत गर्नुभएको दुई करोड ५५ लाख रुपैया बराबरको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष तुलसीलता श्रेष्ठको स्वागत र सचिव रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ, बेनी बजारका अगुवा भुपेन्द्रबहादुर खड्का, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्य, उपभोक्ता सुरज श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।