सूचनाको हक सम्बन्धि व्यवस्था कार्यान्वयन र संरक्षण गर्ने प्रतिवद्धता

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २४ पुष ।
म्याग्दीका सरकारी कार्यालय प्रमुखहरुले सूचनाको हक सम्बन्धि व्यवस्थाको कार्यान्वयन र संरक्षण गर्न सात बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् ।img_0503राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोताको आतिथ्यतामा आईतबार बेनीमा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरुको बिशेष बैठक मार्फत प्रतिवद्धता जारी गरिएको हो ।img_0530सूचना लिने दिने संस्कृतीको विकास गरि पारिदर्शीता, जवाफदेहीता र शुसासन कायम गर्न सहयोग पु¥याउने उद्देश्यले सूचनाको हकको सम्मान र संरक्षणमा प्रतिवद्ध हुने निर्णय सहित घोषणापत्र जारी गरिएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

घोषणापत्रमा प्रत्येक तिनतिन महिनामा सबै कार्यालयले सम्पादन गरेका गतिबिधि कार्यालय परिसरमा टाँस्ने र पछिल्लो तेस्रो महिनाको १५ गते सामुहिक रुपमा पत्रकार सम्मेलन गरि जानकारी गराउने प्रतिवद्धता जनाइएको छ ।

यसैगरी सबै कार्यालयमा सूचना अधिकारीको व्यवस्था र तोकिएको समयसिमा भित्रै सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने, सूचना माग भएको र प्रवाह भएको छुट्टै फाईल खडा गरि अभिलेख राख्ने निर्णय भएको प्रजिअ आचार्यले बताउनुभयो ।img_0526सर्वसाधारणहरुलाई सरकारी कार्यालयले गर्ने गतिबिधि तथा प्रदान गर्ने सेवा सुबिधामा सहज पहुँच स्थापित हुने सरोकारवालाहरुको अपेक्षा छ । कार्यक्रममा प्रमुख सूचना आयुक्त बाँस्कोटाले कानुनले व्यवस्था गरेअनुसारको सूचना लुकाउने अधिकार कसैलाई नभएकाले त्यस्तो गर्नेलाई कारबाही हुने चेतावनी दिनुभयो ।

लोकतन्त्रको रक्षा, पारदर्शीता, शुसासन, दिगो विकासका लागि सूचनाको हकको पूर्ण पालना हुनुपर्ने प्रमुख आयुक्त बाँस्कोटाको भनाई थियो । कार्यक्रममा सहभागि पत्रकार घनश्याम खड्का र ठाकुरप्रसाद आचार्यले सरकारी निकायले सकेसम्म सूचना लुकाउने र दिनुपर्ने अवस्था आएमा दःुख दिने प्रवृत्ती रहेको बताउनुभयो ।

जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले वेभसाईट लगायत विद्युतीय माध्यमबाट सूचना जारी गर्न बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले सेवाग्राहीले प्रक्रिया पु¥याएर सूचना माग गर्ने पद्दतीको विकास हुन नसकेको बताउनुभयो । जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले सेवाग्राहीले मौखीक रुपमा मात्र सूचना माग गर्दा अभिलेखीकरण गर्न समस्या भएको बताउनुभयो ।

सहायक प्रजिअ यादवनाथ आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागि कार्यालय प्रमुख, सूचना अधिकारी, क्याम्पस प्रमुख, सामुदायीक विद्यालयका प्रअ र पत्रकारहरुलाई सूचनाको हक सम्बन्धि संबैधानीक व्यवस्था र कार्यान्वयनको अवस्थाको विषयमा अभिमुखीकरण गरिएको थियो ।