म्याग्दीकाली सञ्चार सहकारीको अध्यक्षमा प्रमोद श्रेष्ठ

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २३ पुस ।
बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्थाको शनिबार सम्पन्न नवौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा पुन प्रमोद श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

म्याग्दी काली एफ एम ८८.२ मेगाहर्ज, केवुल टेलिभिजन र ईन्टरनेट सेवा प्रदान गर्दै आएको संस्थाको उपाध्यक्षमा बिजय श्रेष्ठ, सचिवमा रामजीप्रसाद सुवेदी, सहसचिवमा भिष्म मल्ल, कोषाध्यक्षमा सुबिन श्रेष्ठ र सहकोषाध्यक्ष दिनेश ढंगाना निर्वाचित हुनुभएको छ ।img_0458सञ्चालक समितिको सदस्यहरुमा दुर्गाराम सुवेदी, राजु बानियाँ, यामबहादुर खड्का, राजाराम पौडेल, अमृत कुमार श्रेष्ठ, दिपक हमाल, माधवप्रसाद रेग्मी, बालबहादुर महत र महेन्द्र खत्री चयन हुनुभएको छ । लेखबहादुर हमालको संयोजकत्वमा रामप्रसाद सुवेदी र नारायणप्रसाद सुवेदी सदस्य रहनुभएको लेखा समिति गठन भएको छ ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले अहिलेको समयमा सूचना नै सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो । जसले बढी सूचना प्राप्त गर्छ त्यही नै सवैभन्दा शक्तिशाली बन्छ भन्दै प्रजिअ आचार्यले म्याग्दीकाली संचार सहकारी संस्था लि. ले सेबामुखी व्यवसाय संचालन गरेर सूचनाको पहुँच भन्दा पर रहेका ग्रामिण जनतालाई पनि सुसूचित गरेको र यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

प्रजिअ आचार्यले जनतालाई सूचना प्रवाह गरेर म्याग्दीकाली संचार सहकारीले सामाजिक उत्तरदायित्व बहन गरेको बताउनुभयो । कार्यक्रममा शेयर सदस्यको तर्फबाट माधवप्रसाद रेग्मी, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसी, गैसस महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका सुविनकुमार श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष प्रेमवहादुर कार्की, जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठ,राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस म्याग्दीका कोषाध्यक्ष टंक हमाल र सहकारीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

५ सय ४९ जना शेयर सदस्य रहेको संचार सहकारीमा २ करोड, ४४ लाख,७० हजार ४ सय शेयर रकम रहेको छ । कार्यक्रममा संस्थाका सचिव रामजीप्रसाद सुवेदीले प्रगति प्रतिवेदन कोषाध्यक्ष कुबिर कुमार श्रेष्ठको प्रतिवेदन प्रवन्धक धु्रवराज सुवेदीले प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष विजयकुमार श्रेष्ठको स्वागत र सचिव रामजीप्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो । ठहरबहादुर भण्डारीको अध्यक्षतामा गठीत निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयनमा सहजिकरण गनुभएको थियो ।