ताजा समाचार:
Search

पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गयो

काठमाण्डौ –

ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

आज बिहान उपचारको क्रममा नवलपरासीका ३७ वर्षका पुरुषको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार गएको शुक्रबार अस्पताल भर्ना भएका पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो । उहाँलाई कडा निमोनिया भएपछि अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको गेलालले जानकारी दिनुभयो ।online khabar