सन्दिप शर्मा/ बेेनी
साउन १४ गते ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट राष्ट्रिय युवा संगठन र अखिल नेपाल स्वतन्त्र विद्यार्थि यूनियनले मराङ्गमा विस्थापित ६५ परिवार अट्न मिल्ने गरि ५१ वटा अस्थाइ टहरा निमार्ण गरेका छन् ।
धौवलागिरी गाउँपालिका ६ मराङ्गमा गत असार २५ गते वर्षका कारण आएको बाढीर पहिरो बाट विस्थापित परिवार लाई वस्नका लागि टहरा निमार्ण गरिएको राष्ट्रिय युवा संगठन नेपाल म्याग्दीका संयोजक प्रविण शाहिले बताउनु भयो । टहरा निर्माण गर्न उनिहरू बेनी देखि पहिराेस्थल पुगेर श्रमदान गरेका हुन ।
मराङ्गको बेशि, कुम्म्री, दमका, खक्सीमा रहेको डाँफे युवा क्लबको भवन नजिकै र राम्चेमा गरी ५१ वटा टहरा निमार्ण गरिएको छ भने पन्थोकमा शौचालय निमार्णका लागि १ वटा सेप्टीटंकी खन्ने र निमार्ण गर्ने काम गरिएको संगठन म्याग्दीका संयोजक शाहीले बताउनु भयो ।
युवा संगठन र अनेरास्ववियू गरि ४२ जना युवाहरुको टिमले टिन हाल्न मिल्ने गरि टहरा निमार्ण गरिएको अनेरास्ववियू म्याग्दीका संयोजक सुबास विश्वकर्माले बताउनु भयो ।
हाल टहरा मात्रै निमार्ण गरेका छौं , भौगोलिक विकटता का कारण टिन लैजान नसके पछि टहरा मात्रै निमार्ण गरेर आएका छौं । केही दिन भित्रमा टिनको व्यवस्थापन गरि फेरि टिनले छाउनका लागि युवा संघ र अखिलका युवा पुन एक
पटक मराङ्ग पुग्ने विश्वकमाले बताउनु भयो ।बेनी बाट मराङ्ग सम्म जोखिम यात्रा मोलेर पुगेका युवाहरुले ५ दिनमा टहरा निमार्ण गरेका हुन् ।
गत असार २५ गते आएको बाढी र पहिरोका कारण मराङ्गको राम्चे, कल्लेनि र रिखामा गरि २१ जनाको मृत्यू भएको छ भने २४ घरधुरी पुर्ण रुपमा क्षेती, १० घरधुरी अंशिक क्षेती र २२४ घरधुरी उच्च जोखिममा रहेका छन् ।