ताजा समाचार:
Search

बागलुङमा थप ११ जनामा कोरोना पुष्टि

विकल्प न्युज/ बेनी

जेठ २७ गते । बागलुङमा थप ११ जनामा काेराेना पुष्टि भएकाे छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकामा काेराेना पुष्टि भएकाे हाे । 

पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार विहान बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका ३ जना, बरेङ गाउँपालिकाका ८ जना  पुरुषमा काेेेराेना पुष्टि भएकाे हाे ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार बागलुङको निसीखोला गाउँपालिकाका २१, २६ र २७ वर्षिया पुरुष, बरेङ गाउँपालिका २४, २२, १८, २४, १८, ४९, २३ र २७ वर्षिय पुरूष छन ।  उनिहरूलाई अाईसाेलेशन कक्षमा लैजाने तयारि गरिएको छ ।