ताजा समाचार:
Search

बाँके र बर्दियामा गरी थप १९ जनामा सङ्क्रमण पुष्टि

जेठ २६, २०७७    बाँके –

 

बाँके र बर्दियाका गरी थप १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा बाँकेका एक जना र बर्दियाका १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । भेरी अस्पतालका अनुसार बाँकेको जानकी गाउँपालिका ४ का २१ वर्षीय युवकमा सङ्क्रमण देखिएको छ ।

यसैगरी बर्दियाको बारबर्दिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४ जना, ठाकुरबाबा नगरपालिकाका ३ जना, बासगढी नगरपालिकाका ९ जना गरी १८ जनामा सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायले यसलाई नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्न भने बाँकी छ । ujyalo online