ताजा समाचार:
Search

लकडाउनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

२२ जेठ, काठमाडौं ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएको लकडाउनको मोडालिटी परिवर्तनलगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अपराह्न चार बजे बस्दै छ ।

स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेको र व्यापारीहरूले लकडाउन उल्लङ्घन गर्दै पसलहरू खोल्न थालिसकेकाले मन्त्रिपरिषद् बैठकले लकडाउन मोडालिटीबारे निर्णय गर्ने अपेक्षा गरिएको छ

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ। सरकारले पछिल्लो पटक थपेको म्यादअनुसार आगामी जेठ ३२ गतेसम्म लकडाउन छ ।

लामो समयको लकडाउनले जीविकोपार्जनमा समस्या भएपछि र राजस्व पनि गुमेपछि सरकारलाई लकडाउन खुकुलो पार्नुपर्ने दबाब छ । online khabar