ताजा समाचार:
Search

कपिलवस्तुका ५ सुरक्षाकर्मीसहित थप ८ ले कोरोना जिते

जेठ २१, २०७७ कपिलवस्तु :

कपिलवस्तुमा बुधवार ८ कोरोना संक्रमित निको भएका छन । यो सहीत जिल्लामा कोरोना विजयी हुने को संख्या ३२ पुगेको छ।  कोरोना जित्नेमा ५ जना रक्षाकर्मी पनि रहेका छन्। नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक, हवलदार, सशस्त्र प्रहरी नायव निरीक्षक, सशस्त्र प्रहरी जवान र राष्ट्रिय अनुसन्धानका एक कर्मचारीले कोरोना जितेका हुन्।

उनीहरु सबै कृष्णनगर नगरपालिकामा काममा खटिदा संक्रमित भएका थिए । यसै गरी बुद्धभूमि नगरपालिकाका १ जना र यशोधरा गाउँपालिकाका २ जनासमेत कोरोना विजयी भएर घर फर्किन लागेका छन्। ३० संक्रमित थपिए यसैगरी जिल्लामा ३० जना कोरोना संक्रमित थप भएका छन्।

मंगलवार राति शुद्धोधन गाउँपालिकाका २८ जना र आज बिहान बाणगंगा नगरपालिकाका २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। जिल्लामा कोरोना संक्रमितको संख्या ३९५ पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताए।  thha khabar