शान्ति बस्नेत / विकल्प न्यूज
चैत १५ गते । राजनीति शव्द सुन्दा हामी सबैलाई सभ्यताको प्रतिविम्व जस्तै भान हुनजान्छ । राजनीतिले त समाजमा भएका हरेक कुराहरुको मूल्याङ्कन गर्न सकोस् राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न सकोस् विकृति र विसंगतिलाई जरै देखि चिरफार नै गरेर उखेलेर विकासको गति र सकरात्मक सोचका साथ अगाडी बढ्न र बढाउन प्रेरणाको स्रोत मान्न सकियोस् झै लाग्छ खास राजनीति तर हाम्रो देश त यो राजनीतिको गन्ध त पुरै संसारमा नै दुर्गन्ध नै फैल्याउने विषादी औषधि जस्तो बन्न थालेको छ ।
देश सधै अस्त व्यस्त छ सबै जनताहरुले विश्वसको मत लगाएर चुनावमा आफ्नो अधिकार सदुपयोग गरी नेता बनाएर ठूला बनाउछन तर ति सर्वसाधरणहरुको नै मन र मतको कदर नै हुँदैन । कस्तो बिड्म्वना हो बुद्धको देश अहिंसाको संज्ञाको देश भनेर चिनिने देशमा आज चारै तिर कोलाहल छ राजनीतिकले पूरै विकृतिको जरो गाड्न थालेको छ । कति दिनसम्म यस्तो बाँध्यतमक परिस्थितिहरु हामी सर्वसाधरणहरुले भोग्नु पर्ने हो ।
विकट ठाँउ तिर अझै पनि एउटा सिटामोल खान पाइएको छैन स्वस्थ्यको हिसावले अनि शिक्षा पनि त्यस्तै छ गुणस्तर भने केहि कुराहरुमा पनि छैन शिक्षा, स्वास्थ्य जस्ता हाम्रा दैनीक जीवनमा आइपर्ने अत्यावश्यक कुराहरुको कुनै परि सौलियत छैन । अझ यस्ता दैनिकीका कुराहरु बोझिला बन्दै गएका छन महङ्गी चरम सीमा नाघेको नाघ्यै छ । देश बनाउन कसम खाएका पद र उच्च प्रतिष्ठामा बसेका नै आजका दिनहरुका करोडौंका मालिक बन्दै गएका छन् उनीहरु नै यो देशको आर्थिक र प्रशासनीक कुराहरुलाई अझ गुणस्तरहीन बनाउदै छन ।
विकासका नाममा आउने आर्थिक अनुदानहरुमा देश बनाउने नेताहरुकै गिद्धे नजर लगाउने र आर्थिक प्रलोभनमा आफ्नो नैतीकतालाई नै धरापमा पारेर आफ्नो र देशको नै अस्मिता माथि आँच आउने किसिमले भ्रष्टचार मौलाएको छ । जनताहरुको दुस्ख जस्ताको त्यस्तै नै छन् ।
पहिलासंगै हलो, कोदालोसंगै समाएर हातेमालो गर्ने साथी आज नेता बनेपछि रातारात जीवनशैलीहरुमा परिवर्तन भएको छ ।
राम्रो कर्म गर्नेलाई नेतृत्वकर्ताबाट नै मर्म बुझ्न सकिएको छैन । सबै राजनीतिज्ञहरु एउटै त हुदैनन् तर अधिकाँश नेताहरुको नियत नै राम्रो नभएको र देश बनाउने नाराले आफ्नो मात्रै भलो हुने कार्य गर्ने गरेको कारणले नै आम नेपाली सर्वसाधरणहरुले आफ्नो नै देशमा पसिना सिंचित गर्ने वातावरण छैनन् ।
हाम्रो देशमा त नुन देखि सुनसम्म आयात गर्नु परेको छ मरुभूमिबाट पिउने पानी ल्याउनु परेको छ तर नेपाललाई जलस्रोतको दोस्रो धनी देश हो भनेर भनिने गरिन्छ, साथै कृषिप्रदान देश भनेर भनिन्छ किन कि यही देशमा एक छाक माड खाने चामलको राम्रो उत्पादन गर्न सक्ने वातावरण बनाउन नसक्नेहरु किन भाषणमा मात्रै ठूलाठूला कुराहरु गर्दै हिड्ने हो ? के सधै नेपाली जनताहरुलाई माग्ने बनाउने हो ? विभिन्न देशहरुमा प्रविधि मैत्री वातावरण बनी सकेको अवस्थामा हाम्रो नेपालमा चाहि मानव स्रोतलाई नै रोजगार दिलाउन नसक्ने कस्तो देश हो यो ।
सधै जनताहरुलाई हरेक कुराहरुको अभावमा काककुल बनाई राख्न मिल्छ ? पहिला–पहिला बरु देशमा विकासका कामहरु भएका थिए तर अहिले त काम गर्नु विकास गर्नु भन्दा पनि कताबाट आफूलाई कमिसन आउँछ कसरी जनताहरुको आँखामा छारो लगाउन सकिन्छ भन्ने मात्रै क्रियाकलापहरुको अध्ययन गर्न थालेका छन ।
राजनीतिक क्षेत्र र प्रशासनीक अड्डा जबसम्म निस्वार्थ रुपमा हरेक कुराहरुको प्रलोभनमा नपरी कन काम गर्न सक्छन अनि मात्रै देशमा विकासका चरणहरु अगाडी बढ्न सक्छन नत्र दुई तिहाईको मात्रै हैन चार तिहाई नै आए पनि तिहाई भित्रका पात्रहरुको जीवनमा विकास हुन्छ सर्वसाधरणहरु सामान्य कुराहरुकै अभावमा बाँच्नु पर्ने बाध्यात्मक परिरिस्थिति सधै आईनै रहन्छन ।
देश विकास गर्नका निम्ति त देशमा नै भएका जनशक्तिहरुलाई सही मागर्मा खपत गराउन वा परिचालन गर्न सक्नुप¥यो उद्योग, करखारखाना, समिति र प्राधिकरणहरु जस्ता एउटा दराजमा फायलहरुलाई राखेर देशमा समृद्धि आउँदैन यस्ता विभिन्न कलकारखानाहरुलाई राजनीतिक भर्ति केन्द्र बनाईएका कारण नै स्वार्थले चुर्लुम्व संस्था र कार्यालयहरु डुवेका हुन यदि स्वार्थ मन नभएको भए त्यस्ता संस्थानहरुलाई सञ्चालनमा ल्याउन सके त देशमा धेरै नै चिजहरुको उत्पादन हुनथ्यो र देशमा नै उत्पादन गर्न सकेको भए हरेक कुराहरुको हामीहरुसंग पनि उपलव्धतासंगै पहूँच पनि पुग्थ्यो ।
देश समृद्ध हुनका निम्ति देशमा उच्च पदभारण गर्ने कर्मचारी र नेताहरुले देशलाई सही मार्गतर्फ लैजान पहल गरिनु पर्दछ । राजनीतिक र प्रशासन भनेको देशलाई चलाउने मेसिनरी यन्त्र हुन त्यसैले राम्रोसंग सदुपयोग गरौं र सुखी र समृद्ध नारालाई आत्मासाथ बनाउन सबैजना एकजुट हौं । राजनीतिक क्षेत्रलाई दुर्गन्ध र दुर्गति तिर हैन सुगन्धित र एकिकृत हुन तिर लागौं ।