शान्ति बस्नेत /विकल्प न्यूज
पुस १८ गते ।
नेपाल कृषि प्रदान देश हो भनेर हामीले वर्षौ देखि अध्यन गरिरहेका छौं ।तर विडम्वना भनौ या कृषकको किश्मत भनौ हाम्रो देशमा किसानलाई एकदमै अपहेलना गरिरहेको र कृषि कार्य गर्ने मानिसहरुलाई सरकारी क्षेत्रबाट पाउनु पर्ने विभिन्न अवसरहरुबाट बञ्चित वनाई रहेका छन् ।
किसानलाई प्रोत्साहन गर्नुको सट्टा किसानको पसिनालाई पैतालाले कुल्चिनु कतिको सरहानीय कार्य हो यो विषयमा सरकार र सरोकारवालाहरुको ध्यान जानु आजको आवश्यकता हो ।
किसानहरुको पटक पटक पसिनालाई ज्यूदै आर्याघाटमा लगेर चितामा जलाई कृषि प्रदान देश हाम्रो हो भनेर गर्वका साथ विभिन्न स्थानहरुमा भाषण गर्ने सजिलो भएको छ ।
आज कृषि प्रदान देशका नागरिकले यो चिसो मौसमा काठमाण्डौं आएर उखु किसानको वक्यौता भुक्तानी नभए पश्चात आफ्नो रकम पाउनका निम्ति आजका दिनमा भिखारी बनाई आफ्नो नै पसिनाको मूल्य लिन पलपल हार गुहार गर्दै सरकार पक्षसंग आफ्नो मूल्य लिन हात जोडेर लम्पसार पर्नु परेको छ ।
के किसान हुनु अपराध हो रु यो एउटा उदाहरण मात्र हो यस्ता त हजारौं हामीसंग समस्याका पोकाहरु कुम्लि रहेका छन । कहिले किसानले तरकारीको मूल्य नपाएर सडकमा तरकारी फ्याक्नु पर्ने बाध्यता रहन्छ, भने कहिले दुधको मूल्य नपाएर किसानहरुले दुधलाई सडकमा नै पोख्नु परेको बाध्यातमक परिस्थितिहरु सृजना भई रहेका हुन्छन ।
खासमा यस्ता समस्याहरुलाई सधै सरकार र सरोकारवाला मिलेर एउटा रमित मात्रै हेर्ने र यो विषयलमा समय समयमा किसानले आन्दोलन गर्दा मात्रै विषय बस्तु चर्किएर र दन्किएर समस्या हो भन्ने मात्रै हैन कृषि जस्तो हाम्रो दैनिक जीवनयापन धान्य कुरालाई दीर्घकालीन रुपमा समस्याको समाधान खोजिनु पर्दछ ।
कृषक पेशामा लागेका किसानहरुलाई मार्न खोज्नु एकदमै आपराधिक कार्य हो । अहिलेको उखु किसानको वक्यौता रकम ति चिनी मिल्स मालिकहरुबाट छिटो भन्दा छिटो असूल गरी ति बूढा बा र ति बूढा बा जस्ता कैयौं किसानका आँखामा भरीएका आँसु र आङभरी लुगा नभएर यो चिसो मौसमा लगलग कामेका यि शरीरलाई चिनी मिल्ससंग रमक उठाई सरकार र सरोकार पक्ष साथै मानवीय व्यहार देखाई ति गुलियो चिनीको तीतो व्यथालाई समाधान गर्नका निम्ति सबैले पहल गरौं र किसानको किश्मतलाई सम्मान गरौं ।