लोकतान्त्रिक गठबन्धनको दानामा चुनाबी आमसभा

लोकतान्त्रिक गठबन्धनको दानामा चुनाबी आमसभा
विकल्प न्युज । बेनी
कार्तिक ७ गते ।

congressकाँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा मँगलबारदेखि चुनाबी अभियान सुरु गरेका छन् । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत दानामा वडास्तरीय आमसभा सम्पन्न भएको छ ।

नेपाली काँग्रेस दाना गाउँ कार्य समितिका सभापति बेलबहादुर पुर्जाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सांसद रेशम बहादुर बानियाँले संविधानको सफल कार्यान्वयनका लागि काँग्रेस नेतृत्वको सरकारले निर्वाचनको वातावरण तयार गरिएकोले काँग्रेस नेतृत्वको मोर्चालाई दुईतिहाई मतले जिताउनुपर्ने बताए ।

‘०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनबाट जनताले काँग्रेसलाई ठुलो पार्टी बनायो, त्यसबाट हामीले अधिकार सम्पन्न संविधान जारी गर्न सफल भयौँ’, उनले भने, ‘यस पटक फेरि यसरी नै जिताउनुहोस्, हामीसँग समृद्धि कसरी ल्याउने भन्ने योजना छ ।’

गाउँ इकाइ सचिब डिलबहादुर पुर्जाले स्वागत गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति एवँ प्रतिनिधीसभा सदस्य निर्वाचनका उम्मेदवार खमबीर गुर्बजाले विगतमा कम्प्युनिष्टहरुले विजयले जिल्ला पछि परेको भन्दै जिल्लाको विकास र नीति निर्माण तहमा निर्णायक भूमिका खेल्न आफुले उम्मेद्वारी दिएको बताए ।

जिल्लाको शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले निर्वाचनमा विजय भए कुनैपनि सरकारी सुविधा उपभोग नगर्ने घोषणा गरे । ‘तपाँईहरुको सेवा गर्छु भनेर मैले युरोप विकास र समृद्धि छोडेर आएको मान्छे हुँ ।

यसपटक अवसर दिनुहुनेछ, तपाँईको भोटको कुनै दुरुपयोग मतबाट हुनेछैन’, उनले भने । कार्यक्रममा गठबन्धनबाट क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार भीमप्रसाद गौचनले जिल्लाको विकासका लागि विगतमा आफुले योगदान दिएको भन्दै त्यसलाई बढावा दिन आफु अघि सरेको बताए ।

कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष वीरबहादुर थापा, नेपाली काँग्रेस म्याग्दीका सदस्यहरु कृष्णप्रसाद बरुवाल, अमृतमान शेरचन, मनकुमार वि.क, अनिल हिराचन, आत्मा तुलाचन, नेपाल तरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल, महिला संघकी अध्यक्ष विमला गौचन, जिल्ला समन्वय समितिका सदस्य खिमा गर्बुजा, राप्रपाका उपाध्यक्ष जगनारायण गौचन, सहसचिब योगेन्द्र शेरचन, सदस्य डम्मर सुवेदी लगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

टोलीले यसअघि भुरुङतातोपानी क्षेत्रमा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको थियो । त्यस्तै क्षेत्र नं २ मा प्रदेशसभा सदस्यका उम्मेदवार क्या. अमलाल फगामीको नेतृत्वमा विम र मराङमा घरदैलो गरिएको छ । टोलीमा मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोका, काँग्रेस नेता लोक मल्ल लगायतको सहभागिता छ ।