मंगलाघाटका बासिन्दा लागू औषध दूब्र्यसन बिरुद्धको अभियानमा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १४ साउन ।
बेनी नगरपालिका ७ मंगलाघाटका बासिन्दा लागू पदार्थको दुब्र्यसनी नियन्त्रणका लागि सामुहिक अभियानमा जुटेका छन् ।

सदरमुकाम बेनीको पश्चिमतर्फ रहेको मंगलाघाटमा पछिल्लो समय बाहिरबाट आउने दुब्र्यसनीले सक्रियता बढाएपछी मंगलाघाटमा रहेको वौद्ध युवा क्लब, मंगलाघाट आमा समूह र टोल सुधार समिती सचेतनामुलक अभियानमा जुटेका हुन् ।Mangalaghatयुवा क्लब, आमा समूह र टोल सुधार समितिले शनिबार दुब्र्यसनी सम्बन्धि सचेतनामुलक कार्यक्रमका साथै नियन्त्रणको उपायका विषयमा प्रहरी अधिकारीहरुसंग छलफल गरेका छन् । मंगलाघाट क्षेत्रमा दूब्र्यसनी भित्रन नदिने र स्थानीय युवायुवतीलाई दूब्र्यसनीबाट जोगाउन छलफल तथा सचेतनामुलक कार्यक्रम गरीएको कल्वले जनाएको छ ।

कार्यक्रममा स्थानीय बासिन्दा समेत रहनुभएका बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले प्रमुख सामाजिक समस्याको रुपमा देखिन थालेको लागुपदार्थ दूब्र्यसनी नियन्त्रणका लागि युवालाई सही तरीकाले परिचालन र मनोवैज्ञानीक परामर्शको आवश्यकता रहेको बताउनुभयो ।

सम्बृद्ध समाज निर्माणका लागि स्वस्थ्य, सिर्जनशिल र सक्रिय युवाको आवश्यकता पर्ने भन्दै नगरप्रमुख श्रेष्ठले दूव्र्यसनीको नियन्त्रणमा समाजले राज्यका निकायलाई सहयोग गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।20479486_1371827099532856_1173907764357503546_nप्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले पछिल्लो समय लागु औषध दूब्र्यसनीहरुले मंगलाघाटलाई अखडा बनाउन थालेकाले ओसारपोसारमा संलग्नलाई पक्राउ र आफ्ना छोराछोरीहरुलाई दूव्र्यसनीबाट बचाउन सर्तक रहन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा म्याग्दीमा २९ जना लागु पदार्थ दुब्र्यसनी र तिन जना कारोबार पक्राउ परेका थिए । लागु पदार्थ दुब्र्यसनी र घरेलु मदीरा म्याग्दीमा सामाजिक विकृती तथा पारीवारीक बिखण्डनको प्रमुख कारणको रुपमा देखिएकाले तत्यसलाई नियन्त्रणका लागि समाजबाट सहयोग आवश्यक रहेको बताउनुभयो ।

मंगलाघाट टोल सुधार समितिका संयोजक श्यामलाल न्यौपानेको अध्यक्षता, लक्ष्मण कटुवालको सञ्चालन र वौद्ध युवा कल्वका पूर्व अध्यक्ष प्रकाश पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा प्रहरी निरिक्षक सन्तोष रोकाले लागू पदार्थ दुब्र्यसनीका कारण, असर, न्युनीकरणका उपाय, नियम कानुनका बारेमा सहजिकरण गर्नुभएको थियो ।