सडक सञ्जालले जोडेको दुइदशक पछि बल्ल वसपार्कको योजना

विकल्प न्यूज/बेनी
साउन १२ गते । 20265123_1458371510868311_4557991035411212788_n
सडक सञ्जालले जोडेको दुइदशक पछि बल्ल म्याग्दीको सदरमुकाम बेनीमा वसपार्कको योजना सार्वजनिक गरिएको छ । बेनीको कालीपुलमा रहेको अव्यवस्थित वसपार्कलाई व्यवस्थित गर्ने योजना सार्वजनिक भएको हो । कालिपुल वसपार्कका विषयमा लिएर व्यापक आलोचना भएपछि सरोकारवाला निकायहरुको यतिखेर ध्यान खिचीएको छ । तर अहिले नै विश्वास गरिहाल्ने स्थिति नभएको म्याग्दीवासीहरु बताउँछन् ।  20245713_1458371387534990_3946319240152435498_n  जिल्लको प्रवेशद्धारमै रहेको बसपार्क अस्तब्यस्त हुदा सम्बन्धित निकायले चासो नदेखाएको भन्दै पटकपटक आलोचना हुने गरेको थियो ।

गुरूयोजनाको प्रारम्भीक चित्रमा टर्मिलन भवन, ट्याक्सी, जीप र बसपार्कका साथै जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने गरी पूर्वाधार विस्तार गरिने बेनी नगरपालिका ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले बताउनुभयो ।‘ उहाँका वसपार्क बनाउन करिव ५ करोडको अनुमान गरिएको छ ।20374353_1458371447534984_1681015626949764739_n

हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्गमा आवतजावत गर्ने बसपार्क हिलाम्मे र अस्तब्यस्तका कारण यात्रुलाई सास्ती हुने गरेको थियो ।20429877_1458371547534974_4929205175559478471_n

बसपार्कमा म्याग्दीका सुचनामुलका सन्देश, पर्यटकीयक्षेत्रका जानकारी सहितको सुचना केन्द्र समेत राखिने छ । त्यस्तै हाल रहेको बास्केटबलको मैदानलाई स्थानान्तर गरिने छ । बेनी नगरपालिकाले समेत बसपार्क बनाउन प्राथमिकता दिएको छ । बेनी–जोमसोम सडक कालोपत्रे भएपछि दैनिक ठुलो संख्यामा पर्यटक भित्रिने भएकाले पनि तत्काल मर्मतको कार्य सुरु गर्नुपर्नेमा सरोकारावालाले दवाव दिएका थिए ।