यस्तो छ धौलागिरि गाउँपालिकाको बजेट विवरण

धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालद्धारा गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०७४/ ७५ को बजेट वक्तत्व
आदरणीय गाउँसभाका सभापति अध्यक्ष ज्यू तथा गाउँपालिकाका सदस्य ज्यूहरु

समृद्ध धवलागिरी बनाउनको लागि आदरणीय जनसमुदायहरुले निर्वाचनको माध्यमबाट हामीलाई निर्वाचित गरेको पहिलो गाउँसभाको बैठकमा बार्षिक आय व्ययको अनुमान विनियोजन ऐन वार्षिक विकास कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ । यो अवसरमा सहिदहरुलाई स्मरण गर्दै आदरणीय जनसमुदाय प्रति आभार व्यक्त गर्न चाहन्छु ।
बजेट तर्जुमाका आधारहरु
नेपालको संविधान २०७२, को अनुसूची ८ मा उल्लेखित स्थानीय तहको अधिकारको सूची र अनुसूची ९ मा भएको संघ र प्रदेशको अधिकार सुची
नेपालको संविधानमा उल्लेखित मौलिक हकहरु
नेपाल सरकारबाट स्वीकृत संघ प्रदेश र स्थानीय तहको कार्य्विस्तृतीकरण प्रतिवेदन
विकासका समसामयिक मुद्दाहरु जस्तै सामाजिक समावेशीकरण , लैंगिक सशक्तिकरण , विपद् व्यवस्थापन , बालमैत्री स्थानीय शासन
नेपालको संविधान भाग १९ को आर्थिक कार्यप्रणाली
स्थानीय तह सञ्चालन सम्बन्धी कार्यकारी आदेशहरु
त्रिवर्षिय योजनाका मार्गदर्शन र सम्बन्धित निकायबाट प्राप्त मार्गदर्शनहरु
वडा र बस्ती स्तरमा संकलित नागरिकका मागहरु
 गाउँकार्यपालिकामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका घोषणापत्रहरु

कुल आन्तरिक राजश्व १० लाख , अन्तर सरकारी वित्तिय हस्तान्तरण बाट प्राप्त जम्मा २५ करोड ३० लाख २७ हजार र अन्य स्रोतबाट प्राप्त ५३ लाख गरी जम्मा आयको अनुमान रु २५ करोड ९३ लाख २७ हजार अनुमान गरेको छु । १० लाखको योजना पार्न जिल्ला देखी केन्द्र सम्म धाउन पर्ने हामीहरु आज लाखौं का योजनाहरु आफैं विनियोजन गर्ने भएका छौ । यो नै हामीले पाएको सबैभन्दा ठूलो उपलब्धी हो भन्ने मलाई लागेको छ ।

व्यय तर्फ शशर्त अनुदान तर्फ रु ८ करोड ७८ लाख ६७ हजार विनियोजन गरेको छु भने वित्तिय समानीकरण अनुदान तर्फको रु १६ करोड ५१ लाख ६० हजार, आन्तरिक आय १० लाख र अन्य आय तर्फको रु ५३ लाख गरी जम्मा १७ करोड १४ लाख ६० हजारबाट चालू तर्फ रु ५ करोड ७५ लाख ७५ हजार २५ रुपैया गरी जम्मा ३३.५७ प्रतिशत रुपैयाँ विनियोजन गरेको छु । र पूजीगत तर्फ रु ११ करोड ३८ लाख ८४ हजार ९७५ बिनियोजन गरेको छु जुन करिब ६७.४३ प्रतिशत हुन आउँछ ।

त्यसै गरी खर्च तर्फ सशर्त कार्यक्रमहरु जस्तै शिक्षा स्वास्थ्य कृषी अन्तर्गत रु ८ करोड ७८ लाख ६७ हजार विनियोजन गरेको छु । जसमध्ये प्राथमिक तहका शिक्षकको तलब र प्रशासनिक खर्च मा रु ४ करोड ६२ लाख ७२ हजार माध्यामिक तहका शिक्षकको तलब तर्फ रु १ करोड ६ लाख ६१ हजार र विद्यालय क्षेत्र विकास कार्यक्रम तर्फ रु १ करोड ७ लाख २६ हजार विनियोजन गरेको छू । त्यसै गरी स्वास्थ्य तर्फ १ करोड ८४ लाख ५७ हजार र कृषि तर्फ ९ लाख ६० हजार विनियोजन गरिएको छ । dhaulagiri bazet१ धवलागिरी गाउँपालिकाको विकट भू भौगोलिक बनावटको कारण हालसम्म पनि सडक सञ्जालले नछोएका वडाहरु जोड्न प्राथमिकता दिई मुना – मुदी जोड्ने सडकलाई रु ९० लाख विनियोजन गरको छु । यसका लागि कम्तिमा १० प्रतिशत जनसहभागिता सुनिश्चित गरिने छ । त्यसै गरी मराङ मलम्पार मल्कबाङ जोड्ने सडकलाई पनि रु ९० लाख बिनियोजन गरेको छू । सो आयोजनामा पनि कम्तीमा १० प्रतिशत जनसहभागिता अभिवृद्धी गरिने छ । अत्याधिक मानबीय श्रम बाट निर्माण गरिने लक्ष्य राखिएका उक्त आयोजनाहरुले रोजगारी सिर्जना गर्ने अपेक्षा राखेको छु ।

२ शिवरात्री खोलाको पहरा फोड्न रु ३५ लाख विनियोजन गरेको छू । सो आयोजनाले यातायात क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने अपेक्षा राखेको छु । त्यसै गरी कल्लेनी देखी ताकम जोड्ने सडकलाई रु २५ लाख विनियोजन गरेको छु । शिवरात्री खोलामा बेली ब्रिज जोडेर बाह्रै महिना यातायात सुचारु गर्न रु ३० लाख विनियोजन गरेको छु । अन्य सडक पूर्वाधारमा विनियोजन गरिएको रकमको विस्तृत विवरण अनुसुची ६ मा समावेश गरेको छु । dhaulagiri gaupalika३हाल सम्म पनि विद्युत जडान गर्न नसकिएको तितो यथार्थलाई वोध गर्दै राष्टिय लाईन जोड्न ताकम क्षेत्रलाई हुने गरी रु ४० लाख विनियोजन गरेको छू । लुलाङमा विद्युत मर्मत गर्न रु २० लाख विनियोजन गरेको छु । त्यसै गरी मुना जलविद्युत मर्मत गर्न रु ६ लाख विनियोजन गरको छु ।

४ कृषिमा आत्मनिर्भर हुन सिंचाईमा पनि पर्याप्त बजेट विनियोजन गरेको छु । यसका लागि मुनामा दरखोला सिंचाईको लागि रु ६ लाख र खाम्ला सिंचाईको लागी रु १० लाख विनियोजन गरेको छु ।

५ धवलागिरी गाउँपालिका भित्रका सबै ठाँउहरुमा सञ्चार सुविधा विस्तार गर्न खिबाङ टेलिकम भवनको लागि रु १० लाख विनियोजन गरेको छु ।

६ रोजगारी सिर्जना र समावेशीकरणको मूल मर्म लाई आत्मसात गर्दै लक्षित कार्यक्रम तर्फ रु ८२ लाख विनियोजन गरेको छु । जसअन्तर्गत युवा लक्षित व्यवसायिक तालिमको लागि रु ८ लाख ५० हजार , तालिम प्राप्त व्यक्तिलाई व्यवसाय सञ्चालन अनुदान तर्फ १० लाख, दलित जनजाती महिला सिपमूलक तालिम तर्फ रु ७ लाख, बालबालिका सम्बन्धी कार्यक्रम लाई रु १० लाख, अपांग परिचयपत्र वितरण कार्यक्रमलाई रु ३ लाख, जनजाती विकास कार्यक्रमलाई रु ६ लाख ५० हजार, जेष्ठ नागरिक सम्मान कार्यक्रममा रु ५ लाख र महिला सशक्तीकरण तथा आयआर्जन तालिम तर्फ १० लाख विनियोजन गरेको छु । त्यसै गरी सूचनाको हक पत्रकारिता तालिमको लागि रु ५ लाख विनियोजन गरेको छु ।

७ विद्यालयमा दरबन्दी मिलान गर्नु हाम्रो पहिलो प्राथमिकताको विषय थियो । तर नीतिगत अष्पस्टताको कारणले अहिले सो कार्य गर्न असक्षम भएको व्यहोरा अवगत गराउँछु । तर विद्यालयमा भौतिक निर्माण तर्फ यथेष्ट बजेट विनियोजन गरिएको छ । जसको विस्तृत विवरण अनसुची ५ मा राखेको छु ।

८कृषिलाई उच्च प्राथमिकता दिदै एक गाउँ एक उत्पादन कार्यक्रममा रु ३५ लाख विनियोजन गरेको छु । प्रत्येक वडामा एक विशिष्ट प्रकारको उत्पादनमा जोड दिई कृषिमा उद्यशिलता सिर्जना गरिने छ । यसबाट जनताको आयस्तरमा सुधार आउने अपेक्षा राखेको छु ।

९ गाउँपालिका भवन निर्माण गर्न जग्गा खरिद गर्न रु २० लाख र भवन निर्माण गर्न रु ४० लाख विनियोजन गरेको छु । यसको लागि आगामी वर्ष पनि बजेट बिनियोजन गरिने छ ।
माथि उल्लेखित वजेटको कार्यान्वयन बाट हाम्रो यस धौलागिरी गाउँपालिकाले समृद्धी तर्फको पहिलो पाईला चाल्नेछ भन्नेमा म विश्वस्त छु । अव हाम्रो जिम्मेवारी भनेको वजेटको सफल कार्यान्वयन नै हो । यस आयव्यय अनुमानलाई स्वीकृत गरी कार्यान्वयनको लागि अग्रसर हुनको लागि सम्पुर्ण गाउँपालिका सभाका सदस्यहरुमा हार्दिक अनुरोध गर्दछु ।