आजको हावाहुरीले म्याग्दीमा पु¥यो यस्तो क्षति

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १९ फागुन ।
बिहीबार दिउँसोको हावाहुरीले म्याग्दीको विभिन्न ठाउँमा भौतिक संरचनाहरुमा लाखौको क्षत्ती पु¥याएको छ ।Hawa Huri (2)ज्यामरुककोट, भकिम्ली, बाबियाचौर, निस्कोट, कुहुँ, अर्मन लगायतका ठाउँमा सामुदायीक विद्यालय, व्यक्तिका घर तथा भवनहरुको छानो उडाएर क्षत्ती गरेको हो । खर, जस्तापाता र ढुङ्गाको छानो हावाहुरीले उडाएको छ । कम्तीमा पचास घरपरिवार प्रभावित भएका छन् । Hawa Huri (3) भकिम्ली २ मा रहेको मुसुङडोले आधारभुत विद्यालयको भवनको छानो उडाउँदा तिन जना विद्यार्थी सामान्य घाइते भएका छन् । कक्षा ३ र ४ को पठनपाठन सञ्चालन हुने दुई कोठे भवनको छानो उडाएको विद्यालय व्यवस्थापन समितिका सदस्य बिलबहादुर थापाले जानकारी दिनुभयो ।

विद्यालयका प्रअ शेरबहादुर विकका अनुसार छानो उडाउँदा कक्षा ४ की अनिशा बिक, स्मृती बिक, सुस्मिता नेपाली र बिजीता बिकलाई चोट लागेको छ । उनिहरुको अवस्था सामान्य छ । छानो उडाउनुको साथै पर्खाल समेत भत्कीदा दुई लाख रुपैया बराबरको क्षत्ती पुगेको छ ।

यसैगरी अर्मन ७ नेटामा हावाहुरीले छानो उडाउदाँ ३५ घर प्रभावित हुनुका साथै स्थानीय भारती प्राबिको कक्षा कोठा भवनमा क्षत्ती पुगेको छ । दश वटा घरको छानो बस्ने नहुनेगरी उडाएको र ३५ वटा घरमा क्षत्ती पु¥याएको त्यहाँबाट बल रोकाले जानकारी दिनुभयो । अर्मन र बाबियाचौरको सिमाना पुल्चोक स्थित एउटा घरकै सबै छानो उडाएको छ ।Hawa Huri (6)त्यसैगरी बेनी नगरपालीका ३ गौस्वारामा पनि हावाहुरीले एउटा विद्यालय भवन र छ वटा घरमा क्षत्ती पु¥याएको चन्द्रकान्त रिजालले जानकारी दिनुभयो । राधाकृष्ण आधारभुत विद्यालयको तिन कोठे कक्षाकोठा भवनको जस्तापाताको छानो उडाउनुका साथै पर्खाल भत्काएको छ ।

ईन्द्रप्रसाद शर्मा, तिर्थ मल्ल र देवबहादुर खड्काको घर पूर्ण रुपमा क्षत्ती पुगेको छ । भद्रबहादुर सापकोटा, रतनबम मल्ल र मनबहादुर थापाको घरमा क्षत्ती पुगेको छ । उता पर्वतको मल्लाज माझफाँट ४ मा रहेको भवानीपानी प्राबीको कक्षाकोठा भवनको छानो समेत हावाहुरीले उडाएको खबर प्राप्त भएको छ ।
बेनी नगरपालीको डडुवामा रहेको केसी बाख्रा फार्मको टिनको छाप्रो र पलास्टीकको टनेल हावाले उडाउन करिब चालीस हजार रुपैया बराबरको क्षत्ती भएको सञ्चालक होमबहादुर खत्रीले बताउनुभयो ।

दिउँसो १२ बजेतिर बेजोडका साथ चलेको हावाहुरीले विद्युतको प्रशारणलाईनमा समेत क्षत्ती पु¥याएको छ । दिउँसोदेखिनै म्याग्दीमा विद्युत आपूर्ती अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले हावाहुरीले पु¥याएको क्षत्तीको विवरण संकलन कार्य जारी रहेको जनाएको छ ।