राष्ट्रिय समाचार

थप १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौं –  नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएका देशका विभिन्न जिल्लाका छन्। आज थप भएका १७० सहित नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। हालसम्म नेपालमा […]

रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

१६ जेठ, रौतहट । रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरे । प्रजिअ घिमिरेका अनुसार राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा […]

उच्चस्तरीय समन्वय समिति बैठक बस्दै

काठमाडौं,जेठ १६ कोरोना रोकथामका लागि भइरहेका प्रयास र लकडाउनको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा २ बजे बैठक बस्न लागेको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले  बताए। आजको बैठकमा कोरोना रोकथामका लागि भइरहेका प्रयास,लकडाउनको प्रभावकारितासँगै विदेशबाट फर्किन चाहनेहरूका विषयमा समेत छलफल हुने बताइएको छ। विदेशमा […]

भक्तपुरकी कोरोना संक्रमित ६ दिनमै डिस्चार्ज

१६ जेठ, भक्तपुर । एकजना कोरोना संक्रमित कोरोना पुष्टि भएर अस्पताल भर्ना भएको ६ दिनमै डिस्चार्ज भएकी छन् । पाटन अस्पतालमा भर्ना भएकी भक्तपुर नगरपालिका की ४२ वर्षीया महिलाको ६ दिनमै पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन् । यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा उनको स्वाब सङ्कलन गरिएको थियो ।  […]

कपिलवस्तुमा थप चारजनाले जिते कोरोना, निको हुनेको संख्या १५ पुग्यो

जेठ १६, २०७७ कपिलवस्तु : कपिलवस्तुमा कोरोना संक्रमणबाट १५ जना मुक्त भएका छन्।  जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार चारजना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुनेमा कृष्णनगर नगरपालिकाका तीन र शिवराज नगरपालिकाका एकजना रहेका छन्। उनीहरुको  कोरोना विषेश अस्पताल दाङमा उपचार भएको थियो।  यससँगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको छ। यसअघि कोरोना […]

आज मे २९ अर्थात् सगरमाथा दिवस

१६, २०७७ काठमाडौं : आज मे २९ अर्थात अन्तर्ष्ट्रिय सगरमाथा दिवस। ६७ वर्षअघि सगरमाथाको शिखरमा मानव पाईला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। नेपाल सरकारले  सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेकाे थियो। सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण […]

एकैदिन १७१ मा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ११९८

१६ जेठ, काठमाडौं । नेपालमा एकैदिन बिहीबार एकैदिन १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार १९८ पुगेको छ । स्वार्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चार […]

कोरोना संक्रमित युवालाई बेनी अस्पतालको आइसोलेशन वार्डमा ल्याउने तयारी

विकल्प न्यूज/बेनी जेठ १५ गते ।  विहिवार कोरोना संक्रमित पुष्टी भएका म्याग्दीका एक युवालाई बेनी अस्पतालको आइसोलेशन वार्डमा ल्याउने तयारी गरिएको छ । मालिका गाउँपालिकाका ३० वर्षीय युवामा कोराना भाइरस पुष्टी भएको हो । यसै हप्ता भारतबाट आएका १४ जनालाई वेष्टप्वाइन्टमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । बुधवार उनीहरुको स्वाव संकलन गरि परिक्षणका लागि पोखरा पठाइएको थियो […]

म्याग्दीमा एकजनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी जेठ १५ गते । म्याग्दीमा  एकजनामाा  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतबाट याे हप्ता अाएका उनी बेनिकाे वेष्ट प्वाइन्ट मा बनाईएकाे  क्वारेन्टाइनमा बसेका  थिए । काेराेना पुष्टि भएका ३० वर्षिय  युवा मालिकागाउपालिकाका  हुन । एकजनामा कोरोना संक्रमण देखिएको बेनि अस्पताल विकास  समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारि दिनुभयाे । बुधवार […]

रुकुम चौरजहारी घटना : थप एक जनाको शव भेटियो

१५ जेठ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका–४ काा १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो । जाजरकोटका डीएसपी किशोर श्रेष्ठका […]

नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो – बिहीबार एकै दिन भेटिए १५६ जना संक्रमित

जेठ १५, २०७७ काठमाडौं :   नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ह्‍वात्तै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबारसम्म कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। बुधबार मात्रै ११४ जना कोरोना संक्रमित थपिएका थिए। मंगलबार ९० जना कोरोना संक्रमित थपिएका थिए। भारतले रेल सेवा खुलाएर परीक्षण नै नगरी नेपालीलाई […]

एक वर्षीय बालकसहित दैलेखमा थप ८ जनामा कोरोना संक्रमण

१५ जेठ, सुर्खेत । कर्णालीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका […]

बजेट प्रस्तावमा छलफल गर्न आयोगको पूर्ण बैठक बस्दै

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटका विषयमा छलफल गर्न राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बिहीबार दिउँसो बस्ने भएको छ । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमै २ बजेका लागि बैठक राखिएको आयोगका एक सदस्यले जानकारी दिए । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट (आम्दानी र […]

सेनाले चीनबाट ल्यायो १४ टन स्वास्थ्य सामग्री

१५ जेठ, काठमाडौं । नेपाली सेनाले चीनबाट हवाई मार्ग हुँदै दोस्रो खेप स्वास्थ्य सामाग्री ल्याएको छ । २८ हजार पीसीआर किट, पीपीईलगायतका सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सेनाको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको हवाई जहाज बुधबार चीनको ग्वान्झाओ गएको थियो । नेपाली सेनाले बुधबारको पत्रकार सम्मेलनमा २८ टन स्वास्थ्य सामग्री […]

सुदूरपश्चिममा थप तीन जनामा संक्रमण, दार्चुलामा पहिलो संक्रमित फेला

जेठ १५, २०७७ डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा थप तीन जना कोरोनाका बिरामी थपिएका छन्।  सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे। प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा कोरोना भाइरसको नियन्त्रणका लागि प्रदेश सरकारले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै मन्त्री सुवेदीले  थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएका […]