राष्ट्रिय समाचार

हिमालयन महिला बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

विकल्प न्युज/ बेनी म्याग्दी १२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको हिमालयन महिला बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । महिलाहरुको लगानी र नेतृत्वमा सञ्चालित यस सहकारीको साधारण सभामा सहकारीले विभिन्न क्षेत्रमा १ करोड बढी लगानी गरेको जनाएको छ । सहकारीले गत आर्थिक बर्षमा १३ लाख ९ हजार ४९४ […]

जलजला गाउँपालिकाद्धारा आमा समुहलाई ढुना–टपरी बनाउने मेसिन सहयोग

विकल्प न्युज/बेेनी माघ १२ गते ।  पर्वतको जलजला गाउँपालिकाले आमा समुहलाई ढुना –टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ । गाउँपािलकाले खरिद गरेको सो मेसिन सोमबार एक कार्यक्रमका विच गाउँपालिकाकी उपाध्यक्ष सिमा गर्बुजा पुनले वडा नम्बर ४ पाल्सिङ्ग स्थित कामना आमा समुहलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले ढुना–टपरी उद्योगबाट महिलाहरुको आयआर्जनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो […]

म्याग्दीमा आइपुग्यो कोभिड विरुद्धको खोप

विकल्प / बेनी मंसिर १२ गते । कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप बेनी अस्पतालमा आइपुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा ल्याइएको ९४ भायल खोप प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका कोल्ड चेन निरिक्षक हिमलाल सुबेदीले प्रजिअ उमाकान्त अधिाकारीलाई हस्तान्तरण गरेका छन् । म्याग्दीमा कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, महिला […]

गण्डकी प्रदेशका १७ हजार ३९६ जनालाई कोरोना खोप लगाईने

पोखरा । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो । सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य […]

नागरिक एपमा डेटा निःशुल्क गरिँदै

माघ १२, २०७७ काठमाडौँ — सबै सरकारी सेवालाई मोबाइल एपबाटै उपलब्ध गराउने भन्दै सरकारले माघ २ मा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने सरकारको तयारी छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत मुख्य दुई टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसँग डेटा निःशुल्क गर्ने गरी आन्तरिक छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । […]

‘चिमखोले फेसबुक समुह’ माफर्त दशौँ हाजिरीजवाफ प्रतियोगिता

विकल्प न्यूज/बेनी माघ ११ गते ।   प्रतियोगितामा अमर मावि चिमखोला प्रथम, जनसुन्दर आधारभुत विद्यालय पात्लेखर्क द्धितिय, जनता मावि दग्नाम तृतिय र जनसेवा आधारभुत विद्यालय मंगले सान्त्वना हुन सफल भएका थिए । प्रतियोगितामा प्रथमलाई नगद रु ५ हजार सहित शिल्ड र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । त्यसैगरि द्धितिय, तृतिय , सान्त्वना र सहभागी विद्यालयलाई क्रमशः […]

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो

११ माघ, काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ । करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त […]

झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

माघ ११ गते । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड […]

कोरोना खोप लगाउने तयारी

काठमाडौँ, माघ ११ गते । नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति पुष्टि भएको एक वर्षमा कोरोना (कोभिड–१९)विरुद्धको खोप आएको छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको हो । यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि […]

दाना–खुर्कोट प्रसारण लाइन सफल भयो परीक्षण

काठमाडौँ, माघ ११ गते । कोरोना भाइरस (कोभिड–१९)ले विकास आयोजनाहरूलाई केही समय प्रभावित बनाए पनि कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन परीक्षण सम्पन्न भएको छ । शुक्रबारदेखि परीक्षण थालिएकामा खुर्कोट सबस्टेसन र प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ । दाना सबस्टेसनको परीक्षण भने जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख […]

कालिगण्डकी करिडोरको बागलुङ खण्डको निर्माण अन्तिम चरणमा

बागलुङ, माघ १० गते ।  छिमेकी मुलुक चीन र भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रि«य गौरवको सडक आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ । यो करिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्छ । २०७० सालदेखि नेपाली सेनाले बागलुङ–गुल्मी खण्डमा सडक निर्माण तथा विस्तारको काम गर्दै आएको छ । करिडोरको गुल्मी खण्डमा ४१ किलोमिटर सडक पर्छ । बागलुङ […]

एक्यापलाई प्रदेश मातहत ल्याउन गण्डकी प्रदेश सरकारको छलफल

विकल्प न्यूज/बेनी माघ ९ गते । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) राष्ट्रिय प्रकृति संरक्षण कोष मातहत रहने म्याद सकिएपछि फेरि गण्डकी प्रदेशले आफू मातहत राख्न माग गरेको छ । गत वर्ष माघमा सरोकारवालाबीच एक्याप व्यवस्थापनसम्बन्धी नयाँ नियमावली र ढाँचा बनाएर १ वर्षभित्र प्रदेशलाई हस्तान्तरण गर्ने सहमति भएको थियो । तर नयाँ नियमावली र व्यवस्थापनको खाका […]

मिलनचोक-डम्मरा लाइन शनिबार चार्ज हुँदै

विकल्प न्यूज /बेनी माघ ९ गते ।  नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले म्याग्दीस्थित मिलनचोक–डम्मरा ११ केभी हाइटेसन वितरण लाइन चार्ज गर्ने भएको छ । केन्द्रले बेनी बजार क्षेत्रमा विद्युत वितरण गर्न निर्माण गरेकाे लाइन शनिबार (माघ १० गते) देखि लाेड दिएर चार्ज गर्न लागेको हो । पर्वतको जलजला गाउँपालिका स्थित ३३/११ केभी मिलनचोक सबस्टेसनदेखि लामाखेत, अथुङ्गे, […]

म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी माघ ९ गते । म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अन्नपूर्ण गाउँपालिकाका २ का ५६ वर्षीय १ पुरुष र बेनी नगरपालिका २ का ७५ वर्षीय पुरुष र ८ का ६० र ६१ वर्षीय २ पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य […]

प्रतिनिधि सभा विघटनको विरोधमा म्याग्दीका सबै वडामा कांग्रेसको बिरोध सभा

विकल्प न्यूज/बेनी माघ ९ गते । नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधि सभा विघटनको विरोधमा जिल्लाका ४५ वडामा बिरोध प्रदर्शन गरेको जनाएको छ। प्रधानमन्त्री केपी ओलीको प्रतिगमन कदम विरुद्ध केन्द्रको निर्णय अनुरुप जिल्लाका सबै वडामा प्रर्दशन सहितका कार्यक्रम गरेको प्रबक्ता अजयमिलन श्रेष्ठले बताए । विरोधसभामा पार्टी सभापति खम्बीर गर्बुजा रघुगंगा गाउँपािलका–२ भगवती, निर्वतमान सभापति एवम् संविधानसभा सदस्य […]