राष्ट्रिय समाचार

भारतमा एकैदिन ९२ हजार ९९४ जनामा कोरोना पुष्टि

२२ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका हुन् । भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा […]

कुमारी बैंकद्वारा गलेश्वरमा वृक्षारोपण

म्याग्दी, २१ चैत ।   कुमारी बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका– ९ गलेश्वर परिसरमा वृक्षारोपण गरेको छ । बैंकको २० औं वार्षिकोत्सवको अवसरमा बेनी नगरपालिका ९ स्थित गलेश्वर बजार क्षेत्र, मन्दिर र शसत्त प्रहरी गणको परिसरमा बृक्षारोपण गरिएको थियो । शनिबार भएको कार्यक्रममा कुमारी बैंकका शाखा प्रवन्धक मिलन श्रेष्ठसहित कर्मचारी, वडाअध्यक्ष बेल बहादुर चोखाल, […]

मंगोल नेशनल अर्गनाईजेशनको दोस्रो जिल्ला अधिबेशन सुरु (तस्विर सहित )

म्याग्दी, २१ चैत । मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको दोस्रो जिल्ला अधिबेशन बेनीमा सुरु भएको छ । मंगोलको दोस्रो जिल्ला अधिवेशन पुर्व बाजागाँजासहित बेनी बजारमा बृहत ¥याली प्रर्दशन गरिएको छ । अधिबेशनको कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा हुने आयोजकले जनाएको छ ।

मुस्ताङमा काम गर्ने क्रममा मिक्चरमा बेरिएर एक युवाको मृत्यु

म्याग्दी,२० चैत। राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम -कोरला सडक अन्तर्गत बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । करिडोर अन्तर्गत कोसिएन न्यौपानेको कम्पनीले ठेक्का लिएको घरपझोङ गापा – ३ को स्याङको सडकमा सडक वालको काम गर्ने क्रममा म्याग्दी जिल्ला मंगला गाउँपालिका -४ बस्ने २० वर्षीय लालबहादुर रोकाको […]

माछा मार्ने बम बनाउँदा बागलुङका एकको मृत्यु, एकको उपचार हुँदै

गलकोट, चैत २० गते ।     बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मीको मुसिकोट […]

मुदीमा कांग्रेसको संगठन विस्तार

विकल्प न्यूज/बेनी चैत २० गते । नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिकामा संगठन विस्तार तथा पुर्नगठन अभियानलाई तिव्रता दिएको छ । बिहिबार धवलागिरी गापा–४ मुदीमा वडा इकाई, भ्रातृ संस्था नेपाल तरुण दल , नेपाल महिला संघ र राष्ट्रिय मगर संघको संगठन विस्तार गरेको छ । मुदीमा आयोजित भेलाबाट गौबहादुर रोकाको सभापतित्वमा इकाई गठन भएको छ । […]

भारतमा एकैदिन ४५९ संक्रमितको मृत्यु

१९ चैत, २०७७    छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको असर बढिरहेको छ । बुधबार मात्रै भारतमा कोरोना संक्रमणबाट ४५९ जनाको मृत्यु भएको छ ।  भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार देशभर ४५९  संक्रमितको मृत्यु भएको हो ।  यो मृत्यु संख्या नि २०२१ सुरु भएपछि कै धेरै हो ।  यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको […]

भारतमा एकैदिन थपिए ७२ हजार बढी कोरोना संक्रमित

१९ चैत, काठमाडौं ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ७२ हजार ३३० संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हादसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु […]

अंक प्रणालीमा जेठदेखि यसरी हुनेछ ट्रायल, ६० अंक ल्याए पास

विकल्प न्युज/ बेनी चैत १९ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्र कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ। कार्यविधि स्वीकृतसँगै अब सवारी अनुमतिपत्रका लागी लिइने ट्रायल परिक्षा अंक प्रणालीमा गर्ने बाटो खुलेको छ। गत पुसमा यातायात व्यवस्था विभागले लाइसेन्स परीक्षालाई सरलिकृत गर्ने गरी उक्त कार्यविधि तयार पारेको थियो। यातायात विभागका प्रवक्ता […]

वायु प्रदुषणले बेनीमा आँखा पाेल्ने समस्याका विरामी बढे

विकल्प न्युज/ बेनी चैत १७ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा वायु प्रदूषणका कारण आँखा पोल्ने समस्या देखिन थालेको छ । केहीदिन यता देशैभरी वायु प्रदूषण बढेको र तुवाँलो लागेको अवस्थामा म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बुधबार वायु प्रदूषण उच्च देखिएको अवस्थामा आँखा चिलाउने, बिझाउने, सुख्खा हुने, पोल्ने समस्याका बिरामी बढ्न थालेका छन् । वायु प्रदूषणका […]

नारच्याङ स्थित म्रिस्तिखोलामा काम गर्ने १२ कामदारमा काेराेना

विकल्प न्युज/बेनी चैत १७ गते  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित म्रिस्तिखोला हाईड्रोमा काम गर्ने १२ जना कामदारमा काेराेना पुष्टि भएकाे छ । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको मिति २०७७।१२।१६ गते ७६ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा रहेको सोही हाईड्रोमा काम गर्ने वर्ष ३७ को […]

बेनी– जोमसोम सडक थप दुई दिन बन्द

१७ चैत, म्याग्दी ।   मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी-जोमसोम […]

कालीगण्डकी थुनेर देशकै ठूलो जलविद्युत् आयोजना बनाउन अध्ययन सुरु

विकल्प न्यूज/बेनी चैत १७ गते ।    पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको छ । विद्युत् विकास विभागले अध्ययनका […]

देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय

विकल्प न्युज/ काठमाडौ चैत १६ गते ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ। मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले […]

बागलुङ घटनाको छानबिन गर्न कांग्रेसको माग

१७ चैत, काठमाडौं ।  होली खेल्ने क्रममा बागलुङकै बडिगाड गाउँपालिका-१० दर्लिङमा भएको घटनाको नेपाली कांग्रेसले छानबिन गर्न माग गरेको छ । आइतबार होली मेलामा जम्मा भएका युवाहरुको दुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो । कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी यस घटनालाई योजनाबद्ध भएको […]