Breaking News
राष्ट्रपतिद्धारा मल्लाजको बराह तालमा निर्मित बराह कुलमन्दिरको उद्घाटन (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन १० गते । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पर्वतको जलजला गाउँपालिका स्थित धार्मिक पर्यटकीय स्थल बराह तालमा आउने हुनुभएको छ । भण्डारीले बराह तालमा निर्माण गरिएको आदि बराह मन्दिरको उद्घाटन गर्नुभएको छ । साथै राष्ट्रपति भण्डारीले धार्मिक एवम् पौराणिक महत्वको क्षेत्र हम्पाल कालञ्जरको हेलिकोप्टरबाट अवलोकन गर्नुभएको छ । विहान ११.२० बजे राष्ट्रपति भण्डारी […]
पुस १० को सहमति पालना नभए गठबन्धन नै तोडिन्छ ः एमाले सचिव अर्याल

विकल्प न्यूज/बेनी फागुन ९ गते । नेकपा एमालेकी सचिव पद्मा अर्यालले सत्ता गठबन्धनबाट नै राष्ट्रपति निर्वाचित हुने बताउनुभएको छ । नेकपा एमालेबाट निर्वाचित र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न म्याग्दी आउनुभएकी नेकपा एमाले गण्डकी प्रदेशकी इन्चार्ज अर्यालले सत्ता गठबन्धनबाट राष्ट्रपति नभए गठबन्धन नै तोडिने समेत बताउनुभयो । पूर्वमन्त्री समेत रहनुभएकी नेतृ अर्यालले गठबन्धनबाटै राष्ट्रपति बनाउने […]
राष्ट्रपतिको स्वागतका लागि तयार भयो जलजलाको बराहताल (भिडियो सहित )

विकल्प न्यूज/जलजला फागुन ९ गते । भोली बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीको पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणको तयारी पुरा भएको छ । बुधवार विहान ११ बजे राष्ट्रपति भण्डारी जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बरातालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । राष्ट्रपतिको भ्रमणलाई लिएर मंगलबार जिल्ला स्थित सुरक्षा अधिकारी,राष्ट्रपति कार्यालयबाट खटिएको […]
मंगला–इन्द्रेणी पार्कको उद्घाटन

विकल्प न्यूज/बेनी फागुन ७ गते । म्याग्दीको मंगला गाउँपालिकाले सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरेको छ । ब्यापारिक केन्द्रको रुपमा उदाउँदै गरेको गाउँपालिकाको केन्द्र बावियाचौर बजार नजिकै म्याग्दी नदी नजिकै आर्कषक मङ्गला इन्द्रेणी–पार्कको आइतबार एक समारोहका बिच उद्घाटन गरिएको छ । बाबियाचौर स्थायी घरभइ अहिले काठमाण्डौ बस्दै आएका क्या.ईन्द्रबहादुर अधिकारीले […]
महाशिवरात्री पर्वमा भक्तजनले भरियो गलेश्वर शिवालय (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य/गलेश्वर फागुन ६ गते । म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्नेको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा शनिबार गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो । गलेश्वर एक अलौकिक शक्ति धामको रुपमा परिचित छ । धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम राहु […]
प्रथम ‘नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप सुरू

विकल्प न्युज/ बेनी फागुन ५ गते । म्याग्दीको मंगला गाउँपालिका भलिवल संघको आयोजनामा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप सुरु भएको छ । अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताको म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गर्बुजाले भलिबल खेलले म्याग्दीको पहिचान स्थापित गरेकाले खेलकुद […]
तालिम लिएपछि महिलाहरुले बनाए स्वादिष्ट अचार

विकल्प न्यूज/बेनी म्याग्दी, ५ फागुन । बेनीमा महिला उद्यमीहरुलाई ५ दिने अचार बनाउने तालिम दिईएको छ। म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले महिलाहरुको आर्यआर्जन बढाउने उद्देश्यले उक्त तालिम संचालन गरेका हुन् । ५ दिनसम्म संचालन भएको तालिममा सहभागि ८० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई स्थानीय उत्पादीत बस्तुहरुबाट अचारको परिकार […]
उद्योग र पर्यटन क्षेत्रको सुधारका लागि प्रदेश सरकार प्रयासरत छ–मन्त्री जुग्जाली

पोखरा, ४ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने क्रममा मन्त्री जुग्जालीले हालको पर्यटन, उद्योग र आर्थिक संकटको धरासायी अवस्थालाई चिरफार गर्नको लागि सरोकारवाला र विज्ञहरुसँग […]
मुख्यमन्त्री कपमा बाग्लुङ र म्याग्दी विजयी

स्याङ्जा, फागुन ३ गते । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा पुरुषतर्फ बाग्लुङ र महिलातर्फ म्याग्दीले जितेका छन् । गण्डकी खेलकुद परिषद्ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रतियोगितामा बाग्लुङले पर्वतलाई ३–१ सेटले पराजित गरेको थियो । यस्तै, नवलपुरले तनहुँलाई हराएर तेस्रो बनेको हो । महिलातर्फ म्याग्दीले पर्वतलाई सिधा सेटमा पराजित गरेको थियो । यस्तै स्याङ्जाले तनहुँलाई […]
जोमसोमबाट पोखरा जाँदै गरेको बस लेतेमा दुर्घटना

ठाकुरप्रसाद आयार्य/म्याग्दी फागुन ३ गते । मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरलाको ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा दुर्घटना भएको छ । दुर्घटनामा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक हबल्दार कृष्ण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार विहान साढे ८ बजेतिर लेतेको […]
धौलागिरि चक्रीय पदमार्गको विकासमा प्रदेश र पालिकाकाे चासो

पोखरा, २ फागुन । संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् । ओझेलमा परेको म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्ने विषयमा पोखरामा छलफल भएको हो । धौलागिरि हिमाल म्याग्दीको […]
गण्डकी मुख्यमन्त्री कप ः अरुणाको कप्तानीमा म्याग्दी फाइनलमा

अर्जुन काफ्ले /स्याङ्जा, फागुन २ गते । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बाग्लुङ फाइनमा प्रवेश गरेका छन् । राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाहीको कप्तानीमा कोर्टमा उत्रेको म्याग्दीले स्याङ्जालाई सिधा सेटमा पराजित गरेको हो । म्याग्दीले २५–१२, २५–२३, २५–१० अंकले स्याङ्जालाई पराजित गरेको हो । यस्तै महिला तर्फ नै पर्वतले तनहुलाई […]
प्रेमको उत्सव भ्यालेन्टाइन डे

काठमाडौँ, फागुन २ गते । ‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’, प्रेम र प्रेमिका दुई शब्दको निखारअनुसार १९औँ शताब्दीदेखि सुरु भएको यो पर्वको मुख्य उद्देश्य भनेको दुई प्रेमिल जोडीले आफ्नो प्रेमप्रति भाव भएको जानकारी दिएर एकआपसमा मिलन हुन सक्ने दिनका रूपमा मानिन्छ । कसैले कार्डको माध्यमबाट आफ्नो प्रेम व्यक्त गर्छन् भने कसैले फूलको । प्रेम गर्न […]
गलेश्वरको भेटीले बजारमा सडक बत्ती

विकल्प न्युज । बेनी फागुन १ गते । म्याग्दीको धार्मिक पर्यटकीय स्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीले सडक बत्ती जडान गरिएको छ । बेनी नगरपालिका वडा नं ९ स्थित रहेको गलेश्वर बजार क्षेत्रमा सडक बत्ती जडान गरिएको हो । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म २ लाख तिस हजार ७५० रुपैयाँको […]
बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष सञ्चालन

विकल्प न्यूज /बेनी फागुन १ गते । ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष संचालनमा ल्याइएको छ । संघीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको उपचारकालागि ज्येष्ठ नागरिक बहिरङ्ग कक्ष र वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालको ओपीडि तर्फ र भर्ना […]